काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज हुने मतदानको सम्पूर्ण तयारी पूरा भएको छ। मंगलबार साँझका लागि तय गरिएको मतदान प्राविधिक कारण देखाउँदै आज बिहानका लागि सारिएको थियो।
बिहान ८ बजेदेखि मतदान सुरु हुने जानकारी पाएपछि महाधिवेशन प्रतिनिधिहरू मतदानस्थलमा लाइनमा बसेका छन्। मतदान विद्युतीय मेसिनमार्फत गरिनेछ।
प्राविधिक लक्ष्मण रिमालका अनुसार मतदानका लागि आवश्यक सबै विद्युतीय मेसिन तयारी अवस्थामा छन्। “अब कुनै प्राविधिक समस्या छैन। हाम्रोतर्फबाट काम सकिएको छ। निर्वाचन आयोगको निर्देशन आएपछि मतदान सुरु हुन्छ,” उनले भने।
मतदानका लागि ८० वटा विद्युतीय मेसिन प्रयोग गरिँदैछ। रामलक्ष्मण इनोभेसन प्रालिले तयार पारेको मेसिनमार्फत कुल २ हजार २६३ प्रतिनिधिले मतदान गर्नेछन्।
नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल समूह प्यानलसहित प्रतिस्पर्धामा छन्। दुवै प्यानल बाहिर रहेकाहरूले स्वतन्त्र उम्मेदवारी पनि दिएका छन्।
मतदानको तयारी भइरहँदा नेताहरू मतदानस्थलमा पुगेर प्रतिनिधिसँग भोट मागिरहेका छन् भने प्रतिनिधिहरूले पनि आफूले समर्थन गरेका उम्मेदवारको प्रचार गरिरहेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ७ गते, २०८२ - २१:३२
काठमाडौं। श्रीलंकाले अमेरिकी सैन्य आग्रह अस्वीकार गर्दै आफ्नो भूमिमा युद्धविमान अवतरण गर्न नदिएपछि राष्ट्रपति अनुरा कुमारा दिशानायके अन्तर्राष्ट्रिय च...
चैत्र ७ गते, २०८२ - २१:०७
बागलुङ । भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको उद्धार गरिएको छ । बागलुङ र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा शुक्रबार रातिदेख...
चैत्र ७ गते, २०८२ - २१:०५
कैलाली । कैलालीमा शनिबार साँझ यात्रुवाहक बस दुर्घटनामा परेको छ । काठमाडौँबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख १३०१ नम्बरको बस घोड...
चैत्र ७ गते, २०८२ - १९:५८
गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा सडकबाट लडेर एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो करिब २ बजे सदरमुकाम तम्घासदेखि गौशालातर्फ जाने क्र...
चैत्र ७ गते, २०८२ - १९:५६
मुस्ताङ । शुक्रबारदेखि परेको हिमपातका कारण असामान्य बनेको मुस्ताङको जनजीवन शनिबार हिमपात रोकिएसँगै पुनः सामान्य बन्दै गएको छ । हिमपात लगत्तै उपल्...
चैत्र ७ गते, २०८२ - १९:५५
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-३ ढोडेस्थित भित्री सडकखण्डमा पिकअप दुर्घटना हुँदा चालकसहित ४ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब २ बजे गुर्धु...
चैत्र ७ गते, २०८२ - १९:०१
काठमाडौं। २२ दलको एकताबाट निर्वाचनमा सहभागी भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रतिनिधि सभाको चुनावमा अपेक्षित परिणाम ल्याउन असफल भएको छ। पहिलो शक्...
चैत्र ७ गते, २०८२ - १८:५६
काठमाडौं । एम्बुलेन्समा चिनियाँ चुरोटको तस्करी गरेको आरोपमा रसुवा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रसुवाको आमाछोदिङमो गाउँपालिका-...
चैत्र ७ गते, २०८२ - १८:५३
नेपालको कम्युनिस्ट आन्दोलनले भिन्न कालखण्डमा उल्लेख्य उपलब्धि हासिल गरेको इतिहास छ। २०७४ सालको प्रतिनिधिसभा निर्वाचन त्यसको उत्कर्ष थियो। नेपाल कम्युन...
चैत्र ७ गते, २०८२ - १८:४१
काठमाडौं। शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा सुधार भएको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् विभूति पोखरेलले मौसममा र...


प्रतिकृया लेख्नुहोस्: