बर्दिया । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले सिकल सेल एनिमियाको न्युनीकरण तथा नियन्त्रणका लागि विशेष अस्पताल निर्माणका लागि पहलकदमी लिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बर्दियाको राजापुर नगरपालिकाले आयोजना गरेको सिकल सेल दिवसलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् ।
“थारु समुदायमा विकराल रुप लिनेगरी देखिएको सिकल सेलको उपचारका लागि एउटा विशेष अस्पतालको आवश्यकता छ भन्ने महसुस मलाई पनि भएको छ” मन्त्री मोदीले भने, “सिकल सेलको न्युनीकरण र निर्मुलीकरणका लागि एउटा विशेष अस्पताल निर्माणका लागि पहलकदमी लिने प्रतिबद्धता व्यक्त गर्दछु ।”
सिकल सेलको नियन्त्रणका लागि सबै तहका सरकारले प्राथमिकताका साथ कार्यक्रमहरु अगाडि बढाउनुपर्ने मन्त्री मोदीको भनाई छ “संघीय सरकारले सिकल सेल एनिमियाका बिरामीको उपचारका लागि केन्द्रहरू तोकेर एक लाखसम्मको उपचार निःशुल्क गर्ने व्यवस्था मिलाएको छ” मन्त्री मोदीले भने, “सिकल सेल एनिमिया रोग थारू समुदायका लागि ठूलै जनस्वास्थ्य समस्या हो । यसको नियन्त्रणका लागि विशेष अस्पतालको व्यवस्था गर्न अनिवार्य बनेको छ, यसको निर्माणमा म लागि पर्ने उद्घोष गर्न चाहन्छु ।”
मन्त्री मोदीले समुदायमा आधारित जाँच, नियमित उपचार, स्थानीयस्तरमा परीक्षण प्रयोगशाला र स्थानीय पाठ्यक्रम निर्माण र पठनपाठनजस्ता कार्य विस्तार गरेर सिकल सेल एनिमियाको बारेमा जनचेतना बढाउन आवश्यक रहेको समेत बताए ।
मन्त्री मोदीले सिकल सेलका सम्बन्धमा आफूले संयुक्त राष्ट्र संघमा समेत महत्वका साथ विषय राखेको स्मरण गराए । ०८० वैशाख ०६ गते मन्त्री मोदीले संयुक्त राष्ट्र सङ्घको मुख्यालय न्यूयोर्कमा आयोजना भएको आदिवासी मुद्दाहरूमा संयुक्त राष्ट्र स्थायी मञ्चको २२ औँ सत्रमा थारु समुदायमा भयावह रूपमा फैलिएको सिकल सेल एनिमियाको विषयमा विशेष प्राथमिकताका साथ आफ्नो भनाई राखेका थिए ।
सिकल सेल एनिमियाको विषय आफू थारु समुदायकै भएका कारणले पनि अन्तर्राष्ट्रिय समुदायमा पु¥याउनु आफ्नो दायित्व भएको बताउँदै मन्त्री मोदीले संयुक्त राष्ट्र संघमा भनेका थिए, “यो रोगको रोकथामका लागि नेपाल सरकारले निभाउनुपर्ने दायित्व निभाइरहेको छ, भविष्यमा यसको थप अनुसन्धानका सन्दर्भमा अन्तर्राष्ट्रिय साथ र सहयोग आवश्यक रहन्छ ।”
राजापुर नगरपालिकाले सिकल सेल एनिमियाको नियन्त्रणका लागि जनचेतना जगाउने र नगरभित्रका नागरिकमा सिकल जाँच गर्ने उद्देश्यले पहिलोपटक दिवसको आयोजना गरेको हो । दिवसमा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधारमन्त्री धर्म बहादुर चौधरी, लुम्बिनी प्रदेशका पूर्वमन्त्री कृष्णा केसी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल, राजापुर नगरपालिकाका प्रमुख दिपेश थारु, उपप्रमुख मनकला कुमारी चौधरी उपस्थित थिए ।
सिकल सेल दिवसमा झण्डै १४ सयजना बिरामीको स्वास्थ्य परिक्षण गरी आवश्यक औषधी वितरण गरिनेछ । स्वास्थ्य परिक्षणका लागि विशेषज्ञ डा। विशेष पौडेल, डा। राजन पाण्डे उपस्थित छन् । दिवस एक सातासम्म जारी रहनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १०:२४
तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...
पौष १ गते, २०८२ - १०:२२
स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...
पौष १ गते, २०८२ - १०:१९
मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...
पौष १ गते, २०८२ - १०:१४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...
पौष १ गते, २०८२ - १०:०५
चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...
पौष १ गते, २०८२ - १०:०५
म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...
पौष १ गते, २०८२ - १०:०४
काठमाडौँ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...
पौष १ गते, २०८२ - ०९:५९
घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन
पौष १ गते, २०८२ - ०९:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...
पौष १ गते, २०८२ - ०९:४७
काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...




प्रतिकृया लेख्नुहोस्: