काठमाडाैं । इक्वेडरको एक अस्पतालले मृत घोषणा गरेको पाँच घन्टामा बौरिएकी एक महिलाको उपचारका क्रममा सात दिनपछि मृत्यु भएको छ । पुनः अस्पताल भर्ना गरिएको सात दिनपछि उपचारका क्रममा अस्पतालमा नै ७६ वर्षीया बेला मोन्टोयाको मृत्यु भएको हो।
इक्वेडरको स्वास्थ्य मन्त्रालयले ‘हर्ट अट्याक’ (मुटुमा कम रगत प्रवाह) को कारण गएको शुक्रबार नै उनको मृत्यु भएको जनाएको छ । मन्त्रालयले विज्ञप्ति प्रकाशन गरेर अस्पतालमा उपचारका क्रममा उनलाई पूर्ण निगरानीमा राखिएको जनाएको छ।
स्थानीय पत्रिकालाई उधृत गर्दै बीबीसीले जनाएअनुसार उनका छोराले पनि आमाको मृत्यु भएको पुष्टि गरेका छन् । छोरा गिल्बर्ट बार्बेराले भनेका छन्, “यसपटक मेरो आमाको साँच्चिकै निधन भएको हो। मेरो जीवन अब उस्तै हुने छैन।”
उनको मृत्युपछि शवलाई जुन ९ मा पुर्याइएकै अत्येष्टि स्थलमा लगिएको छ, जहाँ शोकसभापछि अत्येष्टि भएको छ। यसअघि चिकित्सकले मृत घोषणा गरेपछि अन्त्येष्टिस्थलमा पुर्याएपछि उनले कफिन ढक्ढकाएपछि तुरुन्तै अस्पताल पुर्याइएको थियो।
बीबीसीका अनुसार मृत घोषणापछि बौरिएकी मोन्टोया पहिलो व्यक्ति होइनन्। गएको फ्रेब्रुअरीमा अमेरिकाको न्युयोर्कमा ८२ वर्षीया एक महिलालाई अत्येष्टि गरिने घरमा सुताइसकेपछि उनले सास फेर्दै गरेको पत्ता लागेको थियो। त्यसको तीन घन्टाअघि मात्र अस्पतालले उनलाई मृत घोषणा गरेको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १२:४३
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...
पौष ३ गते, २०८२ - १२:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...
पौष ३ गते, २०८२ - ११:५४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...
पौष ३ गते, २०८२ - ११:१५
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...
पौष ३ गते, २०८२ - ११:०४
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...
पौष ३ गते, २०८२ - १०:५४
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...




प्रतिकृया लेख्नुहोस्: