काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले मुलुकको प्रशासनिक सेवालाई चुस्त र व्यवस्थित बनाउन मुख्य सचिव डा. बैकुण्ठ अर्याललाई सुझाव दिएको छ । नवनियुक्त मुख्य सचिव अर्याललाई बधाई एवं शुभकामना दिने क्रममा चेम्बरले समयवद्ध तालिका बनाएर सरकारी सेवा प्रवाहलाई चुस्त एवं प्रभावकारी बनाउन सुझाव दिएको हो ।
अन्तर सरकारी निकायबीच प्रभावकारी समन्वय मार्फत जनतासंग प्रत्यक्ष जोडिएका सेवा क्षेत्रलाई परिणाममुखी बनाउन सुझाव दिईएको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए । उनले भने, ‘समयवद्ध तालिका बनाएर सरकारी सेवा दिन सकियो भने जनतालाई निकै राहत हुन्छ । कर तिर्न जाँदा समेत घण्टौ लाईन बस्नुपर्ने बाध्यतालाई तत्काल अन्य गर्ने ठोस नीतिगत व्यवस्थाको आवश्यक्ता छ ।’
यस्तै संसदमा विचाराधिन अधिकांश आर्थिक विधेयकहरुलाई अगाडी बढाउन सहजिकरण गरीदिन पनि चेम्बरले मुख्य सचिव डा. अर्यालको ध्यानाकर्षण गराएको छ । चेम्बरले दिएको सुझावमा भनिएको छ, ‘निजी क्षेत्रसंग सम्वन्धित आर्थिक तथा अन्य विधेयकहरु समयमै पारित हुन नसकेकाले कतिपय समस्याहरु सम्वोधन हुन सकेका छैनन, यसका लागि यसका लागि पनि सहजिकरण गरीदिनुहुन अनुरोध गर्दछौं ।’
चेम्बरले मुलुकको आर्थिक विकास र समृद्धिका लागि अन्तराष्ट्रिय लगानी भित्र्याउनुपर्नेमा समेत जोड दिएको छ । खासगरी ठूला जलविद्युत आयोजना, पूर्वाधार विकास, औद्योगिक तथा पर्यटन प्रर्वद्धनका लागि विदेशी लगानी सम्मेलन यथाशिघ्र आयोजना गर्न समेत चेम्बरले मुख्य सचिव डा अर्यालको ध्यानाकर्षण गराएको छ ।
वैदेशिक लगानी सम्मेलनका क्रममा सूचना प्रविधिको क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर योजना तर्जुमा गर्न समेत आग्रह गरिएको चेम्बर अध्यक्ष मल्लले बताए । उनले भने–‘विश्वमा सूचना प्रविधीयुक्त सेवाको माग दिनप्रतिदिन वृद्धि भएकाले हाम्रा युवाहरुलाई स्वदेशमै अन्तराष्ट्रिय ठूला आईटी कम्पनीहरुको व्याकअपका रुपमा काम गर्ने व्यवस्था जीटुजी मार्फत गरेर आईटी उद्योगहरुलाई विकास गरिनुपर्दछ ।’
चेम्बर पदाधिकारीहरुसंगको भेटपछि मुख्यसचिव अर्यालले जनताको सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताए । गुणस्तरीय सेवा प्रवाह दिने विषयमा सरकार संवेदनशिल रहेको भन्दै उनले यसका लागि दिर्घकालिन नीतिगत योजना बन्ने काम भईरहेको बताए ।
जनताको सेवा प्रवाह सुधारको विषय सरकारको सफलतासंग पनि जोडिएको उहाँको भनाई छ । मुलुकको आर्थिक विकास र समृद्धिका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने भन्दै मुख्यसचिव डा. अर्यालले अन्तराष्ट्रिय लगानीका लागि पनि पहल भईरहेको जानकारी दिए ।
भन्सार प्रशासनलाई चुस्त बनाएर राजश्व संकलनको लक्ष्य वृद्धि एवं पुँजिगत खर्च समयमै गर्नेगरि नीतिगत व्यवस्थाको तयारी भईरहेको समेत उनले बताए । चेम्बरले पुँजिगत खर्च वृद्धिका लागि पनि समयवद्ध तालिका बनाएर काम गर्नुपर्ने सुझाव दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १२:४३
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...
पौष ३ गते, २०८२ - १२:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...
पौष ३ गते, २०८२ - ११:५४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...
पौष ३ गते, २०८२ - ११:१५
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...
पौष ३ गते, २०८२ - ११:०४
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...
पौष ३ गते, २०८२ - १०:५४
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...




प्रतिकृया लेख्नुहोस्: