Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

छिटो सुत्ने र ढिलो उठ्ने कुरा अल्पायुमा मृत्यु हुने सम्भावनासँग असम्वद्ध : अध्ययन

खबरडबली संवाददाता

पेरिस । लामो रातसम्म रक्सी र धुम्रपान लागि प्रयोग नगरी बिहान अबेर गरी उठ्ने व्यक्तिको बाहेक ढिलो सुत्ने र ढिलो उठ्ने व्यक्तिको छिटो सुत्ने र छिटो उठ्ने व्यक्तिको भन्दा कम उमेरमै मृत्यु हुने सम्भावना नरहेको शुक्रबार सार्वजनिक ३७ वर्ष लामो एक अध्ययन रिपोर्टले देखाएको छ ।  

यसअघिका अनुसन्धानले राति अबेरसम्म जागा रहने र बिहान ओछ्यानबाट बाहिर निस्कन कठिन गर्ने व्यक्तिलाई विभिन्न प्रकारका स्वास्थ्य समस्या हुने सम्भावना बढी रहने देखाएका थिए । 

सन् २०१८ मा बेलायतमा गरिएको एउटा अध्ययनले ६।५ वर्षको अवधिमा बिहानीपखको तुलनामा साँझमा मर्ने जोखिम १० प्रतिशत बढी हुने देखाएको थियो । यसको अथर्, निदाएको समयमा मृत्यु हुने जोखिम अत्यधिक हुने गर्छ । 

यो चिन्ताजनक समाचार भए तापनि उक्त अनुसन्धानले ती मृत्युका पछाडि रक्सीको सेवन जस्ता कारकहरूलाई ध्यानमा राखेको पाइने गरेको थिएन । त्यसैले, फिनल्याण्डका अनुसन्धाताहरूले क्रोनोबायोलोजी इन्टरनेसनल नामक जर्नलमा प्रकाशित एक अध्ययनमा यसबारे थप खोजी गरेका थिए ।

सन् १९८१ मा फिनल्याण्डमा २४ हजार उही लिङ्गका जुम्ल्याहा बच्चामा यो अध्ययन गरिएको थियो । उनीहरूलाई उनीहरू बिहान वा साँझमा निदाउँछन् भनेर पहिचान गर्न सोधिएको थियो ।

अध्ययनमा सहभागीमध्ये एक तिहाईले उनीहरू केही हदसम्म साँझमा निदाउने गरेकोजस्तो लागेको बताएका थिए अर्थात् १० प्रतिशतले उनीहरू निश्चित रूपमा साँझमा नै निदाउने गरेको बताएका थिए । बाँकी सबैले बिहानको निद्रा प्यारो लाग्ने बताएका थिए । 

रात्रिकालीन समयमा सक्रिय हुने उनीहरूले आफुलाई बँैसालु उमेरको भन्न रूचाएका धेरैले बढी रक्सी पिउने र चुरोट पिउने गर्थे ।

सन् २०१८ मा अनुसन्धानकर्ताहरूले अध्ययन गर्दा २४ हजारमध्ये आठ हजार ७०० भन्दा बढी जुम्ल्याहा बच्चाको मृत्यु भइसकेको थियो ।

यो ३७ वर्षको अवधिमा अनुसन्धानकर्ताहरूले रातिमा सक्रिय हुने व्यक्तिहरूमा सबै कारणबाट मृत्युको जोखिम नौ प्रतिशत बढी हुने देखाएको थियो । यो सन् २०१८ को अध्ययनको समान दर हो ।

तर यो भिन्नता ‘मुख्यतया धूम्रपान र रक्सीको कारण’ रहेको अध्ययनमा उल्लेख गरिएको छ ।

धुम्रपान नगर्ने तर हल्का रक्सी पिउने रातिमा सक्रिय हुने व्यक्तिहरू बिहान ढिलोसम्म सुत्ने मानिसहरूको तुलनामा पहिले मर्ने सम्भावना बढी नहुने उक्त अनुसन्धानले देखाएको छ ।
 
अध्ययनका प्रमुख लेखक फिनिश इन्स्टिच्युट अफ अकुपेशनल हेल्थका क्रिस्टर हब्लिनले एएफपीसँग भन्नुभयो, “रातिमा सक्रिय रहने र धुम्रपान तथा मध्यपान नगर्ने व्यक्तिले अकालमै मृत्युको जोखिम कम गर्न चाहेमा कम गर्न सक्छ भन्ने नतिजाले देखाएको छ ।

उहाँले भन्नुभयो, “साँझपख मानिसहरूले आफूले प्रयोग गरिरहेको रक्सी र सुर्तीको मात्राबारे गम्भीरतापूर्वक सोच्नुपर्छ ।

हब्लिनका अनुसार अन्य कारकहरूभन्दा पनि क्रोनोटाइप ९मानिसहरूको छिटो सुत्ने समय०ले उनीहरूको मृत्युदरमा ‘थोरै वा कुनै’ पनि योगदान छैन ।

क्याम्ब्रिज युनिभर्सिटीका क्रोनोटाइप अनुसन्धानकर्ता जीवन फर्नान्डोले एएफपीसँग भन्नुभयो, “यो अनुसन्धान सही भए पनि अनुसन्धानका केही सीमितता छन् ।

उहाँले भन्नुभयो, “सहभागीहरूले बिहान वा साँझमा मात्र सक्रिय मानिसहरूको रूपमा मात्र आत्म–पहिचान गर्नु ‘असन्तोषजनक’ थियो किनभने यसमा कुनै पनि वस्तुगत जानकारी समावेश गरिएको थिएन।” 

अध्ययनमा रक्सी र सुर्तीजन्य पदार्थबाहेक अन्य लागूपदार्थलाई पनि समावेश गरिएको छैन । उहाँले भन्नुभयो, “ विशेष गरी कोकिनलाई छिटो सुत्नेदेखि ढिलो उठ्ने व्यक्तिहरूसँग जोडिएको र उनीहरूको परिवर्तनका बारेमा उल्लेख गरिएको थियो । 

फर्नान्डोले यसअघि रातको समयमा ढिलो गरी सुत्ने व्यक्तिको मानसिक स्वास्थ्य खराब हुने र विशेषगरी चिन्ता हुने र लागूपदार्थको प्रयोगले समस्यालाई अझ चर्काउन सक्ने अनुसन्धानको नेतृत्व गर्नुभएको थियो । 
(((

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: