काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज हुने मतदानको सम्पूर्ण तयारी पूरा भएको छ। मंगलबार साँझका लागि तय गरिएको मतदान प्राविधिक कारण देखाउँदै आज बिहानका लागि सारिएको थियो।
बिहान ८ बजेदेखि मतदान सुरु हुने जानकारी पाएपछि महाधिवेशन प्रतिनिधिहरू मतदानस्थलमा लाइनमा बसेका छन्। मतदान विद्युतीय मेसिनमार्फत गरिनेछ।
प्राविधिक लक्ष्मण रिमालका अनुसार मतदानका लागि आवश्यक सबै विद्युतीय मेसिन तयारी अवस्थामा छन्। “अब कुनै प्राविधिक समस्या छैन। हाम्रोतर्फबाट काम सकिएको छ। निर्वाचन आयोगको निर्देशन आएपछि मतदान सुरु हुन्छ,” उनले भने।
मतदानका लागि ८० वटा विद्युतीय मेसिन प्रयोग गरिँदैछ। रामलक्ष्मण इनोभेसन प्रालिले तयार पारेको मेसिनमार्फत कुल २ हजार २६३ प्रतिनिधिले मतदान गर्नेछन्।
नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल समूह प्यानलसहित प्रतिस्पर्धामा छन्। दुवै प्यानल बाहिर रहेकाहरूले स्वतन्त्र उम्मेदवारी पनि दिएका छन्।
मतदानको तयारी भइरहँदा नेताहरू मतदानस्थलमा पुगेर प्रतिनिधिसँग भोट मागिरहेका छन् भने प्रतिनिधिहरूले पनि आफूले समर्थन गरेका उम्मेदवारको प्रचार गरिरहेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १८ गते, २०८२ - १८:३४
भक्तपुर । नेपाली कम्युनिस्ट पार्टीले मध्यपुर थिमि नगरपालिका–नगदेशको न्याचामा चुनावी सम्पर्क कार्यालय स्थापना गरेको छ। शहीद दिवसको अवसर पारेर शुक्रबार ...
माघ १८ गते, २०८२ - १८:३०
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि पर्वतबाट उम्मेदवार बनेका मनहरि तिमिल्सिनाले जिल्लाको समग्र विकास लक्षित २३ बुँदे प्रतिबद्धतासहित आफ्नो ‘...
माघ १८ गते, २०८२ - १८:२२
काठमाडौं । नेकपाका नेता जगन्नाथ खतिवडाले एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यवहारले नेपालको वाम आन्दोलन बदनाम भएको आरोप लगाएका छन्। निर्वाचन विशेष भे...
माघ १८ गते, २०८२ - १८:१४
काठमाडौँ । २०४६ सालको जनआन्दोलनपछि बहुदलीय प्रजातन्त्र पुनर्स्थापना भयो। त्यसपछि २०४८ वैशाख २९ गते भएको आम निर्वाचनमा नेपाली कांग्रेसले ११० सिटसहित बह...
माघ १८ गते, २०८२ - १८:०९
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्ट विचार, संगठित आधार र जनतासँग प्रत्यक्ष सम्बन्ध नभएका राजनीतिक शक्तिहरूले देशको विकास गर्न नसक्ने बताए...
माघ १८ गते, २०८२ - १०:५०
काठमाडौँ । काठमाडौँ–३ भूगोलका हिसाबले सानो भए पनि राजनीतिक रूपमा निकै संवेदनशील निर्वाचन क्षेत्र हो। उपत्यकाको आधा खानेपानी धान्ने क्षमता भएका सुन्दरी...
माघ १८ गते, २०८२ - ०९:०१
काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीबाट दोलखामा प्रत्यक्ष उम्मेदवार बनेका विशाल खड्का यतिबेला सक्रिय चुनावी दौडधुपम...
माघ १८ गते, २०८२ - ०८:५५
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रु...
माघ १८ गते, २०८२ - ०८:५३
काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले चुनावी माहोल तात्दै जाँदा दलहरूका दाबी सुन्दा सबैले जितिसकेको र एकल सरकारसमेत बनाइसकेको जस्तो देखिएको भ...
माघ १८ गते, २०८२ - ०८:५१
काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्र...



प्रतिकृया लेख्नुहोस्: