Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८० शनिबार | 23rd September, 2023 Sat

नेपाल छिमेकी देशको सम्पन्नताबाट लाभ लिन चाहन्छ : मन्त्री शर्मा

खबरडबली संवाददाता

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले छिमेकी देशको सम्पन्नताबाट नेपालले लाभ लिन चाहेको बताएकी छिन् ।  

नेपालका लागि चिनियाँ राजदूत छन सोङसँग मन्त्रालयमा आज भएको दुई पक्षीय भेटवार्ताका क्रममा मन्त्री शर्माले नेपाल र नेपाली जनताको हितमा अन्तर्राष्ट्रिय समुदायबाट हुने सहयोगको सधैँ स्वागत गर्ने बताइन्  । 

नेपाल र चीनबीच घनिष्ट छिमेकीको सम्बन्ध रहेको उल्लेख गर्दै उनले भनिन्, “सूचना र प्रविधिको क्षेत्रबाट समृद्धि हासिल गर्ने नेपालको प्राथमिकता भएकाले छिमेकीलगायत अन्तर्राष्ट्रिय समुदायबाट यसमा आउने सहयोग स्वागतयोग्य हुनेछ ।” 

सूचना प्रविधिसँगै आम सञ्चारको क्षेत्रमा पनि चीनको सहयोग महत्त्वपूर्ण रहँदै आएको उनले उल्लेख गरिन् ।  उनले भनिन्, “पत्रकारिताको अध्ययन, ज्ञान र सीपको आदानप्रदानमा नेपाल र चीनको सहकार्य हुँदै आएको छ, यसमा अझै वृद्धि गर्नुपर्छ भन्ने लागेको छ ।” 

आफूहरूले आफ्नै भूउपग्रहको विकास गर्ने, फोरजी इन्टरनेट सेवा देशव्यापीरूपमा विस्तार गर्दै फाइभजी सेवाको तयारी गर्ने, सूचना प्रविधि विश्वविद्यालय स्थापना गर्ने र सबै प्रदेशमा आइटी पार्क बनाउने प्राथमिकता निर्धारण गरेको उनको भनाइ छ । 

मन्त्री शर्माले प्रविधिको क्षेत्रमा सम्पन्नता हासिल गरिसकेका चीनसहित अन्तर्राष्ट्रिय समुदायले यसमा सहयोग गर्नसक्ने बताइन् । नेपाल सरकारले नीति तथा कार्यक्रम र बजेटमार्फत सूचना प्रविधि, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकताको क्षेत्र निर्धारण गरेको पनि उनले स्मरण गराइन् ।  

विकासोन्मुख र भूपरिवेष्ठित राष्ट्र नेपालमा सूचना प्रविधिबाट आर्थिक सम्पन्नता हासिल गर्न सकिने  विश्वास वृद्धि हुँदै गएको उल्लेख गर्दै उनले यस क्षेत्रमा दक्ष जनशक्ति उत्पादनका लागि सम्पन्न देशसँग ज्ञान र सीपको आदानप्रदान गर्न चाहेको बताइन् । सूचना प्रविधिसँग सम्बन्धित चीनका धेरै कम्पनीले नेपालमा काम गरिरहेको चर्चा गर्दै उनले यसको गुणस्तरमा पनि ध्यान दिनुपर्नेमा जोड दिइन् । 

नेपाल प्राकृतिकरूपमा विश्वकै सुन्दर मुलुक भएकाले चलचित्र क्षेत्रको पनि विकास गर्न सकिने प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै उनले फिल्म सिटी निर्माणको सवालमा पनि चीनले सहयोग गर्नसक्ने बताइन् । 

नेपालका लागि चिनियाँ राजदूत छन सोङले सूचना प्रविधि र सञ्चारको क्षेत्रमा नेपालको प्राथमिकता जानकारी भएकाले धेरै क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको बताइन्  । 

दुवै देशको आर्थिक उन्नतिबाट यहाँका जनताले लाभ लिनसक्ने भन्दै उनले चीनले दूरसञ्चार क्षेत्रमा गरेको प्रगतिबाट नेपालले लाभ लिनसक्ने बताइन् । चीनमा कुनै सरकारी कार्यालयमा जाँदा कागज वा कार्ड बोक्नुपर्ने अवस्था नरहेको र सबै काम मोबाइलबाटै हुने उल्लेख गर्दै उनले यसबाट नेपालले पनि फाइदा लिनसक्ने बताइन् ।  

‘डेटा एप्लिेकेसन’को क्षेत्रमा चीनले विश्वमै अगुवाइ गरिरहेको उल्लेख गर्दै उनले नेपालले पनि प्रविधिको माध्यमबाट विकास र सुशासनको क्षेत्रमा आफूलाई अघि बढाउनसक्ने बताइन्  । नेपालको नयाँ पुस्तामा प्रविधिको दुनियाँ तयार गर्न सके यसबाट यहाँको समृद्धिको ढोका खुल्ने राजदूत सोङको विश्वास थियो । उनले प्रविधिसहित विविध क्षेत्रमा चीन नेपाललाई सहयोग गर्न प्रतिबद्ध रहेको बताइन् । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

क्यान निर्वाचन ; झापाको मताधिकार खारेज

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)को साधारणसभाले झापा जिल्लाको मताधिकार खोसेको छ । क्यानले जिल्लामा रहेको विवादका कारण झापाको मताधिकार खारेज गरेको...

धार्मिक सद्भाव कायम गर्न संयुक्त अपिल

काठमाडौं। धार्मिक अगुवाहरूले मलुकमा धार्मिक सद्भाव कायम राख्न संयुक्त अपिल गरेका छन्। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा आज गृह मन्त्र...

विद्यालय शिक्षा विधेयक संशोधन गर्न कांग्रेसले सहकार्य गर्ने

काठमाडौं। नेपाली कांग्रेसले विद्यालय शिक्षा विधेयकलाई आवश्यक संशोधन र परिमार्जन गर्न समन्वय गर्ने भएको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार वि...

सुन प्रकरणबारे सरकारसँग झस्कियो एमाले, सहमति कार्यान्वयन हुनेमा शंका

काठमाडौं। नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन आयोग बनाउने र क्षेत्राधिकार तोक्ने विषयमा सरकार जिम्मेवार नभएको आरोप लगाएको छ । सिंह...

सरकारले अपराधको राजनीतिकरण गरिरहेको छ : ओली

काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अपराधको राजनीतिकरण गरिरहेको टिप्पणी गरेका छन्। अध्यक्ष ओलीले अपराधीलाई आममाफी दिने काम गरेर...

शिक्षक महासंघसँगको सहमतिप्रति राहत शिक्षकको असन्तुष्टी

काठमाडौं। सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन्। सरकारसँग भएको वार्तामा आफनो माग सम्बोधन नगरेको भन्दै राहतको शिक...

विमानस्थल आसपास ड्रोन, चंगा र बेलुन उडाएमा कारबाही हुने

काठमाडौं।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासको क्षेत्रमा ड्रोन, चंगा र बेलुन उडाएमा कारबाही हुने भएको छ । शुक्रबार विमानस्थलले एक सूचना जारी...

सरकारसँगको दोस्रो वार्ता पनि निष्कर्षविहीन, आन्दोलन यथावत्

शुक्रबार बिहान ८ बजे फेरि वार्तामा बस्ने

पार्टीको आन्तरिक विवाद समाधान हुन्छ : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी निर्देशन (अपानि) मा देखिएका विवादलाई छलफलबाट समाधान गरिने बताएका छन् । केन...

शान्ति प्रक्रियालाई छिट्टै टुंग्याउनुपर्छ : गणेशप्रसाद तिमिल्सिना

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको शान्ति प्रक्रियालाई छिट्टै टुंग्याउनुपर्ने बताएका छन् ।  बिहीबार काठमाडौंमा आयोज...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending