उदयपुर । गएको चैत महिनादेखि बन्द रहेको उदयपुर सिमेन्ट उद्योगले उत्पादन सुरु गरेको छ । पूर्ण रुपमा सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्टले बुधबारदेखि किलिङ्कर उत्पादन सुरु गरेको हो ।
गएको वर्ष देखि अधिकाँश समय बन्द हुँदै संचान हुँदै आएको उद्योग गत वर्ष चैत्र २९ गते न्यू आयन सप्लायर्स भैरहवाले सुनसरीको इटहरीबाट दुई ट्रक गरी ४२ टन कोइलामा भुस मिसिएर ल्याएपछि सोही समय देखि बन्द भएकोे थियो ।
उद्योगका निमित्त महाप्रबन्धक उमा शंकर आन्नदले बुधबार विहानदेखि उद्योगले किलिङकर उत्पादन सुरु गरेको बताए ।
यस बीचमा २९ महिना उद्योगमा महा–प्रबन्धकको जिम्मेवारी सम्हालेका गोपीकृष्ण न्यौपानेले राजीनामा समेत दिएका छन् । उद्योग संचालनमा सरकारले सहयोग नगरेको भन्दै न्यौपानेले राजिनामा दिएका हुन् ।
उदयपुर उद्योग संचालन समितिका अध्यक्ष केश्व कुमार बस्नेतले गएको सोमबार एक बैठक राखेर उद्योग सञ्चालनमा ल्याएको बताए । गएको चैत महिनामा जम्मा ३ दिन चलेर बन्द भएको र बुधबार देखि उद्योगले किलिङ्कर उत्पादन सुरु गरेको उनको भनाइ छ ।
तत्कालिन महाप्रबन्धक न्यौपानेले नै बन्द गराएको उद्योग उनले राजिनामा दिएपछि पुनः संचालनमा आएको उदयपुर सिमेन्ट उद्योगका अध्यक्ष बस्नेतको भनाइ छ । उनका अनुसार यस अघि नै पटक पटक उद्योग संचालन गर्नको लागि पहल गरिए पनि महाप्रबन्धक न्यौपानेले रोक्दा बन्द हुन पुगेको थियो ।
दैनिक आठ सय टन क्षमताको उद्योगबाट औसतमा ६ सय टनसम्म सिमेन्ट उत्पादन हुँदै आएको थियो । न्यौपानेले २९ महिना उद्योगको जिम्मेवारी सम्हाल्दा एक अर्ब नौ करोड रुपैयाँ व्ययभार थपिएको छ ।
उद्योगमा कार्यरत कर्मचारी र उदयपुरका स्थानीयले महाप्रबन्धक न्यौपानेका कारण उद्योगमा निरन्तर क्षतिपुगेको भन्दै पदबाट हटाउन माग राखी चरणबद्ध आन्दोलन गर्दैै आएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - २१:३५
काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...
आषाढ़ १५ गते, २०८३ - २१:२४
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...
आषाढ़ १५ गते, २०८३ - २१:१४
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...
आषाढ़ १५ गते, २०८३ - १९:५०
काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...
आषाढ़ १५ गते, २०८३ - १९:४५
पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम
आषाढ़ १५ गते, २०८३ - १९:३९
नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...
आषाढ़ १५ गते, २०८३ - ०९:३१
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...
आषाढ़ १५ गते, २०८३ - ०९:२५
काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...
आषाढ़ १५ गते, २०८३ - ०९:२३
कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...
आषाढ़ १५ गते, २०८३ - ०९:१९
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...



प्रतिकृया लेख्नुहोस्: