Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

ताप्लेजुङमा बाढीपहिरोको वितण्डापछि बजारसँग यातायात सम्पर्क विच्छेद, दैनिक उपभोग्य वस्तुको अभाव

खबरडबली संवाददाता

ताप्लेजुङ । बाढीपहिराले सडक यातायात अवरुद्ध हुँदा मैवाखोला गाउँपालिकामा खाद्यान्नलगायतका उपभोग्य वस्तुको अभाव सिर्जना हुन थालेको छ ।

नजिकको बजार दोभानसँग नै यातायात सम्पर्क विच्छेद भएपछि दैनिक उपभोग्य वस्तुको अभाव सुरु हुन थालेको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले बताए । “मदन भण्डारी राजमार्गअन्र्तगतको माङ्माया खोलाको पुल बाढीले बगाउँदा, दोभान र फुङलिङ बजारसँग यातायात सम्पर्क टुटेको छ, वसन्तपुर गुफा सडकखण्ड पहिराले अवरुद्ध छ, गाउँघरमा खाद्यान्न लगायतका वस्तुको अभाव देखिन सुरु भयो, आकस्मिकरूपमा कोही बिरामी परेर कतै लैजानुपरेमा कुनै उपाय छैन”, अध्यक्ष वनेमले भने । उनका अनुसार गाउँका आधा दर्जनभन्दा बढी पुल क्षतिग्रस्त छन् ।

मदन मण्डारी राजमार्गअन्र्तगत मैवाखोला २ र ३ जोड्ने मोटरेबल पुल पूर्णरूपमा बाढीले बगाएको छ । सोही गाउँपालिकाकै वडा नं ३ र ५ जोड्ने अर्को मोटरेबल कल्भर्ट बाढीले पूर्णरूपमा बगाएको छ । विभिन्न गाउँलाई जोड्ने चार  झोलुङ्गे पुल र एउटा काठे पुल बाढीले क्षतिग्रस्त बनाएको छ । अहिले गाउँपालिकाको केन्द्रदेखि विभिन्न वडामा सवारी साधन ओहोरदोहोर ठप्प बनेको छ भने झोलुङ्गे पुल क्षतिग्रस्त हुँदा एक गाउँदेखि अर्को गाउँमा ओहोरदोहोरमा कठिनाइ छ ।

शनिबार रातिको बाढीले ती पुल क्षतिग्रस्त बनेका हुन् । “भएका पुल पुलेसा बाढीले बगाएपछि वरिपारि गर्न कठिन छ, दर्जनौँ परिवार विस्थापित छन्, उनीहरूसम्म तत्काल पुग्न सकिएको छैन, बल्ल तल्ल ओदकमा पहिरो पार गरेर पुगियो, यहाँका २१ परिवार विद्यालय र गुम्बामा बसेका छन्”, अध्यक्ष वनेमले भने । उनका अनुसार ओदक टोलका १० घर उच्च जोखिममा छन् भने ओदकसहितका विभिन्न क्षेत्रका २६ घर जोखिममा छन् । चारैतिरको बाटोघाटो  र पुल पहिराले क्षतिग्रस्त हुँदा ओदक कुनै टापु जस्तै बनेको छ । यहाँका मानिस अन्यत्र जान सकिरहेका छैनन् ।

सडक सञ्चालनमा समय लागे गाउँपालिकाभित्र धेरै समस्या आइलाग्ने देखिएको अध्यक्ष वनेमले बताए । अवरुद्ध वसन्तपुर, गुफा सडकखण्ड खोल्न गाउँपालिकाले सुरु गरेको छ । तर यसमा समय लाग्ने वनेमले बताए । “वसन्तपुरतर्फको सडक खुल्न झण्डै हप्ता दिनसम्म लाग्ला, माङ्मायालगायत खोलामा पुल वा बेलिब्रिज नबन्दासम्म नजिकको बजार दोभान पुग्न कुनै विकल्प छैन, बेलिब्रिज राख्ने र सडक खुलाउने विषयमा विभिन्न निकायसँग समन्वय गरिरहेका छौँ”, उनले भने । आधा दर्जन झोलुङ्गे पुल बाढीले क्षतिग्रस्त बनेपछि गाउँका सर्वसाधारणलाई आवतजावतमा समस्या छ ।

बाढीले मैवाखोला–४ को भालढुङ्गा, माङ्माया खोलाको, मेरिङदेन गाउँपालिका जोड्ने खार्ते खोलाको, माङ्माया खोला सत्तल छेउको झोलुङ्गे पुल क्षतिग्रस्त बनाएको छ । ती पुलबाट वारिपारि गर्ने उपाय छैन । नेरुवा खोलाको काठे पुल बाढीले बगाएको छ । उक्त पुल निर्माण नहुँदासम्म गाउँघरमा आवतजावत ठप्प जस्तै हुने अध्यक्ष वनेमको भनाइ छ । सानातिना खोला खोल्सामा काठेपुल निर्माण गरे पनि ठूला खोला खोल्सामा झोलुङ्गे पुलको विकल्प छैन । मानवीय क्षति नभएको यस गाउँपालिकामा करोडौँ मूल्य बराबरका संरचना क्षतिग्रस्त बनेका छन् ।

बाढीपहिराले यहाँका पाँच वटा सानातिन जलविद्युत् आयोजना ध्वस्त भएका छन् । केन्द्रीय प्रसारण लाइनका पोलसमेत ढलेकाले गाउँपालिका नै अन्धकारमय बनेको छ । बिजुली नहुँदा सर्वसाधारण अन्धकारमा बस्न बाध्य छन् भने सञ्चारविहीन बनेका छन् । “मोबाइल चार्ज गर्ने ठाउँ छैन, भए पनि टेलिफोनका टावर दिनमा दुई घण्टा चलेर बन्द हुन्छन्, बिजुली नहुँदा पालिका तथा वडा कार्यालयबाट प्रदान गर्ने कतिपय सेवा अवरुद्ध छन्”, अध्यक्ष वनेमले भने ।

मैवाखोला–३ मा पर्ने थेरथेरेमा केन्द्रीय प्रसारण लाइनको पोल पहिरोका कारण ढलेर केन्द्रीय प्रसारण लाइन अवरुद्ध बनेको हो । यस्तै छ वटा खानेपानी आयोजनामा क्षति पुग्दा मजुवा, ताम्राङ, साँघु बजार, तेम्बेलगायत दर्जनौँ बस्तीका मानिस खानेपानीको सुविधाबाट वञ्चित बनेका छन् । विभिन्न पाँच वटा सिँचाइ आयोजनाका मुहान, कुलोलगायतमा क्षति पुगेको छ । जसले खेतीपातीमा समस्या उत्पन्न हुनेमा स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । बर्सातकै बेला समस्या नभए पनि एक दुई दिन घाम लागे धान खेतीमा सिँचाइ अभाव हुने किसानलाई चिन्ता छ ।

शनिबार राति मुसलधारे वर्षासँगै आएको बाढीपहिराले गाई भैँसीसहित दर्जनाँै पशुचौपाया बगाएको गाउँपालिकाले जनाएको छ । बाढीपहिराले सर्वसाधारण विस्थापित हुँदा र भएका दर्जनौँ संरचना क्षतिग्रस्त हुँदा पुनःस्थापना गर्न निक्कै कठिन हुने देखिएकाले समस्या समाधानमा प्रदेश र सङ्घीय सरकारले बजेटसहितका आवश्यक सहयोग गर्न आवश्यक रहेको गाउँपालिका अध्यक्ष वनेमको भनाइ छ । जिल्लामा बाढीपहिरोमा परी तीनको निधन भएको छ भने पहिराले घर बगाउँदा बेपत्ता बनेका मेहेलेका एकै परिवारका तीन जना अझै फेला परेका छैनन् । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रुपन्देहीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

सिद्धार्थनगर । रुपन्दहीको देवदहमा गए राति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय देव...

निर्वाचन अवधिभर नेपाल–भारत आवतजावतमा रोक

पाँचथर । जिल्ला प्रशासन कार्यालयले भारतसँग सीमा जोडिएका स्थानमा निर्वाचन अवधिभर सीमाबाट आवतजावतमा रोक लगाएको छ । प्रशासनले फागुन १८ गते मध्यराति फागुन...

लेबननमा इजरायलको आक्रमण- अहिलेसम्म कम्तीमा ५२ जनाको मृत्यु, हजारौँ विस्थापित

काठमाडौं । लेबननको बेरुतमा इजरायलले आक्रमण तीव्र पारेको छ। इजरायली सेनाले हेजबुल्लाहसँग सम्बद्ध स्थानीय च्यानल अल-मनार टीभी स्टेसन रहेको भवनमा हमला गर...

पर्सामा मध्यरातदेखि भारतीय सीमानाका बन्द

वीरगन्ज । जिल्ला प्रशासन कार्यालयले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सोमबार मध्यरातदेखि  लागू हुनेगरी भारतसँग सीमा जोडिएको अन्तरराष्ट...

मध्यपूर्वमा लडाइँ चर्किने डर, नेपाली कामदार कति सुरक्षित ?

काठमाडौं । यूएईको आबुधाबीमा कार्यरत बुटवलका आकाश खनालले सोमवार मध्याह्न बीबीसीसँग कुराकानी गर्दा आफूले दुई मिनेटअघि विस्फोटनको ठूलो आवाज सुनेको बताए। ...

पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बाग...

इजरायल–इरान युद्ध : दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी

गोरखा । घरको आर्थिक अवस्था सुधार्न चार वर्षअघि संयुक्त अरब इमिरेट्सको दुबई पुगेका थिए दिवस श्रेष्ठ । भीमसेन थापा गाउँपालिका–७ बोर्लाङ ठाँटीका २९ वर्षी...

आयल निगमले भन्यो- चुनावमा पनि इन्धन नियमित हुन्छ, अनावश्यक भण्डारण नगर्नू

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न आमसर्वसाधरणमा आग्रह गरेको छ । निगमका कार्यकारी निर्देशक ...

प्रतिनिधिसभा निर्वाचन: तनहुँ, बागलुङ र म्याग्दीमा मतगणनास्थल तयार

तनहुँ ।  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँका दुवै निर्वाचन क्षेत्रमा मतगणनास्थल तयार गरिएको छ । मतदान सम्पन्न भएपछि मतगणन...

प्रतिनिधिसभा निर्वाचन: विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

जुम्ला । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लाको निर्वाचन तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला निर्वाचन कार्यालयबाट निर्वाचनमा आ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE