हुम्ला । हुम्लामा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । हुम्ला सिमकोटदेखि हिल्सा जाँदै गरेको जीप दुर्घटनामा परी घाइते भएका चालकको मृत्यु भएको हो ।
नाम्खा गाउँपालिकाको च्याछहरामा दुर्घटना भएको जीपबाट हाम्फालेर घाइते भएका चालक राजेश हेन्जन तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका चालक तामाङको जिल्ला अस्पतालका क्रममा मृत्यु भएको हुम्लाका प्रहरी प्रमुख डीएसपी भीमलाल भट्टराईले जानकारी दिए।
जिल्ला सदरमुकाम सिमकोटबाट हिल्साका लागि छुटेको कर्णाली प्रदेश ०३–१–०२२ च ५१२६ नम्बरको बोलेरो जीप च्याछहरा भिरको उकालो चड्दै गर्दा कर्णाली नदीमा खसेको थियो । सोमबार बिहान ५ बजे सिमकोटबाट छुटेको जीप बिहान करिब ७ बजे उक्त भीरबाट खसेको बताइएको छ ।
कामका लागि उत्तरी छिमेकी चीनको ताक्लाकोट जान सीमा पास बनाउन सदरमुकाम सिमकोट आएका लिमीका १२ जना यात्रु बोकेर हिल्सा जाँदै गरेको जीप दुर्घटना भएको हो। च्याछहराको भिरमा अप्ठ्यारो उकालो बाटोका कारण यात्रुसहितको जीप चढ्न नसक्ने भएपछि चालकले सबै यात्रु ओरालेका थिए।
यात्रुबिनाको जीपलाई उकालोमा चढाउने क्रममा जीप सडकबाट नदीमा खसेको थियो । चालकले अप्ठ्यारो बाटोमा यात्रु लिएर हिँड्ने जोखिम नउठाएकाले जीपमा सवार सबै यात्रु सकुशल रहेका छन् ।
सामानसहित खसेको जीप कर्णाली नदीमा डुबेर बेपत्ता भएको छ । बेपत्ता जीपको स्थानीय र प्रहरीद्वारा खोजी कार्य भइरहेको बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १७ गते, २०८३ - ०९:३२
सिरहा। अधिकांश बालबालिका खेल्दै, रमाउँदै बाल्यकाल बिताइरहेका हुन्छन्। तर सिरहाको गोलबजार नगरपालिका–९ डण्डाका ८ वर्षीय शेखर यादवको बाल्यकाल भने दुई सान...
आषाढ़ १७ गते, २०८३ - ०८:५७
काठमाडौं। कृषि, वन तथा वातावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। धान रोपाइँ...
आषाढ़ १७ गते, २०८३ - ०८:४७
काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज ठूलो नेप...
आषाढ़ १७ गते, २०८३ - ०८:४५
कैलाली । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मातहत सञ्चालित गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द भएको छ । अस्पतालमा ती ...
आषाढ़ १७ गते, २०८३ - ०८:४२
रुकुमपूर्व । सिस्ने गाउँपालिका–४ झाँक्रीपोलेस्थित रुकुमकोट-दादिङ भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा ६ महिनाका एक शिशुसहित ५ जना घाइते भएका छन् । र...
आषाढ़ १७ गते, २०८३ - ०८:३७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ बुधबार हुन लागेको छ । चितवनको भरतपुरमा भएको पहि...
आषाढ़ १७ गते, २०८३ - ०८:३२
काठमाडौं। मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा गएरातिदेखि वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित देशका धेरै क्षेत्रमा पानी परिरहेको भए पनि पश्चिम ...
आषाढ़ १७ गते, २०८३ - ०८:३१
बुटवल। गुल्मीमा जंगली बँदेलबाट बाली जोगाउन थापिएको विद्युतीय पासोमा परेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी वीरेन्द्र...
आषाढ़ १७ गते, २०८३ - ०८:२८
काठमाडौं। संघीय संसदको बैठक सञ्चालनका क्रममा उपसभामुख रुवीकुमारी ठाकुरको भूमिकालाई लिएर सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा बहस चुलिएको छ। बैठक सञ्चा...
आषाढ़ १७ गते, २०८३ - ०८:२७
पुँडीटार र लोकाहाखोला औद्योगिक क्षेत्रका लागि डीपीआर तयार, तर जग्गा भोगाधिकार नपाउँदा निर्माण सुरु हुन सकेन



प्रतिकृया लेख्नुहोस्: