काठमाडौं । नेकपा एमालेका हिक्मत कुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकार संकटमा परेको छ। माओवादी केन्द्रले समर्थन फिर्ता लिएर आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेपछि कार्की नेतृत्वको सरकार ढल्ने निश्चित भएको हो।
सोमबार बसेको नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलको बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ ।
कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन केन्द्रीय नेतृत्वले दिएको निर्देशनपछि बसेको बैठकले यस विषयमा थप छलफल गर्नुपर्ने आवश्यक भएकाले आज बैठक बस्दैछ। बिहान साढे ११ बजे बोलाइएको छ ।
माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले आफ्नै नेतृत्वमा कोशी प्रदेश सरकार गठनको पहल गर्ने निर्णय भएको बताए । सरकारलाई दिएको समर्थन फिर्ता गर्ने विषयमा भने निर्णयमा पुगिनसकेको उनको भनाइ छ।
यसअघि दिउँसो कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्की र एमालेका अन्य मन्त्रीहरूलाई केन्द्रको निर्देशन आएको भन्दै नेता आङ्बोले परिस्थिति फेरिएकाले सरकारलाई दिएको समर्थन फिर्ता लिने अनौपचारिक जानकारी गराइसकेका छन् ।
स्रोतका अनुसार बजेट नीति तथा कार्यक्रम ल्याउने तयारी भइरहेका बेला सरकार हेरफेरमा लाग्दा समस्या हुने भन्दै बजेटसम्म यही सरकार निरन्तर हुनुपर्ने बैठकमा सहभागी सांसदहरूले मत राखेका छन् ।
माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने बित्तिकै अर्को सरकार बन्न सक्ने आधार नभएकाले पनि समर्थन फिर्ता लिन उचित नहुने सांसदहरूले धारणा राखेका छन् ।
कोशी प्रदेशसभामा निर्णायक मत रहेको राप्रपा मुख्यमन्त्री पाउनुपर्ने अडानमा छ । अहिले नै अर्को स्थिर सरकार बन्न सक्ने आधार नभएको बेला नयाँ गठबन्धनमा जानु उचित नहुने राप्रपा संसदीय दलका नेता तथा सरकारका उद्योग कृषि तथा सहकारीमन्त्री भक्ति सिटौलाले बताउँदै आएका छन् ।
अर्को स्थिर सरकार बन्ने र राप्रपाले मुख्यमन्त्री पाउने अवस्था भए सरकार परिवर्तन हुन सक्ने सङ्केत राप्रपाले दिएको छ । तर, अहिले नै राप्रपालाई मुख्यमन्त्री दिन सक्ने आधार नबनेको मन्त्री सिटौलाले बताए ।
नेपाली कांग्रेस, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले एमाले नेतृत्वको कोशी प्रदेश सरकारबाट बाहिरिन र केन्द्रको सत्ता गठबन्धन अनुसार अघि बढ्न माओवादीलाई दबाव दिँदै आएका छन् ।
यसअघि कांग्रेसले सरकारबाट बाहिरिन र केन्द्रको गठबन्धन अनुसार अघि बढ्न आग्रह गर्दै माओवादीलाई ५ जेठमा पत्र नै पठाएको थियो ।
प्रदेश सभामा एकमात्र सिट रहेको जसपा भने सरकारबाट बाहिरिसकेको छ । जसपा बाहिरिएपछि माओवादीलाई पनि सरकार छाड्न दबाब बढेको छ ।
९३ सदस्यीय प्रदेशसभामा अहिले मुख्यमन्त्री कार्कीसँग एमालेका ४०, माओवादीका १३ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ६ जनाको समर्थन कायम छ ।
अहिले विपक्षमा कांग्रेसका २९, एकीकृत समाजवादीका ४ र जसपाका एक सांसद मात्रै छन् । माओवादीले सरकार छोड्ने निर्णय लियो भने मुख्यमन्त्री कार्कीले बहुमत गुमाउनेछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: