काठमाडौ । ‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने मूल नाराका साथ आज विश्व वातावरण दिवस मनाइँदैछ ।
संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७३ देखि प्रारम्भ भई हरेक वर्ष जुन ५ तारिखको दिन विश्व वातावरण दिवस मनाउने प्रचलन सुरू भएको हो । सो दिवस मनाउन थालेको ५०औँ वर्ष लागेको छ ।
यस अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा प्लास्टिकजन्य पदार्थको व्यवस्थापनलगायत समष्टिगत वातावरणीय समस्यासँग जुँध्न सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा गर्दै आएका विभिन्न प्रयत्न र प्रतिबद्धतालाई नतिजामा रूपान्तरण गर्न यस दिवसले सम्बद्ध सबैलाई झक्झकाउन सहयोग पुग्ने बताएको छन् ।
यसवर्ष वैश्विक जगतको सबैभन्दा महत्वपूर्ण वातावरणीय चुनौतीमध्येको एक प्लास्टिक प्रदूषणलाई प्रमुखताका साथ उजागर गर्ने गरी दिवस मनाउन लागिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले प्लास्टिक हाम्रो आधुनिक जीवनको अभिन्न अङ्ग बनिसकेकाले त्यसलाई व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।
प्लास्टिकको अत्यधिक र अव्यवस्थित प्रयोगले ठूलो वातावरणीय समस्या सिर्जना गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले महासागर ल्यान्डफिल साइट, समथर भूमि, पहाडी, उच्च पहाडी र हिमाली क्षेत्र जताततै प्लास्टिकको फोहरले भरिएको र मानव स्वास्थ्य र समग्र पारिस्थितिक प्रणालीलाई अपरिवर्तनीय क्षति पुर्याउने खतरा बढ्दै गइरहेकोमा चिन्ता व्यक्त गरेको छन् ।
प्रत्येक वर्ष विश्वव्यापी रूपमा चार सय मिलियन टनभन्दा बढी प्लास्टिकका सामग्री उत्पादन हुने गरेको र यसको ठूलो हिस्सा विभिन्न नदी प्रणाली हुँदै महासागरहरूमा पुग्ने गरेको छ ।
यसले पारिस्थितिक प्रणालीलाई असर पुर्याउन सक्ने देखिएको हुँदा यसको नकारात्मक प्रभावसँग जुध्ने प्रयासस्वरुप संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको अग्रसरतामा ‘प्लास्टिक पोलुसन ट्रिटी’सम्बन्धी कार्य भइरहेको र यसमा नेपालको समेत सहभागिता रहँदै आएको प्रधानमन्त्रीले बताए ।
प्रधानमन्त्री दाहालले आफ्नो अध्यक्षतामा रहेको वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्को प्रभावकारितामा वृद्धि गर्दै लैजाने दृढता व्यक्त गरेको छन्।
नेपालको संविधान बमोजिम सङ्घ, प्रदेश र स्थानीय तीन वटै सरकारको कार्यक्षेत्रमा रहेको वातावरण संरक्षणको विषय सरकार, गैर ९सरकारी क्षेत्र, प्राज्ञिक क्षेत्र, निजी क्षेत्र, आम नागरिक र उपभोक्ता सबैको सक्रिय चासो, चिन्ता र सरोकारको यसमा आवश्यकता पर्ने प्रधानमन्त्रीको भनाइ छ ।
प्रधानमन्त्रीले वातावरण क्षेत्रमा काम गर्ने सबैमा यस दिवसको नारालाई व्यवहारिक कार्यान्वयनमा एकतावद्ध हुन आह्वान गरेको छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ५ गते, २०८३ - १३:४४
काठमाडौँ। प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ। प्रतिनिधिसभाको आजको बैठकले अर्थमन्त्री डा स्...
आषाढ़ ५ गते, २०८३ - १३:३३
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जनमत प्राप्त सरकारले कर राजस्वको विवेकपूर्ण तथा आवश्यकताअनुसार उपयोग गर्ने बताएका छन्। शुक्रबार प्रतिन...
आषाढ़ ५ गते, २०८३ - १३:०६
काठमाडौँ। एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र सरसफाइ सुधारका लागि ११ करोड ५० लाख अमेरिकी डलर बराबरको सहुलियत ऋण स्वीकृत गरेको ...
आषाढ़ ५ गते, २०८३ - १२:५५
काठमाडौं । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारका सकारात्मक काममा आफ्नो पार्टीको समर्थन रहने तर जनविरोधी र बेथितिपूर्ण कामको निरन्तर विरो...
आषाढ़ ५ गते, २०८३ - १२:३९
काठमाडौं । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित विशेष समारोहमा ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८३’ वितरण गरिएको छ। समारोहमा नेपाली चलचित्र क्षेत्...
आषाढ़ ५ गते, २०८३ - १२:३०
काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले विद्युतीय राहदानी छपाई प्रकरण सम्बन्धमा सार्वजनिक समाचारका विषयमा चासो व्यक्त गरेको छन् । सभाको आजको बैठक...
आषाढ़ ५ गते, २०८३ - १२:२३
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर आफूहरूले लामो समयदेखि आवाज उठाउँदै आए पनि त्यसको सुनुवाइ न...
आषाढ़ ५ गते, २०८३ - १२:००
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि छापावाल सुनको मूल्य प्र...
आषाढ़ ५ गते, २०८३ - ११:३३
काठमाडौँ। यस वर्षको प्रि-मनसुन अवधिको वर्षा मापनअनुसार ४५ वर्षयताकै सबैभन्दा बढी पानी परेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रि-मनसुन याममा ने...
आषाढ़ ५ गते, २०८३ - ११:१४
धनकुटा । लामो समयदेखि वर्षा नहुँदा धनकुटाका विभिन्न स्थानमा सयौँ रोपनी खेतीयोग्य जमिन बाँझै रहेका छन्। असारको पहिलो साता बित्न लाग्दासमेत पर्याप्त ...



प्रतिकृया लेख्नुहोस्: