सिन्धुली । सिन्धुलीमा भुसिया कुकुरको टोकाईबाट ९ जना घाईते भएका छन् । सुनकोशी गाउँपालिका ३ बोहोरेटारस्थित बाटोमा हिड्ने एउटा भुसिया कुकुरले एकै दिन ९ जनालाई टोकेर घाईते बनाएको हो ।
घाईते हुनेमा बोहोरेटारका ९० वर्षिय लेखनाथ दहाल, सोही स्थानकी ४० वर्षिया लिला कुमारी भुजेल, ४६ वर्षिया सुकुन्तला पुलामी र ३५ वर्षिय दिल बहादुर विक रहेका छन् ।
यस्तै रामेछापको खाँडादेवी गाउँपालिका २ का ५७ वर्षिय रामबहादुर लामा, खाँडादेवि गाउँपालिका ५ रामटारका ७७ वर्षिय बद्रि भुजेल, सोही स्थानकी ४२ वर्षिया दिल्लीमाया खड्का र सिन्धुलीको सुनकोशी गाउँपालिका ५ कटहरेकी ९ वर्षिया अनिसा बिसुन्केलाई भुसिया कुकुरले टोकेको हो ।
नाक, छात्ति, स्तन, च्यापु लगायत शरीरका विभिन्न भागमा कुकुरले टोकेर घाईते भएकाहरुमध्ये केही अवस्था मध्य र केही अवस्था सामान्य रहेको सिन्धुलीका प्रहरी नायव उपरिक्षक चिरञ्जीवि दहालले जानकारी दिए ।
उनका अनुसार कुकुरको टोकाईबाट घाईते भएकाहरुलाई स्थानीय प्रधान मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको छ ।
कालो रंगको भुसिया कुकुरले एकैपटक विभिन्न स्थानका ९ जनालाई टोकेर भागेपछि प्रहरी टोली, पालिका र स्थानीयको सहयोगमा कुकुरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १४ गते, २०८३ - २०:४६
काठमाडौं । नेपाली कांग्रेसभित्र नेतृत्व चयनको बहस फेरि एकपटक रोचक मोडमा पुगेको छ। बाहिरबाट हेर्दा यो सामान्य ‘पद बाँडफाँड’ जस्तो देखिए पनि भित्रभित्रै...
बैशाख १४ गते, २०८३ - २०:३३
विभागहरूमा कसले ‘कमान्ड’ सम्हाल्ने भन्ने रस्साकस्सी
बैशाख १४ गते, २०८३ - २०:३०
सरकारी टोलीसँग संवाद गर्ने मौका मिलेन, हल्ला र सूचना फरक कुरा हो
बैशाख १४ गते, २०८३ - २०:१७
म्याग्दी । धवलागिरि गाउँपालिका–४ बगरमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । हाइड्रो भिलेज प्रालि प्रर्वद्धक रहेको ...
बैशाख १४ गते, २०८३ - २०:०५
उदयपुर । सुनकोशी नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका लिम्चुङबुङ गाउँपालिका–४ जाँतेका ५१ वर्षीय शमशेर राई ५ दिनपछि मृतावस्थामा फेला परेका छन् । जि...
बैशाख १४ गते, २०८३ - २०:०२
चितवन । जिल्लामा व्यावसायिक रुपमा उत्पादित तरकारीले उचित मूल्य नपाउँदा किसान मर्कामा परेका छन् । यहाँ उत्पादन भएका तरकारीले लागत मूल्य समेत पाउन नसकेप...
बैशाख १४ गते, २०८३ - १०:३६
गर्भपतनकै जटिलतामा अकालमै गुमिरहेका छन् आमाहरू
बैशाख १४ गते, २०८३ - १०:१७
ओखलढुंगा । कहिलेकाहीँ राजनीतिमा परिणामहरू यस्ता आउँछन्, जसले केवल जित–हार मात्रै होइन, त्यसपछिको चरित्रलाई पनि परिक्षणमा राख्छ। गतज फागुनको निर्वाचन प...
बैशाख १४ गते, २०८३ - ०९:४५
काभ्रेपलाञ्चोक । शनिबार साँझको बाढीले थलिएको बीपी राजमार्ग अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। मर्मतको प्रयास भइरहे पनि प्रकृतिको अर्को प्रहारले ...
बैशाख १४ गते, २०८३ - ०९:२९
भाेजपुर । भारी वर्षासँगै आएको बाढीले पुल बगाउँदा अवरुद्ध बनेको भोजपुर-चखेवा सडक पुनः एकतर्फी सञ्चालनमा आएको छ । भोजपुर नगरपालिका-५ बोखिमस्थित चाल्से ख...


प्रतिकृया लेख्नुहोस्: