Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

सिकल सेल नियन्त्रणका लागि विशेष अस्पताल निर्माणको पहलकदमी लिने मन्त्री मोदीको प्रतिबद्धता

खबरडबली संवाददाता

बर्दिया । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले सिकल सेल एनिमियाको न्युनीकरण तथा नियन्त्रणका लागि विशेष अस्पताल निर्माणका लागि पहलकदमी लिने प्रतिबद्धता व्यक्त गरेका छन् । 

बर्दियाको राजापुर नगरपालिकाले आयोजना गरेको सिकल सेल दिवसलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् । 

“थारु समुदायमा विकराल रुप लिनेगरी देखिएको सिकल सेलको उपचारका लागि एउटा विशेष अस्पतालको आवश्यकता छ भन्ने महसुस मलाई पनि भएको छ” मन्त्री मोदीले भने, “सिकल सेलको न्युनीकरण र निर्मुलीकरणका लागि एउटा विशेष अस्पताल निर्माणका लागि पहलकदमी लिने प्रतिबद्धता व्यक्त गर्दछु ।”

सिकल सेलको नियन्त्रणका लागि सबै तहका सरकारले प्राथमिकताका साथ कार्यक्रमहरु अगाडि बढाउनुपर्ने मन्त्री मोदीको भनाई छ “संघीय सरकारले सिकल सेल एनिमियाका बिरामीको उपचारका लागि केन्द्रहरू तोकेर एक लाखसम्मको उपचार निःशुल्क गर्ने व्यवस्था मिलाएको छ” मन्त्री मोदीले भने, “सिकल सेल एनिमिया रोग थारू समुदायका लागि ठूलै जनस्वास्थ्य समस्या हो । यसको नियन्त्रणका लागि विशेष अस्पतालको व्यवस्था गर्न अनिवार्य बनेको छ, यसको निर्माणमा म लागि पर्ने उद्घोष गर्न चाहन्छु ।”  

मन्त्री मोदीले समुदायमा आधारित जाँच, नियमित उपचार, स्थानीयस्तरमा परीक्षण प्रयोगशाला र स्थानीय पाठ्यक्रम निर्माण र पठनपाठनजस्ता कार्य विस्तार गरेर सिकल सेल एनिमियाको बारेमा जनचेतना बढाउन आवश्यक रहेको समेत बताए ।

मन्त्री मोदीले सिकल सेलका सम्बन्धमा आफूले संयुक्त राष्ट्र संघमा समेत महत्वका साथ विषय राखेको स्मरण गराए । ०८० वैशाख ०६ गते मन्त्री मोदीले संयुक्त राष्ट्र सङ्घको मुख्यालय न्यूयोर्कमा आयोजना भएको आदिवासी मुद्दाहरूमा संयुक्त राष्ट्र स्थायी मञ्चको २२ औँ सत्रमा थारु समुदायमा भयावह रूपमा फैलिएको सिकल सेल एनिमियाको विषयमा विशेष प्राथमिकताका साथ आफ्नो भनाई राखेका थिए । 

सिकल सेल एनिमियाको विषय आफू थारु समुदायकै भएका कारणले पनि अन्तर्राष्ट्रिय समुदायमा पु¥याउनु आफ्नो दायित्व भएको बताउँदै मन्त्री मोदीले संयुक्त राष्ट्र संघमा भनेका थिए, “यो रोगको रोकथामका लागि नेपाल सरकारले निभाउनुपर्ने दायित्व निभाइरहेको छ, भविष्यमा यसको थप अनुसन्धानका सन्दर्भमा अन्तर्राष्ट्रिय साथ र सहयोग आवश्यक रहन्छ ।”

राजापुर नगरपालिकाले सिकल सेल एनिमियाको नियन्त्रणका लागि जनचेतना जगाउने र नगरभित्रका नागरिकमा सिकल जाँच गर्ने उद्देश्यले  पहिलोपटक दिवसको आयोजना गरेको हो । दिवसमा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधारमन्त्री धर्म बहादुर चौधरी, लुम्बिनी प्रदेशका पूर्वमन्त्री कृष्णा केसी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल, राजापुर नगरपालिकाका प्रमुख दिपेश थारु, उपप्रमुख मनकला कुमारी चौधरी उपस्थित थिए । 

सिकल सेल दिवसमा झण्डै १४ सयजना बिरामीको स्वास्थ्य परिक्षण गरी आवश्यक औषधी वितरण गरिनेछ । स्वास्थ्य परिक्षणका लागि विशेषज्ञ डा। विशेष पौडेल, डा। राजन पाण्डे उपस्थित छन् । दिवस एक सातासम्म जारी रहनेछ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आफू खेल्ने उमेरमा दुई बहिनीको अभिभावक बने ८ वर्षीय शेखर

सिरहा। अधिकांश बालबालिका खेल्दै, रमाउँदै बाल्यकाल बिताइरहेका हुन्छन्। तर सिरहाको गोलबजार नगरपालिका–९ डण्डाका ८ वर्षीय शेखर यादवको बाल्यकाल भने दुई सान...

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल भित्रिने, किसानलाई अभाव नहुने सरकारको दाबी

काठमाडौं। कृषि, वन तथा वातावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। धान रोपाइँ...

आजका लागि कालीमाटीले तोक्यो तरकारी तथा फलफूलको थोक मूल्य (सूचीसहित)

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज ठूलो नेप...

चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा

कैलाली । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मातहत सञ्चालित गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द भएको छ । अस्पतालमा ती ...

रुकुमपूर्वमा जिप दुर्घटना हुँदा ६ महिने शिशुसहित ५ जना घाइते

रुकुमपूर्व । सिस्ने गाउँपालिका–४ झाँक्रीपोलेस्थित रुकुमकोट-दादिङ भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा ६ महिनाका एक शिशुसहित ५ जना घाइते भएका छन् । र...

रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ बुधबार हुन लागेको छ । चितवनको भरतपुरमा भएको पहि...

देशभर वर्षाको क्रम जारी, पश्चिममा भारी वर्षाको सम्भावना, पूर्वी तराई अझै सुक्खा

काठमाडौं। मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा गएरातिदेखि वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित देशका धेरै क्षेत्रमा पानी परिरहेको भए पनि पश्चिम ...

बँदेल थाप्न श्रीमान्ले बिछ्याएको करेन्टको पासोमा परेर श्रीमतीको मृत्यु

बुटवल। गुल्मीमा जंगली बँदेलबाट बाली जोगाउन थापिएको विद्युतीय पासोमा परेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी वीरेन्द्र...

उपसभामुख रुवी ठाकुरको संसद सञ्चालन शैलीमाथि बहस, सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया

काठमाडौं। संघीय संसदको बैठक सञ्चालनका क्रममा उपसभामुख रुवीकुमारी ठाकुरको भूमिकालाई लिएर सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा बहस चुलिएको छ। बैठक सञ्चा...

आठ वर्षदेखि कागजमै सीमित गण्डकीका गौरव आयोजना, संघीय निर्णय नहुँदा औद्योगिक क्षेत्र निर्माण ठप्प

पुँडीटार र लोकाहाखोला औद्योगिक क्षेत्रका लागि डीपीआर तयार, तर जग्गा भोगाधिकार नपाउँदा निर्माण सुरु हुन सकेन

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending