Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

दर्तावाल डाक्टर बने रामजी राम

खबरडवली संवाददाता
काठमाडौँ । रौतहट गढिमाई नगरपालिका–९ का रामजी रामको विद्यालयमा अध्ययन गर्दा ठुलो सपना थिएन । भारतको पन्जाबमा गएर धान या उखु काट्ने काम गर्ने र आमाबुबालाई राम्रोसँग पाल्ने मात्र उनको लक्ष्य थियो ।  समाजका सबै मानिस जागिरका लागि पन्जाब जान्थे, धान काट्थे र पैसा कमाएर ल्याउँथे । त्यसैले उनले त्यसभन्दा माथि सोचेका थिइनन् । तर रामजी रामको जिन्दगीले अहिले अर्कै मोड लिएको छ । धान काटेर आमाबाबु पाल्ने सपनाभन्दा ठुलो क्षितिजमा उनी पुगेका छन् ।  रामजीले देख्दै नदेखेको सपना चिकित्सक भएर बिरामीको उपचार गर्ने सपना भने पूरा भएको छ । अब रामजी रामले सरकारले पठाएको ठाउँमा गएर बिरामीको उपचार गर्नुपर्ने छ । उनले मेडिकल काउन्सिलले लिएको एमबिबिएस लाइसेन्स परीक्षा उत्तीर्ण गरी रजिस्टर्ड डाक्टर बनेका छन् । उनी चमार समुदायका पहिला डाक्टर बनेका छन् ।  उनको यो यात्रा सहज थिएन । वरपरका मानिस विद्यालयमा जाँदैन थिए । उनीहरूको उद्देश्य नै पन्जाब जाने, धान या उखु काट्ने र पैसा कमाउने मात्र हुन्थ्यो । यति मात्र होइन, रामजी राम विद्यालय जाँदा पनि उनका बुबालाई छोरालाई किन विद्यालय पठाएको भन्थे । बरु राम्रोसँग धान काट्न सिकाउनु, पन्जाब गएर कमाउने सपना पूरा गर्दछ भनेर प्रेरित गर्थे ।  बुबाले ‘पढाइ छोड्छस् त बाबु ?’ भन्दा ‘होइन बा पढ्न मन छ, पढ्छु’ भनेर जवाफ दिएको रामजीलाई अझै याद छ । प्राथमिक तहसम्म त गाउँमै विद्यालय भएकाले रामजीलाई अध्ययन गर्न सजिलो भयो । प्राथमिक तह अध्ययन सकेपछि गाउँबाट टाढा जानुपर्ने थियो ।  चमारको छोरा भनेर डेरा पाउनै मुस्किल हुन्थ्यो । पछि विद्यालयका शिक्षकले विद्यालयमा एउटा कोठाको व्यवस्था गरिदिए । रामजीको उच्च माध्यमिक अध्ययन रौतहटकै श्री उच्च मावि गरुडाबाट विज्ञान विषयमा भयो । विद्यालयमा पहिलो भएपछि पैसा तिर्नु पर्दैनथ्यो भनेको सुनेर मेहनत गर्ने र सधैँ प्रथम भएको रामजीले सुनाए ।  उच्च माध्यमिक सकेपछि रामजीको भविष्य अन्योल थियो । बाआमाले भिनाजुसँग प्रेसर कुकर बनाउनलाई काठमाडौँ पठाए । भिनाजु त्यो बेला पनौती, बनेपामा प्रेसरकुकर बनाउँदै हिँड्थे । उनले पनि भिनाजुसँग प्रेसरकुकर बनाउन सिके ।  एक महिना प्रेसरकुकर बनाउन सिकेपछि कलेजबाट एक जना सरले फोन गरेर अध्ययनबारे सोधे र भने, “तिम्रो पढाइ राम्रो छ, त्यसरी कुकर बनाउने काममा नहिँड ।” सरको सल्लाहले इन्जिनियरिङ तयारी गर्दागर्दै विज्ञान पढाउने सरले बागबजार गएर एमबिबिएसको तयारी गर्न भनेपछि रामजी बागबजारमा गएर एमबिबिएस प्रवेश परीक्षाको तयारी गर्न थाले।  त्यसबेला उनी टेकुमा सुकुम्बासी बस्तीमा जोगीसँग बसेर उनीहरूको खाना पकाएर सहयोग गर्थे । अहिले पनि कहिलेकाहीँ सुकुम्बासी बस्तीमा गएर बस्छन् ।  रामजीले १० कक्षादेखि ट्युसन पढाउन थालेका थिए । त्यसबाहेक कोही कोहीले ५० रुपियाँ दिन्थे । सुकुम्बासी बस्तीका बालबालिकालाई पनि ट्युसन पढाए । मासिक एक हजार जति हुन्थ्यो । धान काटेर बाबुआमा पाल्ने सपना देखेको रामजी अहिले डा रामजी राम भएका छन् । 
Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाँच महिनामा थपियो सवा खर्ब सार्वजनिक ऋण

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिना (साउन–मंसिर) मा करिब सवा खर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार सार्व...

रवि–बालेन अब ‘एउटै गाडी’मा

काठमाडौं । जेन–जी आन्दोलनपछि विकसित नयाँ राजनीतिक परिस्थिति र आसन्न निर्वाचनलाई केन्द्रमा राखेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठ...

दरवाङ–मुना–ढोरपाटन सडकः धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी । यहाँको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति योजनाको ७१ प्रतिशत भौतिक प्र...

रवि र बालेनबीच ‘वान–टु–वान’ वार्ता, निवासमा भेट गराएका आशिफले भने : कथाको सुखद् सुरूआत भएको छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र स्वतन्त्र निर्वाचित काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच करिब ६ घण्टा ‘वान–टु–वान’ ...

मेची भन्सार कार्यालयः पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको समय माथिल्लो मुस्ताङको जनजीवन चिसोका कारण प्रभावित बनेको छ । माथिल्लो मुस्...

बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ निर्माणको तयारी

गोरखा। गोरखामा बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ बन्ने तयारीमा छ । एक सय ३ दशमलव ४ मेगावाट क्षमताको बूढीगण्डकी ‘क’ र २२६ मेगावाट क्षमताको बूढीगण्...

चलचित्र जाँचसम्बन्धी कार्यविधिप्रति चलचित्रकर्मी असन्तुष्ट

काठमाडौँ। केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) द्वारा गएको पुस २ गतेदेखि कार्यान्वयनमा ल्याइएको ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८२’ को सातौँ ...

शीतलहर र चिसोका कारण रौतहटको जनजीवन प्रभावित, विद्यालयमा बिदा

रौतहट। विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर नगरपालिकाले गौर नगर क्षेत्रभरिका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा आउँदो शुक्रबारसम्मका...

निर्वाचन ७२ दिन बाँकी: यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

काठमाडौँ । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेका कुनै पनि व्यक्ति राजनीतिक दलका तर्फबाट समानुपा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending