काठमाडाैं । युवा तथा खेलकुद मन्त्रालयले बिहीबार १४ जनालाई सम्मानित गरेको छ । राष्ट्रिय युवा प्रतिभा सम्मानबाट १० तथा युवा पत्रकारिता पुरस्कारबाट चार पत्रकार सम्मानित भएका हुन् ।
राष्ट्रिय युवा प्रतिभा सम्मान पाउनेमा कृषितर्फ हिराबहादुर घर्ती र चन्द्रप्रसाद बस्नेत, वातावरण संरक्षणतर्फ हिरुलाल डंगौरा, युवा सशक्तिकरण र नेतृत्व विकासतर्फ भावना भट्ट र दिवाकर अर्याल, पर्यटन पर्वद्र्धन र समाज सेवातर्फ वि विएल राइज फाउण्डेशन, पर्यटन पर्वद्र्धनतर्फ सिर्जना ओली, समाज सेवातर्फ शौरभ रिमाल, विज्ञान तथा प्रविधितर्फ दिपेन्द्र नेपाली तथा स्वास्थ्यतर्फ डा राम थापा क्षेत्री रहेका छन् । पुरस्कारको राशि जनही रु एक लाख रहेको छ ।
यसैगरी सम्मानित हुने सञ्चारकर्मीमा विनोद घिमिरे (दाङ), मेनुका ढुङ्गाना (अछाम), प्रकाश सिंह (बाजुरा) र केशरबहादुर रोका (प्युठान) रहेका छन् । युवा पत्रकारिता पुरस्कारको राशि जनही रु ५० हजार रहेको छ ।
सम्मानित भएकाहरुलाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले सम्मानपत्र वितरण गरेका थिए । कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम, राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत, नेपाल पत्रकार महासंघका सचिव पवन आचार्यलगायतको सहभागिता थियो । मन्त्रालयले हरेक वर्ष देशभरबाट पत्रकार तथा अन्य प्रतिभा छनोट गरेर सम्मान गर्दैआएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - २१:३५
काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...
आषाढ़ १५ गते, २०८३ - २१:२४
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...
आषाढ़ १५ गते, २०८३ - २१:१४
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...
आषाढ़ १५ गते, २०८३ - १९:५०
काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...
आषाढ़ १५ गते, २०८३ - १९:४५
पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम
आषाढ़ १५ गते, २०८३ - १९:३९
नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...
आषाढ़ १५ गते, २०८३ - ०९:३१
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...
आषाढ़ १५ गते, २०८३ - ०९:२५
काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...
आषाढ़ १५ गते, २०८३ - ०९:२३
कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...
आषाढ़ १५ गते, २०८३ - ०९:१९
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...



प्रतिकृया लेख्नुहोस्: