Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

सुरू भयो ह्वावे डिजिटल नेपाल कन्क्लेभ २०२३, प्रधानमन्त्रीद्वारा उद्घाटन

खबरडबली संवाददाता

काठमाडौं । ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३ सुरू भएको छ । आइसिटी फाउण्डेसन नेपालको आयोजनामा द सोल्टी काठमाडौंमा वर्षकै ठूलो डिजिटल कन्फेरेन्स सुरू भएको हो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा सुरू भएको ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३ मा विशिष्ट अतिथिको रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको उपस्थिति रहेको छ । 

यस्तै अतिथिको रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्ण बहादुर राउत, पूर्व मन्त्री गणेश शाह, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनाल, क्यान महासंघका अध्यक्ष रञ्जीत पोदार, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ लगायत नेपाल सरकारका उच्च अधिकरी, साझेदार संस्थाका प्रतिनिधि, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ता, सूचना प्रविधिको क्षेत्रमा काम गर्ने व्यक्तित्व लगायतको उपस्थिति रहेको छ ।

कार्यक्रममा स्वागत मन्तव्य दिदै आइसिटी फाउन्डेसन नेपालका अध्यक्ष तथा कार्यक्रमका सभापति राजन लम्सालले डिजिटल रूपान्तरणका लागि डिजिटल सक्षमता मापन गर्ने प्रयास स्वरूप २ दिने कन्क्लेभ आयोजना गरिरहेको बताए। 

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रडण्डले डिजिटल क्षमता विकास गर्न पूर्वाधारमा जोड दिन जरुरी रहेको बताए । सरकारले अनुसन्धान, आविष्कार, स्टार्टअप र उद्यमशीलता प्रवर्द्धनका लागि आगामी आर्थिक वर्षको बजेटमार्फत कुल पुँजीगत बजेटको १ प्रतिशत बजेट खर्च अनुसन्धान र विकासमा हुने व्यवस्था गरेको उनले जानकारी दिए ।

सरकारले डिजिटल डिभाइड कम गर्न र डिजिटल अर्थतन्त्रमा जोड दिएको बताउँदै प्रधानमन्त्रीले सूचना प्रविधिको विकासका लागि आवश्यक नीति बनाएर छिटो कार्यान्वयनमा ल्याइने बताए। 
यस्तै कार्यक्रमको फायरसाइड पावर संवादमा बोल्दै सञ्चारमन्त्री रेखा शर्माले पछिल्लो समय नेपालमा सूचना प्रविधिको विकाससँगै सोचाइमा पनि परिवर्तन बताइन् । 

‘सुरूमा सूचना प्रविधिलाई मनोरञ्जनको साधनका रूपमा लिइन्थ्यो,’ उनले भनिन्, ‘अहिले त्यो सोचाइ परिवर्तन भएको छ। सूचना प्रविधि मनोरञ्जनको मात्र नभएर उत्पादन र डिजिटल अर्थतन्त्रका लागि पनि हो भन्ने छ।’

सबै नागरिकमाझ सूचना प्रविधिको पहुँच पर्‍याउन सरकारले काम गरिरहेको र यस क्षेत्रको विकासका लागि आवश्यक नीति बनाउने तथा परिमार्जन गर्ने काम मन्त्रालयले गरिरहेको उनको दावी छ  ।

त्यसैगरी नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले प्रविधिको तीव्र विकासँगै प्रत्येक राष्ट्रको विकासका लागि सूचना प्रविधि महत्त्वपूर्ण भएको र त्यसबाट नेपाल समेत अछुतो नरहेको बताए। 

कार्यक्रममा आफ्नो मन्तव्य दिदै ह्वावे दक्षिण एशिया क्षेत्रीय कार्यालयका अध्यक्ष पिटर प्यानले डिजिटल नेपालका लागि ह्वावेले सहयोग गर्ने बताए । 

२ दिनसम्म चल्ने कन्क्लेभमा विभिन्न देशका आइसिटी विज्ञहरुसहित ७० बढी स्रोत व्यक्तिहरू रहेका छन् भने विभिन्न ६ विषयवस्तुमा १५ बढी शत्रहरू सञ्चालन हुनेछन्। कन्क्लेभमा दक्षिण कोरिया, सिंगापुर, भारत, बंगलादेशबाट विषय विज्ञहरुको उपस्थिती रहेको छ। 

उद्घाटन शत्रमा डिजिटल क्यापाबिलिटजको बारे वर्ल्डलिंकका अध्यक्ष दिलिप अग्रवाल, डिजिटल पोलिसी क्यापाबिलिटज विषयमा चाङ हाक चोई,ह्वावे एशिया प्यासिफिक क्षेत्रका सिनियर इन्डष्ट्री सोलुसन एक्सपर्ट ली युन सेङ र डिजिटल नेपाल पहलको बारेमा सञ्चार सचिव कृष्ण बहादुर राउतले कार्यपत्र प्रस्तुत गरेका थिए । 

उद्घाटनसत्रको समापन पछि प्यानल सेसन सुरू हुनेछ । पहिलो दिनको सेसनमा डिजिटल पूर्वाधार, डिजिटल परिचय (आइडेन्टिटी) र डिजिटल गभर्नेन्स सम्बन्धि शत्रहरू सञ्चालन हुनेछन् । 

‘फोस्टरिङ डिजिटल्ली सक्षम नेपाल’को नारासहित भइरहेको कन्क्लेभले डिजिटल रुपान्तरणको लागि नेपालको सक्षमता र यसको लागि आवश्यक नीति र कार्यान्वयनमा जोड दिनेछ ।

कन्क्लेभसँगै शीर्ष प्रायोजक ह्वावेले छुट्टै हलमा मिनि मोबाइल वर्ल्ड कंग्रेशको रुपमा मोबाइल नेपाल कंग्रेशको आयोजना गरिरहेको छ । मोबाइल नेपाल कंग्रेशमा सहभागीले फाइभजी, एआईसँगै नयाँ प्रविधिहरुको जानकारी मोबाइल कंग्रेशमा पाउनेछन्।

ह्वावेको सहकार्यमा भइरहेको डिजिटल नेपाल कन्क्लेभ २०२३ मा पावर्ड वाईमा यार्सा टेक, कनेक्टेड बाईमा नेपाल टेलिकम, डिजिटल पेमेन्ट पार्टनरमा आईएमई पे, टिकेटिङ पार्टनर सस्तो टिकट, आईटी ट्रेनिङ पार्टनर ब्रोडवे इन्फोसिस, सेक्युरिटी पार्टनर चेक पोइन्ट लगायतको सहकार्य रहेको छ । 

 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending