Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

पोखरा विमानस्थल चीनको लगानी भारतको कहानी

शैलेन्द्र घिमिरे

उद्घाटन समारोहमा बोल्ने लगभग सबै जसो चिनियाँ प्रतिनिधिले यो विमानस्थललाई विश्वका सर्वाधिक शक्तिशाली राष्ट्रपति सी को सपनाका रूपमा मात्र होइन चीनले सन २०१३मा अगाडी सारेको विआरआई अन्तरगतको एक परियोजनाका रूपमा अर्थ्याए ।

भारतले विआरआइलाई कुनै पनि अर्थमा स्वीकार गर्दैन । भारत ती परियोजनाको सफलताका लागी कुनै पनि हिसाबले वचनबद्ध छैन र हुँदैन ।

भारतीय पत्रिका दैनिक भास्करले प्रिन्ट र अनलाइन दुवै संस्करणमा लेखेको थियो । क्या पोखरा अन्तर्राष्ट्रिय हवाई अड्डा दुसरा हंवनटोटा होगा?

चिनियाँहरू असल साथी हुन तर मालिक होइनन् । भारत हाम्रो मित्र हो र हामी उसको विरुद्धमा छैनौ । यो भारत र चिन दुवैलाई विश्वास दिलाउने गरी भन्न नसक्नु नेपालको गम्भीर कमजोरी हो । हामीले भन्नु पर्नेछ हामी सम्प्रभुता सम्पन्न राष्ट्र हौ, हामी कुनै पनि सैन्य आवद्धत

अहिलेकै अनुपातमा आगमनको आँकडा बढ्ने हो भने आगामी पाँच वर्षमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले हवाई चाप थेग्न सक्दैन । त्यसको विकल्प पोखरा, भैरहवा र प्रस्तावित निजगढ विमानस्थल बन्नु पर्नेछ । पोखरा विमानस्थल काठमाडाैंको विकल्प होइन किनकि यो विमानस्थलमा ठुला जहाजहरूको उडान र अवतरण सम्भव छैन । यस कारण यो विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल भनिएको हो ।

पोखराको पर्यटनले असाधारण अपेक्षा गरेको यो विमानस्थलमा अपेक्षा गरिएका जहाजहरूको उडान अवतरण हुँदैन भन्ने कुरा पोखरेलीका लागी दुखको कुरा हो । सन २०२२ मा साढे पाँच लाख हाराहारीले आकाश मार्ग हुँदै पोखराको यात्रा गरेका छन् । यो आवत जावतको सङ्ख्या हो ।

अहिले बनेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता भने वार्षिक १० लाख रहेको छ । यसमा केही संरचना थप्दा त्यो सङ्ख्या अझै बढाउन सकिने प्रविधिकहरुको दाबी छ । विमानस्थलको एप्रोच वेमा रहेको डाँडाको उचाइ थप घटाउने र रन वेको लम्बाइ केही बढाउन सके यो विमानस्थलमा ठुला जहाजहरूको उडान र अवतरण गराउन सकिने समेत प्राविधिकको दाबी रहेकाे छ ।

यो विमानस्थल तयार हुने बित्तकै बुद्ध एअर,  हिमाल,  जजीरा, स्माइल कतार, थाइ र दुबई जस्ता क्षेत्रीय र अन्तर्राष्ट्रिय उडान गरी रहेका विमान सेवा प्रदायक संस्थाहरूले उडानका लागि चासो दिएका भए पनि पाँच महिनाको अन्तरालमा एउटा पनि उडान पोखराबाट हुन नसक्नु चिन्ताको विषय भएकाे छ  । यसको मुख्य कारण  भारत र चीनसँग एअर सर्भिस एग्रीमेन्ट नहुनु हो । विमानस्थल उद्घाटन भएकै दिन बुद्ध एअरले भारतका तिन वटा सहरमा उडानको तयारी गरे पनि भारतले अनुमति दिएको थिएन । यसका लागी नेपाल र भारतका विभिन्न बैठकमा यो सम्बन्धी कुरा उठ्ने गरे पनि भारतले यसमा चासो दिने गरेको छैन ।

भारतले अहिले सम्म नेपालबाट जाने र आउने विमानका लागी सिमराको विन्दु बाहेकबाट प्रवेश वा प्रस्थानको अनुमति समेत दिएको छैन । यसबाट नेपालको आकाशमा समेत एक प्रकारको भारतीय नियन्त्रण कायम रहेकाे छ । यसतर्फ सरकार जति नै गम्भीर भए पनि भारतलाई यसमा सहमत गराउन सकेको छैन । प्रधानमन्त्रीको भारत भ्रमणमा यो समस्या सल्टाउन सकेकाे भए पोखरा र नेपालकै पर्यटनका लागी दूरगामी महत्वको विषय बन्ने थियाे  । त्यसैगरी चीनसँग पनि  नयाँ गन्तव्यका लागी नेपाल सरकारले प्रधानमन्त्रीको आगामी चिन भ्रमणमा कुरा उठाउनु पर्ने देखीएकाे छ । 

त्यसो त मानिसहरू भन्छन्  पोखरा विमानस्थल बन्यो सकियो । जहाज आउँछन् र जान्छन् । तर कुरो त्यसो होइन।  पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमान स्थलका लागि चीनले हामीलाई करिब२८ अरब ऋण दिएको थियाे । यो ऋणको हामीले आगामी २० वर्ष भित्र साँवा र व्याज तिरी सक्नु पर्नेछ ।

चीनले दिने भनेको अनुदान कुल रकमको २५ प्रतिशतको व्याज हो । यसमा लाग्ने व्याज कति  हो भनेर नखुलाइएको भए पनि जानाकारहरुले यसको व्याज  एक दशमलव सात पाँच प्रतिशत देखि दुई प्रतिशत हुने बताउँछन् । यसमा नेपाल सरकारको तर्फबाट करिब दश अरब रुपैयाँ जग्गा अधिग्रहण लगायतका आधारभूत संरचना निर्माणमा लगानी भएको छ । यस हिसाबले हेर्दा यो विमानस्थलमा कुल लगानी लगभग चालिस अरब भन्दा माथि हुन जान्छ ।

विमानस्थल २०२३ को जनवरी एकका दिन उद्घाटन गरिएको हो । वर्षाैदेखिको सपनाका रूपमा रहेको यो विमानस्थलको उद्घाटन समारोह भव्य बनाउनको लागी कुनै कसर बाँकी राखिएको थिएन । त्यो दिन पोखरा महानगर पालीकामा सार्वजनिक बिदा समेत दिइएको थियो । मानिसहरू पोखराको सम्पन्नताको युग सुरु भएको भनेर खुसी समेत भएका थिए ।

उद्घाटन समारोहमा बोल्ने लगभग सबै जसो चिनियाँ प्रतिनिधिले यो विमानस्थललाई विश्वका सर्वाधिक शक्तिशाली राष्ट्रपति सी को सपनाका रूपमा मात्र होइन चीनले सन २०१३ मा अगाडी सारेको विआरआई अन्तरगतको एक परियोजनाका रूपमा अर्थ्याएका थिए । उनीहरूले  हामी बेल्ट एन्ड रोड इनिसिएटिभको एक सफल परियोजनाको आज उद्घाटन गर्दैछौं । बधाई हामीलाई पोखरालाई र सी जिन पीङलाई  भनेका थिए ।

चिनियाँहरूको यो भनाइले भारतलाई नराम्ररी झस्कायो । किनभने भारतले विआरआइलाई कुनै पनि अर्थमा स्वीकार गर्दैन । भारत ती  परियोजनाको सफलताका लागी कुनै पनि हिसाबले वचनबद्ध छैन र हुँदैन । यस अगाडी नै भारतले भनिसकेको छ कि नेपालमा रहेका कुनै पनि जलविद्युतमा चिनियाँ लगानी छ भने त्यसबाट उत्पादित बिजुली भारतले किन्ने छैन ।

यसको सोझो अर्थ हो पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ लगानीका रूपमा विआरआइको हिस्सा हो  भन्ने भारतीय बुझाई हो । पोखराबाट उडान हुन सक्ने अधिकांश गन्तव्यहरू चिन र भारत कै विभिन्न सहरहरू हुन् । जब सम्म भारतले पोखराको विमानस्थललाई विआरआइको हिस्सा होइन भन्न मान्दैन तब सम्म पोखराबाट भारतका विभिन्न सहरमा उडान सम्भव छैन ।

हाम्रो कमजोरी यही नेर भयो  हामीले भारतलाई यो विमानस्थल बनाउनका लागी सन् २००८ मा चीनसँग प्रस्ताव गरेको कुरा  बुझाउन सकेनौ । जबकि चीनले विआरआईलाइ सन २०१३ मा प्रस्ताव गरेको थियाे र हामीले विआरआईमा आबद्ध हुने निर्णय सन २०१७ मा गरेका थियाैं ।

यही कुरा  पुष्टि हुने गरी भारतीय संस्थापनसँग निकट मानिएको भारतीय पत्रिका  दैनिक भास्करले प्रिन्ट र अनलाइन दुवै संस्करणमा लेखेको थियो । क्या पोखरा अन्तर्राष्ट्रिय हवाई अड्डा दुसरा हंवनटोटा होगा? यहाँ हामीले बुझ्नु पर्ने कुरा के हो भने हंवनटोटा श्रीलङ्काली बन्दरगाह हो जसमा चिनिया सरकारले करोडौँ डलर ऋणका रूपमा  खर्चिएको छ ।

पछिल्लो समय श्रीलङ्काले सामना गरिरहेको वित्तीय सङ्कटका कारण उसले यो बन्दरगाह बनाउन लागेको ऋणको सावाँ र व्याज भुत्तान गर्न नसके पछि उसले यो बन्दरगाह सहित पन्ध्र हजार एकड जमिन लामो समयका लागी चीनलाई दिइएको छ । कुरो यति मै सीमित छैन ।

यो बन्दरगाहमा सन २०२२ को अगस्त ११ मा चिनियाँ वेलिष्टिक मिसाइल तथा उपग्रह निगरानी पोत पुगेको थियो । जबकि यो बन्दरगाह र भारतीय भूमिका बिचमा सय माइलको दुरी छ । सँगै १५ अगस्त भारतीय स्वतन्त्रता दिवसको दिन हो । चीनको यो कदमले भारतलाई क्रुद्ध बनाएको थियो ।

यदि यसो हो भने के नेपालको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल चिनिया वायुसेनाको एअर वेश बन्छ भन्ने भारतीय आशङ्का हो ? हामीले खण्डन गर्न नसकेकै कुरा यही हो । यसका बारेमा नेपाल सरकारले सुइँको पाएको हो कि होइन  र खण्डन गर्नुपर्ने भए सो किन नगरेको  भन्ने विषय चासोको विषय हो ।

पोखराले भन्न नसकेको विषय यही हो । चिनियाँहरू असल साथी हुन तर मालिक होइनन् । भारत हाम्रो मित्र हो र हामी उसको विरुद्धमा छैनौ । यो भारत र चिन दुवैलाई विश्वास दिलाउने गरी भन्न नसक्नु नेपालको गम्भीर कमजोरी हो । हामीले भन्नु पर्नेछ हामी सम्प्रभुता सम्पन्न राष्ट्र हौ, हामी कुनै पनि सैन्य आवद्धता, जासुसी र आक्रमणलाई समर्थन गर्दैनौ।

हामी भविष्यको जेनेभा र भारत र चीनको हकमा सम्बन्धको सेतु बन्न चाहन्छौं । हाम्रो विकास हाम्रो प्रयत्न हो । यो प्रयत्नमा हामी सबैलाई स्वगत गर्दछौँ तर सहयोग गरेकै भरमा यो उसको भयो होला भन्ने जो कसैको आशङ्कालाई हामी खारेज गर्दछौ ।

यो कसले भन्ने हो ? पोखरा स्तब्ध छ । पोखरा आफ्नो आकाशमा  तेस्रो मुलुकबाट आएका पाहुनाहरूको लस्कर देख्न चाहन्छ । पोखरा कोभिड र भूकम्पले थिलथिलिएको अर्थतन्त्र उकास्दै संसारलाई आतिथ्यता दिन आतुर छ । यसका लागी सरकारको ध्यान बेलैमा गएन भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल दुई छिमेकीको टकराबले एक भव्य गौचरन मात्र बन्ने छ । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरीको राजनीतिमा गच्छदारको कमब्याक : आठौँ पटक प्रतिस्पर्धामा

सुनसरी । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार आठौँ पटक संसदीय निर्वाचनमा प्रतिस्पर्धामा छन्। २०४८ सालदेखि निरन्तर सुनसरी जिल्लाको उही क्षेत्रबाट उ...

प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दा निर्वाचन अघि टुंगिन नसक्ने संकेत

काठमाडौँ । आउँदो फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति निश्चित भएसँगै प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दा सुनुवाइका लागि तयार नहुनसक्ने संकेत देखिए...

सिंहदरबार आगजनीमा संलग्न व्यक्तिलाई प्रहरीले पाँच महिनापछि पक्राउ

काठमाडौं । भदौ २४ – जेनजी आन्दोलनका क्रममा सिंहदरबारमा आगजनी गरेको आरोपमा प्रहरीले चितवनका महेन्द्र गौतमलाई पाँच महिनापछि पक्राउ गरेको छ। प्रहरी पर...

काठमाडौंमा सुनका गरगहनाका ठुला चोरीका आरोपी प्रेम थारु पक्राउ

काठमाडौँ । सामान्य लुगा लगाएर काठमाडौंका घर–घरमा हिँड्ने व्यक्ति पछिल्लो समय भएका ठुला चोरी घटनासँग जोडिएका थिए। तर वास्तविकता त्यति सामान्य थिएन। उनी...

जसपा, रामुपा र आजपा सक्रिय, उपत्यकामा नयाँ चुनावी चुनौती

काठमाडौँ । तराई–मधेस केन्द्रित दलहरूले योपटकको निर्वाचनमा पनि काठमाडौँ उपत्यकामा आफ्नो उपस्थिती देखाएका छन्। तीन जिल्ला समेटिएको उपत्यकामा १५ निर्वाचन...

रूपन्देही १ : उम्मेदवारी विवादमा श्री कुँवर रास्वपा छाडे

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रूपन्देही क्षेत्र नम्बर १ का लागि प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका श्री कुँवरले पार्टीले आफू...

टी–२० विश्वकप : चार टेस्ट राष्ट्र रहेको ‘समूह बी’मा रोमाञ्चक प्रतिस्पर्धाको सम्भावना

काठमाडौं । आइसीसी टी–२० विश्वकप २०२६ मा २० राष्ट्र सहभागी हुँदैछन्। प्रतियोगिताअन्तर्गत प्रत्येक ५ टोलीलाई एक–एक समूहमा विभाजन गरिएको छ। तीमध्ये ‘समूह...

सल्यानमा नयाँ अनुहारको भिडन्त : परम्परा तोड्ने कि इतिहास दोहोरिने?

सल्यान । कर्णाली प्रदेशअन्तर्गत पर्ने सल्यान जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र यसपटक विशेष चर्चामा छ। कारण एउटै—यस निर्वाचनमा प्रतिस्पर्धा गर्ने ...

तोकिएकै मितिमा एकै चरणमा निर्वाचन हुन्छ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा एकै चरणमा निर्वाचन हुने भन्दै ढुक्क हुन सबैमा आग्रह गरेकी छिन्। बिहीबार जनक शिक्षा सामग्री ...

माघ २८ बाट कोटेश्वर भाटभटेनी पुनः सञ्चालनमा

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा आगजनीबाट क्षति पुगेको कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोर माघ २८ गतेदेखि पुनः सञ्चालनमा आउने भएको छ। स्टोर पुनः सञ्चाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE