काठमाडौँ । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा अत्यधिक झण्डा प्रयोग नहोस् भन्ने उद्देश्यसहित नयाँ व्यवस्था प्रस्ताव गरेको छ। आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तयार पारिएको प्रस्तावित आचारसंहितामा झण्डा प्रयोगसम्बन्धी कडाइ गरिएको हो।
आयोगका अनुसार राजनीतिक दलले आयोजना गर्ने आमसभा, जुलुस, कोणसभा वा घरदैलो कार्यक्रममा अधिकतम १० वटा मात्रै झण्डा प्रयोग गर्न पाउनेछन्। आवश्यकताभन्दा बढी झण्डा प्रयोग भई दुरुपयोग नहोस् भन्ने आयोगको मनसाय रहेको छ।
प्रस्तावित आचारसंहितामा दल वा उम्मेदवारको कार्यालयमा तीन×चार फिटको झण्डा र सोही नापको चुनाव चिन्ह राख्न पाइने उल्लेख छ। तर प्रचारप्रसारका लागि डिजिटल बोर्ड, फ्लेक्स, ग्लुसाइन बोर्ड, श्रव्य तथा श्रव्यदृश्य सामग्री प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ।
यस्तै, दल वा उम्मेदवारको नाम र चिन्ह भएको एउटामात्रै तुल वा फ्लेक्स राख्न पाइनेछ। घरदैलो अभियानमा उम्मेदवार, प्रस्तावक र समर्थकसहित २५ जनाभन्दा बढीको जुलुस निकाल्न नपाइने तथा बाजागाजा र झाँकीसहित प्रचार गर्न निषेध गरिने प्रस्ताव छ।
अनलाइन, वेबपेज, टिभी, स्क्रोलिङ, सपिङ मल, कल सेन्टर, बैंकका एटिएम, सडक नाटकलगायत माध्यमबाट प्रचार गर्न नपाइने व्यवस्था गरिएको छ। यद्यपि, राजनीतिक दल वा उम्मेदवारले एउटा निजी तथा आधिकारिक वेबपेजमा मात्रै प्रचार सामग्री राख्न सक्नेछन्।
दलको झण्डा वा चुनाव चिन्हको तोरण सार्वजनिक रूपमा प्रदर्शन गर्न, भित्तेलेखन गर्न तथा विभिन्न सवारी साधन प्रयोग गरी र्याली वा प्रचार गर्न पनि निषेध गरिने प्रस्ताव गरिएको छ।
आयोगले यी व्यवस्थाले निर्वाचनलाई स्वच्छ, शान्त र मर्यादित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।चुनावी प्रचारमा झण्डा प्रयोग सीमित गर्ने निर्वाचन आयोगको प्रस्ताव
काठमाडौँ — निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा अत्यधिक झण्डा प्रयोग नहोस् भन्ने उद्देश्यसहित नयाँ व्यवस्था प्रस्ताव गरेको छ। आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तयार पारिएको प्रस्तावित आचारसंहितामा झण्डा प्रयोगसम्बन्धी कडाइ गरिएको हो।
आयोगका अनुसार राजनीतिक दलले आयोजना गर्ने आमसभा, जुलुस, कोणसभा वा घरदैलो कार्यक्रममा अधिकतम १० वटा मात्रै झण्डा प्रयोग गर्न पाउनेछन्। आवश्यकताभन्दा बढी झण्डा प्रयोग भई दुरुपयोग नहोस् भन्ने आयोगको मनसाय रहेको छ।
प्रस्तावित आचारसंहितामा दल वा उम्मेदवारको कार्यालयमा तीन×चार फिटको झण्डा र सोही नापको चुनाव चिन्ह राख्न पाइने उल्लेख छ। तर प्रचारप्रसारका लागि डिजिटल बोर्ड, फ्लेक्स, ग्लुसाइन बोर्ड, श्रव्य तथा श्रव्यदृश्य सामग्री प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ।
यस्तै, दल वा उम्मेदवारको नाम र चिन्ह भएको एउटामात्रै तुल वा फ्लेक्स राख्न पाइनेछ। घरदैलो अभियानमा उम्मेदवार, प्रस्तावक र समर्थकसहित २५ जनाभन्दा बढीको जुलुस निकाल्न नपाइने तथा बाजागाजा र झाँकीसहित प्रचार गर्न निषेध गरिने प्रस्ताव छ।
अनलाइन, वेबपेज, टिभी, स्क्रोलिङ, सपिङ मल, कल सेन्टर, बैंकका एटिएम, सडक नाटकलगायत माध्यमबाट प्रचार गर्न नपाइने व्यवस्था गरिएको छ। यद्यपि, राजनीतिक दल वा उम्मेदवारले एउटा निजी तथा आधिकारिक वेबपेजमा मात्रै प्रचार सामग्री राख्न सक्नेछन्।
दलको झण्डा वा चुनाव चिन्हको तोरण सार्वजनिक रूपमा प्रदर्शन गर्न, भित्तेलेखन गर्न तथा विभिन्न सवारी साधन प्रयोग गरी र्याली वा प्रचार गर्न पनि निषेध गरिने प्रस्ताव गरिएको छ।
आयोगले यी व्यवस्थाले निर्वाचनलाई स्वच्छ, शान्त र मर्यादित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ७ गते, २०८२ - २१:३२
काठमाडौं। श्रीलंकाले अमेरिकी सैन्य आग्रह अस्वीकार गर्दै आफ्नो भूमिमा युद्धविमान अवतरण गर्न नदिएपछि राष्ट्रपति अनुरा कुमारा दिशानायके अन्तर्राष्ट्रिय च...
चैत्र ७ गते, २०८२ - २१:०७
बागलुङ । भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको उद्धार गरिएको छ । बागलुङ र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा शुक्रबार रातिदेख...
चैत्र ७ गते, २०८२ - २१:०५
कैलाली । कैलालीमा शनिबार साँझ यात्रुवाहक बस दुर्घटनामा परेको छ । काठमाडौँबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख १३०१ नम्बरको बस घोड...
चैत्र ७ गते, २०८२ - १९:५८
गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा सडकबाट लडेर एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो करिब २ बजे सदरमुकाम तम्घासदेखि गौशालातर्फ जाने क्र...
चैत्र ७ गते, २०८२ - १९:५६
मुस्ताङ । शुक्रबारदेखि परेको हिमपातका कारण असामान्य बनेको मुस्ताङको जनजीवन शनिबार हिमपात रोकिएसँगै पुनः सामान्य बन्दै गएको छ । हिमपात लगत्तै उपल्...
चैत्र ७ गते, २०८२ - १९:५५
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-३ ढोडेस्थित भित्री सडकखण्डमा पिकअप दुर्घटना हुँदा चालकसहित ४ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब २ बजे गुर्धु...
चैत्र ७ गते, २०८२ - १९:०१
काठमाडौं। २२ दलको एकताबाट निर्वाचनमा सहभागी भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रतिनिधि सभाको चुनावमा अपेक्षित परिणाम ल्याउन असफल भएको छ। पहिलो शक्...
चैत्र ७ गते, २०८२ - १८:५६
काठमाडौं । एम्बुलेन्समा चिनियाँ चुरोटको तस्करी गरेको आरोपमा रसुवा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रसुवाको आमाछोदिङमो गाउँपालिका-...
चैत्र ७ गते, २०८२ - १८:५३
नेपालको कम्युनिस्ट आन्दोलनले भिन्न कालखण्डमा उल्लेख्य उपलब्धि हासिल गरेको इतिहास छ। २०७४ सालको प्रतिनिधिसभा निर्वाचन त्यसको उत्कर्ष थियो। नेपाल कम्युन...
चैत्र ७ गते, २०८२ - १८:४१
काठमाडौं। शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा सुधार भएको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् विभूति पोखरेलले मौसममा र...

प्रतिकृया लेख्नुहोस्: