Khabar Dabali १६ असार २०८३ मंगलवार | 30th June, 2026 Tue
Investment bank

सुरू भयो ह्वावे डिजिटल नेपाल कन्क्लेभ २०२३, प्रधानमन्त्रीद्वारा उद्घाटन

खबरडबली संवाददाता

काठमाडौं । ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३ सुरू भएको छ । आइसिटी फाउण्डेसन नेपालको आयोजनामा द सोल्टी काठमाडौंमा वर्षकै ठूलो डिजिटल कन्फेरेन्स सुरू भएको हो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा सुरू भएको ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३ मा विशिष्ट अतिथिको रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको उपस्थिति रहेको छ । 

यस्तै अतिथिको रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्ण बहादुर राउत, पूर्व मन्त्री गणेश शाह, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनाल, क्यान महासंघका अध्यक्ष रञ्जीत पोदार, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ लगायत नेपाल सरकारका उच्च अधिकरी, साझेदार संस्थाका प्रतिनिधि, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ता, सूचना प्रविधिको क्षेत्रमा काम गर्ने व्यक्तित्व लगायतको उपस्थिति रहेको छ ।

कार्यक्रममा स्वागत मन्तव्य दिदै आइसिटी फाउन्डेसन नेपालका अध्यक्ष तथा कार्यक्रमका सभापति राजन लम्सालले डिजिटल रूपान्तरणका लागि डिजिटल सक्षमता मापन गर्ने प्रयास स्वरूप २ दिने कन्क्लेभ आयोजना गरिरहेको बताए। 

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रडण्डले डिजिटल क्षमता विकास गर्न पूर्वाधारमा जोड दिन जरुरी रहेको बताए । सरकारले अनुसन्धान, आविष्कार, स्टार्टअप र उद्यमशीलता प्रवर्द्धनका लागि आगामी आर्थिक वर्षको बजेटमार्फत कुल पुँजीगत बजेटको १ प्रतिशत बजेट खर्च अनुसन्धान र विकासमा हुने व्यवस्था गरेको उनले जानकारी दिए ।

सरकारले डिजिटल डिभाइड कम गर्न र डिजिटल अर्थतन्त्रमा जोड दिएको बताउँदै प्रधानमन्त्रीले सूचना प्रविधिको विकासका लागि आवश्यक नीति बनाएर छिटो कार्यान्वयनमा ल्याइने बताए। 
यस्तै कार्यक्रमको फायरसाइड पावर संवादमा बोल्दै सञ्चारमन्त्री रेखा शर्माले पछिल्लो समय नेपालमा सूचना प्रविधिको विकाससँगै सोचाइमा पनि परिवर्तन बताइन् । 

‘सुरूमा सूचना प्रविधिलाई मनोरञ्जनको साधनका रूपमा लिइन्थ्यो,’ उनले भनिन्, ‘अहिले त्यो सोचाइ परिवर्तन भएको छ। सूचना प्रविधि मनोरञ्जनको मात्र नभएर उत्पादन र डिजिटल अर्थतन्त्रका लागि पनि हो भन्ने छ।’

सबै नागरिकमाझ सूचना प्रविधिको पहुँच पर्‍याउन सरकारले काम गरिरहेको र यस क्षेत्रको विकासका लागि आवश्यक नीति बनाउने तथा परिमार्जन गर्ने काम मन्त्रालयले गरिरहेको उनको दावी छ  ।

त्यसैगरी नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले प्रविधिको तीव्र विकासँगै प्रत्येक राष्ट्रको विकासका लागि सूचना प्रविधि महत्त्वपूर्ण भएको र त्यसबाट नेपाल समेत अछुतो नरहेको बताए। 

कार्यक्रममा आफ्नो मन्तव्य दिदै ह्वावे दक्षिण एशिया क्षेत्रीय कार्यालयका अध्यक्ष पिटर प्यानले डिजिटल नेपालका लागि ह्वावेले सहयोग गर्ने बताए । 

२ दिनसम्म चल्ने कन्क्लेभमा विभिन्न देशका आइसिटी विज्ञहरुसहित ७० बढी स्रोत व्यक्तिहरू रहेका छन् भने विभिन्न ६ विषयवस्तुमा १५ बढी शत्रहरू सञ्चालन हुनेछन्। कन्क्लेभमा दक्षिण कोरिया, सिंगापुर, भारत, बंगलादेशबाट विषय विज्ञहरुको उपस्थिती रहेको छ। 

उद्घाटन शत्रमा डिजिटल क्यापाबिलिटजको बारे वर्ल्डलिंकका अध्यक्ष दिलिप अग्रवाल, डिजिटल पोलिसी क्यापाबिलिटज विषयमा चाङ हाक चोई,ह्वावे एशिया प्यासिफिक क्षेत्रका सिनियर इन्डष्ट्री सोलुसन एक्सपर्ट ली युन सेङ र डिजिटल नेपाल पहलको बारेमा सञ्चार सचिव कृष्ण बहादुर राउतले कार्यपत्र प्रस्तुत गरेका थिए । 

उद्घाटनसत्रको समापन पछि प्यानल सेसन सुरू हुनेछ । पहिलो दिनको सेसनमा डिजिटल पूर्वाधार, डिजिटल परिचय (आइडेन्टिटी) र डिजिटल गभर्नेन्स सम्बन्धि शत्रहरू सञ्चालन हुनेछन् । 

‘फोस्टरिङ डिजिटल्ली सक्षम नेपाल’को नारासहित भइरहेको कन्क्लेभले डिजिटल रुपान्तरणको लागि नेपालको सक्षमता र यसको लागि आवश्यक नीति र कार्यान्वयनमा जोड दिनेछ ।

कन्क्लेभसँगै शीर्ष प्रायोजक ह्वावेले छुट्टै हलमा मिनि मोबाइल वर्ल्ड कंग्रेशको रुपमा मोबाइल नेपाल कंग्रेशको आयोजना गरिरहेको छ । मोबाइल नेपाल कंग्रेशमा सहभागीले फाइभजी, एआईसँगै नयाँ प्रविधिहरुको जानकारी मोबाइल कंग्रेशमा पाउनेछन्।

ह्वावेको सहकार्यमा भइरहेको डिजिटल नेपाल कन्क्लेभ २०२३ मा पावर्ड वाईमा यार्सा टेक, कनेक्टेड बाईमा नेपाल टेलिकम, डिजिटल पेमेन्ट पार्टनरमा आईएमई पे, टिकेटिङ पार्टनर सस्तो टिकट, आईटी ट्रेनिङ पार्टनर ब्रोडवे इन्फोसिस, सेक्युरिटी पार्टनर चेक पोइन्ट लगायतको सहकार्य रहेको छ । 

 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किसानमैत्री नीति लागू गर्न सरकारसँग आग्रह गर्न राष्ट्रिय धान दिवसमा प्रचण्डको सन्देश

काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...

नेकपा बैठकमा प्रचण्डको सन्देश– ‘अहिल्यै नेतृत्व छोड भन्नु पर्दैन’, माधव नेपाल भन्छन्– असारभित्र एकता टुंगिन्छ

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...

सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...

राहदानी काण्डमा ५ जना धरौटीमा रिहा, ओली–आरजुमाथि अनुसन्धान जारी

काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...

ठेकेदारको लापरबाहीले १५ शय्याको अस्पताल निर्माण अलपत्र

पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम

कोहलपुरमा भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...

आजको तरकारी तथा फलफूलको थोक मूल्य : गोलभेँडा ८ रुपैयाँदेखि, स्याउ २८० रुपैयाँ प्रतिकिलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...

वामएकतामाथि गोकुलको प्रहार : ‘फुटाएर फेरि जोड्ने खेल किन ?’

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...

हिलोमा रमाए विदेशी पर्यटक, पोखरामा असारे रोपाइँ महोत्सवको रौनक

कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...

हाइड्रो–टुरिजमको नमुना बन्ने मौलाकालिका आयोजना, ऊर्जामन्त्री श्रेष्ठद्वारा स्थलगत निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending