काठमाडौं । नेकपा एमालेका हिक्मत कुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकार संकटमा परेको छ। माओवादी केन्द्रले समर्थन फिर्ता लिएर आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेपछि कार्की नेतृत्वको सरकार ढल्ने निश्चित भएको हो।
सोमबार बसेको नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलको बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ ।
कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन केन्द्रीय नेतृत्वले दिएको निर्देशनपछि बसेको बैठकले यस विषयमा थप छलफल गर्नुपर्ने आवश्यक भएकाले आज बैठक बस्दैछ। बिहान साढे ११ बजे बोलाइएको छ ।
माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले आफ्नै नेतृत्वमा कोशी प्रदेश सरकार गठनको पहल गर्ने निर्णय भएको बताए । सरकारलाई दिएको समर्थन फिर्ता गर्ने विषयमा भने निर्णयमा पुगिनसकेको उनको भनाइ छ।
यसअघि दिउँसो कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्की र एमालेका अन्य मन्त्रीहरूलाई केन्द्रको निर्देशन आएको भन्दै नेता आङ्बोले परिस्थिति फेरिएकाले सरकारलाई दिएको समर्थन फिर्ता लिने अनौपचारिक जानकारी गराइसकेका छन् ।
स्रोतका अनुसार बजेट नीति तथा कार्यक्रम ल्याउने तयारी भइरहेका बेला सरकार हेरफेरमा लाग्दा समस्या हुने भन्दै बजेटसम्म यही सरकार निरन्तर हुनुपर्ने बैठकमा सहभागी सांसदहरूले मत राखेका छन् ।
माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने बित्तिकै अर्को सरकार बन्न सक्ने आधार नभएकाले पनि समर्थन फिर्ता लिन उचित नहुने सांसदहरूले धारणा राखेका छन् ।
कोशी प्रदेशसभामा निर्णायक मत रहेको राप्रपा मुख्यमन्त्री पाउनुपर्ने अडानमा छ । अहिले नै अर्को स्थिर सरकार बन्न सक्ने आधार नभएको बेला नयाँ गठबन्धनमा जानु उचित नहुने राप्रपा संसदीय दलका नेता तथा सरकारका उद्योग कृषि तथा सहकारीमन्त्री भक्ति सिटौलाले बताउँदै आएका छन् ।
अर्को स्थिर सरकार बन्ने र राप्रपाले मुख्यमन्त्री पाउने अवस्था भए सरकार परिवर्तन हुन सक्ने सङ्केत राप्रपाले दिएको छ । तर, अहिले नै राप्रपालाई मुख्यमन्त्री दिन सक्ने आधार नबनेको मन्त्री सिटौलाले बताए ।
नेपाली कांग्रेस, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले एमाले नेतृत्वको कोशी प्रदेश सरकारबाट बाहिरिन र केन्द्रको सत्ता गठबन्धन अनुसार अघि बढ्न माओवादीलाई दबाव दिँदै आएका छन् ।
यसअघि कांग्रेसले सरकारबाट बाहिरिन र केन्द्रको गठबन्धन अनुसार अघि बढ्न आग्रह गर्दै माओवादीलाई ५ जेठमा पत्र नै पठाएको थियो ।
प्रदेश सभामा एकमात्र सिट रहेको जसपा भने सरकारबाट बाहिरिसकेको छ । जसपा बाहिरिएपछि माओवादीलाई पनि सरकार छाड्न दबाब बढेको छ ।
९३ सदस्यीय प्रदेशसभामा अहिले मुख्यमन्त्री कार्कीसँग एमालेका ४०, माओवादीका १३ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ६ जनाको समर्थन कायम छ ।
अहिले विपक्षमा कांग्रेसका २९, एकीकृत समाजवादीका ४ र जसपाका एक सांसद मात्रै छन् । माओवादीले सरकार छोड्ने निर्णय लियो भने मुख्यमन्त्री कार्कीले बहुमत गुमाउनेछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: