Khabar Dabali २६ जेष्ठ २०८३ मंगलवार | 9th June, 2026 Tue
Investment bank

सर्लाहीमा दाइजो नल्याएको भन्दै दुई महिलाको हत्या

खबरडबली संवाददाता
सर्लाही । दाइजोलाई लिएर यहाँका दुई छुट्टाछुट्टै घटनामा दुई महिलाको हत्या भएको छ । सर्लाही हरिपुर नगरपालिका वडा नं ३ स्थित फरहदवा र वडा नं ६ स्थित लक्ष्मीपुरमा दुई महिलाको हत्या भएको हो ।
 
वडा नं ३ स्थित फरहदवाका अब्दुल साह फकिरले अन्दाजी २३ वर्षीया श्रीमती ईदा खातुनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
 
सुवेदीका अनुसार अब्दुलले श्रीमतीलाई माइतबाट रु एक लाख नल्याएको भन्दै पटक(पटक मानसिक तथा शारीरिक यातना दिने गरेका थिए । यातनापछि ईदा माइत गएको तर छलफलपछि केही समय अगाडि उनी घर फर्केको स्थानीय इन्दी मन्सुरले बताए ।
 
्ईदा बुबा मन्सुर साह फकिरले अब्दुल र उनका परिवारले ईदालाई पटक(पटक शारीरिक र मानसिक यातना दिने गरेको आरोप लगाए । “इदाका पाँच वर्षे छोरा कमलेनले भनेपछि मात्रै हत्या भएको थाहा भयो, शव हेर्न जाँदा ईदाको शरीरभरि माटो लागेको र मुखमा कपडा कोचिएको थियो”, बुबा साहले भने। कुटपिटपछि मृत्यु भएकी ईदालाई झुण्ड्याइएको थियो ।
 
घटनामा सङ्लग्न भएको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । ईदाको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल सर्लाहीमा राखिएको प्रहरीको भनाइ छ ।
 
साथै वडा नं  ६ स्थित लक्ष्मीपुरमा जल्दै गरेको अवस्थामा एकजनाको शव प्रहरीले नियन्त्रणमा लिएको छ । सोही स्थानमा बस्ने अन्दाजी ४५ वर्षिय इन्द्रकलादेवी साहलाई श्रीमान राजाराम साहले कुटपिट गरी घाइते बनाएपछि मृत्यु भएको प्रहरीको भनाइ छ । दाइजोको विषयमा विवाद हुँदा श्रीमानको कुटपिटबाट घाइते भएकी इन्द्रकलालाई उपचार नगरी घरमै राखिएको र केही समयपछि मृत्यु भएको थियो ।
 
इन्द्रकलादेवीको शवलाई लखन्देही नदीमा दाहसंस्कार गर्न लागिएको खबर पाएपछि शवलाई जल्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपेन्द्र पञ्जियारले जानकारी दिए ।
 
“लालबन्दी र हरिवनको सिमानामा रहेको लखन्देही नदीमा जल्दै गरेको चिताबाट शवलाई नियन्त्रणमा लिई आधा जलेको शरीर बरामद गरी पोस्टमोर्टमका लागि प्रादेशिक अस्पताल सर्लाही पठाइएको छ”, पञ्जियारले भन्नुभयो । इन्द्रकलादेवीका श्रीमान राजाराम घटना भएकै दिनदेखि फरार  छन् । शवलाई कानुनी प्रक्रिया पूरा नगरी जलाउन सहयोग गर्ने छ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक बुधबारसम्म स्थगित

काठमाडौँ । प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ। लगातार विपक्षी दलहरूले अवरोध कायमै राखेपछि सभामुख डीपी अर्याल ले बैठक बुधबार बिहान ...

संसदमा मौनधारण विषयलाई लिएर सभामुखको आपत्ति

काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सहिदहरूको सम्झनामा ५ मिनेट मौनधारण गरिएको विषयलाई लिएर सभामुखले आपत्ति जनाएका छन्। नेपाली कांग्रेसका सचे...

प्रधानमन्त्रीको अभिव्यक्तिमा स्पष्टीकरण माग्दै आजपनि विपक्षीको विरोध

काठमाडौं । प्रतिनिधिसभा बैठक आज पनि विपक्षी दलहरूको विरोधका कारण प्रभावित भएको छ। बैठक सुरु हुनेबित्तिकै विपक्षी सांसदहरूले उठेर विरोध जनाएका हुन्। ...

नभएका प्रमाणहरू सिर्जना गरेर नेपाललाई सीमा अतिक्रमणकारी देशको रूपमा प्रस्तुत गर्न खोजियो: निश्कल राई

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन शाहको हालैको संसदमा दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएका छन्। उनले प्रधानमन्...

विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै महावीर पुन

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा प्रतिनिधिसभासदस्य महावीर पुनलाई सिफारिस गरेका छन् । आजै दिउँसो राष्ट्रप...

विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै महावीर पुन

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा प्रतिनिधिसभासदस्य महावीर पुनलाई सिफारिस गरेका छन् । आजै दिउँसो राष्ट्रप...

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी । म्याग्दीमा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । कालीगण्डकी गर्ज हाइड्रोपावर प्राली प्रवर्द्धक रहेको...

मन्त्रिपरिषद्का चार निर्णय: जलविद्युत् आयोजनालाई वन प्रयोग स्वीकृति

काठमाडौँ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले ऊर्जा, प्रशासन, सामाजिक संस्था व्यवस्थापन र छानबिन प्रतिवेदनसम्बन्धी चार प्रमुख निर्णय गरेको छ। बैठ...

देशभर भूमि समस्या समाधान समिति गठन, ७७ जिल्लामा परिपत्र

काठमाडौं । सरकारले देशभरका ७७ वटै जिल्लामा भूमि समस्या समाधान समिति गठन गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा स...

पुन: गृहमन्त्रीमा नियुक्त भए सुधन गुरुङ, आजै शपथ ग्रहण

काठमाडौँ, सांसद सुधन गुरुङ पुन: गृहमन्त्रीमा नियुक्त भएका छन्। उनको पद तथा गोपनीयताको शपथ ग्रहण आज दिउँसो ३ बजे राष्ट्रपति भवन शीतल निवास मा हुने त...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending