Khabar Dabali ३० बैशाख २०८३ बुधबार | 13th May, 2026 Wed

दर्तावाल डाक्टर बने रामजी राम

खबरडवली संवाददाता
काठमाडौँ । रौतहट गढिमाई नगरपालिका–९ का रामजी रामको विद्यालयमा अध्ययन गर्दा ठुलो सपना थिएन । भारतको पन्जाबमा गएर धान या उखु काट्ने काम गर्ने र आमाबुबालाई राम्रोसँग पाल्ने मात्र उनको लक्ष्य थियो ।  समाजका सबै मानिस जागिरका लागि पन्जाब जान्थे, धान काट्थे र पैसा कमाएर ल्याउँथे । त्यसैले उनले त्यसभन्दा माथि सोचेका थिइनन् । तर रामजी रामको जिन्दगीले अहिले अर्कै मोड लिएको छ । धान काटेर आमाबाबु पाल्ने सपनाभन्दा ठुलो क्षितिजमा उनी पुगेका छन् ।  रामजीले देख्दै नदेखेको सपना चिकित्सक भएर बिरामीको उपचार गर्ने सपना भने पूरा भएको छ । अब रामजी रामले सरकारले पठाएको ठाउँमा गएर बिरामीको उपचार गर्नुपर्ने छ । उनले मेडिकल काउन्सिलले लिएको एमबिबिएस लाइसेन्स परीक्षा उत्तीर्ण गरी रजिस्टर्ड डाक्टर बनेका छन् । उनी चमार समुदायका पहिला डाक्टर बनेका छन् ।  उनको यो यात्रा सहज थिएन । वरपरका मानिस विद्यालयमा जाँदैन थिए । उनीहरूको उद्देश्य नै पन्जाब जाने, धान या उखु काट्ने र पैसा कमाउने मात्र हुन्थ्यो । यति मात्र होइन, रामजी राम विद्यालय जाँदा पनि उनका बुबालाई छोरालाई किन विद्यालय पठाएको भन्थे । बरु राम्रोसँग धान काट्न सिकाउनु, पन्जाब गएर कमाउने सपना पूरा गर्दछ भनेर प्रेरित गर्थे ।  बुबाले ‘पढाइ छोड्छस् त बाबु ?’ भन्दा ‘होइन बा पढ्न मन छ, पढ्छु’ भनेर जवाफ दिएको रामजीलाई अझै याद छ । प्राथमिक तहसम्म त गाउँमै विद्यालय भएकाले रामजीलाई अध्ययन गर्न सजिलो भयो । प्राथमिक तह अध्ययन सकेपछि गाउँबाट टाढा जानुपर्ने थियो ।  चमारको छोरा भनेर डेरा पाउनै मुस्किल हुन्थ्यो । पछि विद्यालयका शिक्षकले विद्यालयमा एउटा कोठाको व्यवस्था गरिदिए । रामजीको उच्च माध्यमिक अध्ययन रौतहटकै श्री उच्च मावि गरुडाबाट विज्ञान विषयमा भयो । विद्यालयमा पहिलो भएपछि पैसा तिर्नु पर्दैनथ्यो भनेको सुनेर मेहनत गर्ने र सधैँ प्रथम भएको रामजीले सुनाए ।  उच्च माध्यमिक सकेपछि रामजीको भविष्य अन्योल थियो । बाआमाले भिनाजुसँग प्रेसर कुकर बनाउनलाई काठमाडौँ पठाए । भिनाजु त्यो बेला पनौती, बनेपामा प्रेसरकुकर बनाउँदै हिँड्थे । उनले पनि भिनाजुसँग प्रेसरकुकर बनाउन सिके ।  एक महिना प्रेसरकुकर बनाउन सिकेपछि कलेजबाट एक जना सरले फोन गरेर अध्ययनबारे सोधे र भने, “तिम्रो पढाइ राम्रो छ, त्यसरी कुकर बनाउने काममा नहिँड ।” सरको सल्लाहले इन्जिनियरिङ तयारी गर्दागर्दै विज्ञान पढाउने सरले बागबजार गएर एमबिबिएसको तयारी गर्न भनेपछि रामजी बागबजारमा गएर एमबिबिएस प्रवेश परीक्षाको तयारी गर्न थाले।  त्यसबेला उनी टेकुमा सुकुम्बासी बस्तीमा जोगीसँग बसेर उनीहरूको खाना पकाएर सहयोग गर्थे । अहिले पनि कहिलेकाहीँ सुकुम्बासी बस्तीमा गएर बस्छन् ।  रामजीले १० कक्षादेखि ट्युसन पढाउन थालेका थिए । त्यसबाहेक कोही कोहीले ५० रुपियाँ दिन्थे । सुकुम्बासी बस्तीका बालबालिकालाई पनि ट्युसन पढाए । मासिक एक हजार जति हुन्थ्यो । धान काटेर बाबुआमा पाल्ने सपना देखेको रामजी अहिले डा रामजी राम भएका छन् । 
Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending