Khabar Dabali १६ असार २०८३ मंगलवार | 30th June, 2026 Tue
Investment bank

आपतकालीन उपचारका लागि तयारी अवस्थामा रहन स्वास्थ्यकर्मीलाई स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन

खबरडबली संवाददाता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आपतकालीन उपचार सेवा प्रदान गर्न तयारी अवस्थामा रहन देशभरका चिकित्सक र स्वास्थ्यकर्मीलाई निर्देशन दिएका छन् ।

देशमा बाढीपहिरोको प्रकोपसँगै विभिन्न सरुवा रोगहरुको संक्रमण पनि बढ्ने खतरा रहेकाले देशभरका स्वास्थ्य संस्थाहरुमा आवश्यक औषधि, उपकरण सहित आपतकालीन उपचारका लागि तयारी अवस्थामा रहन मन्त्री बस्नेतले निर्देशन दिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठनको संयुक्त आयोजनामा शुक्रबारदेखि ललितपुरमा सुरु भएको आपतकालीन चिकित्सा टोलीको राष्ट्रिय कार्यशालाको उदघाटनका अवसरमा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले हाम्रो जस्तो भूगोल भएको देशमा जतिबेला पनि आपतकाल आउन सक्ने भएकाले संभावित जोखिमलाई ध्यानमा राखेर आपतकालीन अवस्थामा उपचार सेवा प्रदान गर्न सक्ने गरी पूर्वतयारी आवश्यक रहेको बताए ।

आपतकालीन अवस्था आउनुभन्दा पहिले नै हामीले कम्तिमा पनि सम्भावित क्षेत्रहरुमा खाद्यान र औषधि पुर्याउन सकेको खण्डमा आपतकालीनन अवस्थामा पनि उपचार सेवा दिन सकिने बताउदै मन्त्री बस्नेतले सीमित स्रोत र साधनकाबिच पनि उपचार सेवा प्रदान गर्नु पर्ने स्वास्थ्यकर्मीको दायित्य भएको स्मरण गराए । यसको लागि सरकारले सम्भावित क्षेत्रमा औषधि पठाइसकेको मन्त्री बस्नेतले जानकारी दिए ।

कार्यशालालाई सम्बोधन गर्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले स्वास्थ्य मन्त्रालयले आपतकालीन अवस्थाको उपचारका लागि देशभरका २५ वटा अस्पतालहरुलाई हब हस्पिटल बनाएर त्यहाँको जनशक्ति तयारी अवस्थामा राखिएको बताए । उनले भने, ‘कुनै ठाउँमा संकट आइपर्दा सबै एक ठाउँमा आएर संकट व्यवस्थापन गर्न सक्षम छौं ।’ सात वटै प्रदेशमा आपतकालीन सेवा केन्द्र मार्फत काम भइरहेको र त्यसकोनेतृत्व सम्बन्धित प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशकहरुले गरिरहेको डा सिहले बताए ।

विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा। राजेश सम्भाजीराव पाण्डवले आपतकालीन अवस्थाका बेला समेत उपचार सेवा प्रभावित नहोस् भन्ने कुरा दिमागमा राखेर सबै स्वास्थ्यकर्मीले काम गर्न आवश्यक रहेको बताए । आकस्मिक उपचार सेवा प्रदान गर्न चाहेर मात्र नहुने बताउँदै उनले त्यस्तो बेला आवश्यक औषधि र जनशक्तिको पनि उचित व्यवस्थापन हुनु पर्नेमा जोड दिए । उनले विश्व स्वास्थ्य संगठनले नेपाल सरकारलाई सहयोग जारी राख्ने बताए ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गुणस्तर मापन तथा अनुगमन महाशाखाका निर्देशक डा. मदन उपाध्याय र मन्त्रालयका अतिरिक्त सचिव डा. टंक बाराकोटीले आपतकालीन उपचार सेवा दिन स्वास्थ्यकर्मी तयारी अवस्थामा बस्नुपर्नेमा जोड दिएका थिए ।

शनिबारसम्म चल्ने कार्यशालामा विश्व स्वास्थ्य संगठन हेडक्वाटर, सेरोका विज्ञहरु सहित सात वटै प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशकहरु, फोकल पर्सन र आपतकालीन उपचारमा संलग्न स्वास्थ्यकर्मी सहभागि छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किसानमैत्री नीति लागू गर्न सरकारसँग आग्रह गर्न राष्ट्रिय धान दिवसमा प्रचण्डको सन्देश

काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...

नेकपा बैठकमा प्रचण्डको सन्देश– ‘अहिल्यै नेतृत्व छोड भन्नु पर्दैन’, माधव नेपाल भन्छन्– असारभित्र एकता टुंगिन्छ

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...

सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...

राहदानी काण्डमा ५ जना धरौटीमा रिहा, ओली–आरजुमाथि अनुसन्धान जारी

काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...

ठेकेदारको लापरबाहीले १५ शय्याको अस्पताल निर्माण अलपत्र

पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम

कोहलपुरमा भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...

आजको तरकारी तथा फलफूलको थोक मूल्य : गोलभेँडा ८ रुपैयाँदेखि, स्याउ २८० रुपैयाँ प्रतिकिलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...

वामएकतामाथि गोकुलको प्रहार : ‘फुटाएर फेरि जोड्ने खेल किन ?’

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...

हिलोमा रमाए विदेशी पर्यटक, पोखरामा असारे रोपाइँ महोत्सवको रौनक

कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...

हाइड्रो–टुरिजमको नमुना बन्ने मौलाकालिका आयोजना, ऊर्जामन्त्री श्रेष्ठद्वारा स्थलगत निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending