काठमाडौ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको आगामी वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटमा युवा स्वरोजगार एवं उद्यमशीलताको कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताएको छन् ।
राष्ट्रिय युवा परिषद्ले सेन्ट जेभियर कलेजको सहकार्यमा आयोजना गरेको नमुना संयुक्त राष्ट्रसङ्घ, २०२३ कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले नेपाल कृषि, जलस्रोत, ऊर्जा, जडीबुटी, पर्यटनलगायतमा सम्भावनाको देश भएकाले यीमार्फत स्वरोजगार र उद्यमशीलतामा जोड दिइने उल्लेख गरे। वर्तमानको आधारस्तम्भका रुपमा रहेका युवा ६० लाखभन्दा बढीको सङ्ख्यामा रोजगारीका लागि विदेशिएकाले स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न लागिएको उनको भनाइ छ । हरेक क्षेत्रमा युवा परिचालन गरेर काम गर्न सकिने उपप्रधानमन्त्री श्रेष्ठले बताए।
“हरेक क्षेत्रमा सम्भावना भएर पनि नेपाललाई विकसित किन बनाउन सकिएन भनी युवाले सोच्नु पर्नेछ, समस्या राजनीतिमा छ, राजनीतिलाई सफा गर्ने काम हाम्रो हो, युवाले राजनीतिबाट भागेर समस्या समाधान हुँदैन, समस्या समाधानका लागि युवा राजनीतिमा लाग्नुपर्छ, युवाले देशमै बस्ने सङ्कल्प गर्नुपर्छ, राजनीतिमा सहभागिता जनाउनुपर्छ, राजनीतिक नेतृत्वले समृद्धिका लागि काम गर्नमा कमजोरी गरेको छ, यसमा युवाको सक्रियता आवश्यक छ”, उनले भने ।
‘पढ्दै कमाउँदै र कमाउँदै पढ्दै’ कार्यक्रम पनि सरकारले युवालाई नै लक्षित गरेर आगामी वर्षमा सञ्चालन गर्न लागेको उपप्रधानमन्त्री श्रेष्ठले जानकारी दिए। नेपालका मौलिक संस्कृतिलाई रक्षा गर्दै यसमा विज्ञान र प्रविधिलाई पनि जोडेर युवा वर्ग अघि बढ्नुपर्नेमा उनले जोड दिए। जीवनको मूल्य स्थापित गर्ने गरी अध्ययन अघि बढाउन, शारीरिक श्रमलाई निरन्तरता दिन र नियमितरुपमा ध्यान गर्न उपप्रधानमन्त्री श्रेष्ठले युवा वर्गलाई आह्वान गरे।
कार्यक्रममा नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि हाना सिङर हाम्डे, विश्व वन्यजन्तु कोषका नेपाल प्रतिनिधि डा घनश्याम गुरुङलगायतले युवा वर्गलाई रचनात्मक काममा लगाउन यस्ता कार्यक्रमले सहयोग गर्ने उल्लेख गरे ।
विसं २०७८ को जनगणनाअनुसार नेपालमा ४२ दशमलव ५६ प्रतिशत १६ देखि ४० वर्ष उमेरको जनसङ्ख्या रहेको छ । यो समूहबाट छनोट गरी ल्याइएका युवाले चार दिनसम्म दिगो विकास लक्ष्यलगायत समसामयिक विषयमा संवाद, छलफल र साक्षात्कार कार्यक्रम गरिने बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १६:५४
काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...
पौष २ गते, २०८२ - १६:४२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्। संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...
पौष २ गते, २०८२ - १६:२७
काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आ...
पौष २ गते, २०८२ - १६:०६
झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ । ...
पौष २ गते, २०८२ - १५:४४
काठमाडौं । जेन–जेड आन्दोलनसम्बन्धी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले आगामी सातादेखि राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। ...
पौष २ गते, २०८२ - १५:३५
ललितपुर। प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएको छिन् । आज ललितपुर महानग...
पौष २ गते, २०८२ - १५:२०
जनकपुरधाम। मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिने भएको छन् । नेपालको संविधानको धारा १६८ को...
पौष २ गते, २०८२ - १५:१३
कञ्चनपुर। कञ्चनपुरका उद्योगी व्यवसायीहरूले उद्योगहरूको डिमान्ड शुल्क घटाउनुपर्ने लगायतका माग राख्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यात...
पौष २ गते, २०८२ - १४:५९
काठमाडौँ । नेकपा(एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत भइरहेको निर्वाचनमा ५५५ मत खसेको छ। राजधानीको भृकुटीमण्डपमा जारी निर्वाचन प्रक्रियामा दिउँसो २स्३० ...
पौष २ गते, २०८२ - १४:५१
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको सार्वजनिक वित्त व्यवस्थापन सुदृढ गर्न १० करोड अमेरिकी डलर ९करिब १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ० बराबर...




प्रतिकृया लेख्नुहोस्: