Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८० शुक्रबार | 22nd September, 2023 Fri

जम्बो टोलीसहित भारत भ्रमणमा जाँदै प्रधानमन्त्री, यस्ता छन् एजेण्डा

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज भारत भ्रमणमा जाँदैछन्। ​तेस्रो पटक प्रधानमन्त्री भएपछि दाहालको यो पहिलो विदेश भ्रमण हो।  चार दिने भ्रमणमा  सरकारी र निजी क्षेत्रका गरी एक सयभन्दा बढी सहभागी हुने छन्। केही सदस्य थपघट हुने सम्भावना रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमणमा विद्युत्, व्यापार, भौतिक पूर्वाधार तथा पारवाहनलगायत विषयमा सम्झौता हुने परराष्ट्र मन्त्री नारायणप्रकाश (एनपी) साउदले बताए। विद्युत् आयोजनाहरूमा भारतीय लगानी आकर्षित गर्ने र नेपालमा उत्पादित विद्युत्‌को बिक्रीको सुनिश्चितता गर्न पनि सरकारले भारत भ्रमणलाई महत्त्वका साथ लिएको उनको भनाइ छ। प्रसारणलाइन विस्तार र भारत हुँदै बंगलादेशसँग विद्युत् व्यापार गर्ने आधार बनाउने विषयमा पनि छलफल हुने उनी बताउँछन्। 

प्रधानमन्त्री दाहाल बुधबार दिउँसो १ बजे नेपाल वायुसेवा निगमको नियमित जहाजबाट नयाँदिल्ली जानेछन्। दाहालको भ्रमण टोलीमा उनको निजी सचिवालयका साथै आधा दर्जन मन्त्री र डेढ दर्जन सचिव हुनेछन्। 

परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री प्रकाशशरण महत, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र उद्योग तथा वाणिज्य र आपूर्तिमन्त्री रमेश रिजाल कृषिमन्त्री वेदुराम भुसाल जाने छन्।

टोलीमा मुख्यसचिव शंकरदास बैरागी, परराष्ट्र सचिव भरतराज पौड्याल, ऊर्जा तथा जलस्रोत सचिव दिनेशकुमार घिमिरे, गृह सचिव दिनेश भट्टराई, कानुन सचिव धनराज ज्ञवाली, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी, कृषि सचिव गोविन्दप्रसाद शर्मा, भौतिक पूर्वाधार तथा यातायात सचिव केशवकुमार शर्मा र वन सचिव रेवतीरमण पौडेल छन्। 

प्रधानमन्त्रीको सचिवालयबाट प्रमुख सचिवसमेत रहेकी छोरी गंगा दाहाल, प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, प्रेस सल्लाहकार गोविन्द आचार्य, स्वकीय सचिव रमेशकुमार मल्ल हुनेछन्। प्रधानमन्त्रीका निजी चिकित्सक युवराज शर्मा र चार सुरक्षा अधिकारी पनि हुनेछन्। 

भ्रमण टोलीमा सहसचिव र उपसचिव तहका अधिकारीका पनि लामो सूची छ। लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट, विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, नेपाल आयल निगमका प्रबन्ध निर्देशक उमेशप्रसाद थानी, परराष्ट्रका भारत हेर्ने सहसचिव रामप्रसाद सुवेदी, चिफ अफ प्रोटोकल सुधीर भट्टराई, प्रधानमन्त्री कार्यालयका सहसचिव नवराज ढुंगाना, ऊर्जा मन्त्रालयका सहसचिव मधुप्रसाद भेटवाललाई सूचीमा समावेश छन्। 

उद्योग मन्त्रालयका सहसचिव रामचन्द्र तिवारी, लगानी बोर्डका सहसचिव अमृत लम्साल, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, गेटा मेडिकल कलेजका निर्देशक प्रमोद जोशी, विद्युत् उत्पादन कम्पनी लिमिटेडका महाप्रबन्धक सूर्यप्रसाद रिजाल र नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशसिंह प्रधान पनि टोलीमा हुनेछन्। 

यस्तै, सञ्चारकर्मी ४ जना, सुरक्षाकर्मी ४ जना र भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्मासहित दिल्लीस्थित दूतावासका ५ अधिकारीको नाम समावेश छ। 

सरकारले खर्च बेहोर्ने भ्रमण टोली सदस्यको संख्या ४७ छ। ५० जना व्यवसायी र १३ जना सञ्चारकर्मीहरु निजी खर्चमा जानेछन्।

प्रधानमन्त्रीसहितको टोलीलाई बुधबार दिल्लीको चाणक्यपुरीस्थित आईटीसी मौर्य होटलमा राखिनेछ।  होटलमा  दाहाललाई भारतका विदेशमन्त्री एस जयशंकर, सुरक्षा सल्लाहकार अजित डोभल र विदेश सचिव विनयमोहन क्वात्राले भेट्ने कार्यक्रम छ। 

जेठ १८ ९बिहीबार०  बिहानदेखि प्रधानमन्त्री दाहालको औपचारिक कार्यक्रम सुरु हुनेछ। भारतीय प्रधानमन्त्री मोदीसँगको औपचारिक वार्ता दिल्लीस्थित हैदराबाद हाउसमा हुनेछ। त्यहाँ भारतसँग दुईदेशमा हुने इपेमेन्टमा अर्थ मन्त्रालयले हस्ताक्षर हुनेछ। नेपाल र भारतबीच २५ वर्षका लागि विद्युत् खरिद सम्झौता, तल्लो अरुण र फुकोट कर्णाली जलविद्युत् विकास आयोजनाबारे उर्जा मन्त्रालयले सम्झौता गर्दैछ। 

कञ्चनपुर र दार्चुला जिल्लाको महाकाली नदीमा चाँदनी दोधारा र झुलाघाट क्षेत्रमा पुलहरू निर्माण गर्न भौतिक पूर्वाधार मन्त्रालयले सम्झौता गर्दैछ।  यस्तै, पेट्रोलियम पाइपलाइनसम्बन्धित विषयमा उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयले सम्झौता गर्दैछ। 

त्यसपछि राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जयदीप धनखडसँग शिष्टाचार भेटवार्ता गर्ने तयारी छ। 

भ्रमणको तेस्रो दिन प्रधानमन्त्री दाहाल मध्यप्रदेशको उज्जैन प्रस्थान गर्नेछन् । दाहालले मध्यप्रदेशकै इन्दोरको पनि भ्रमण गर्नेछन्। त्यहाँको फोहोर व्यवस्थापनसम्बन्धी जानकारी दाहालले लिनेछन्। 

दाहालले इन्दोरमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) र भारतको हिन्दुबादी संगठन आरएसएसका नेताहरूसँग भेटघाटको कार्यक्रम रहेको छ।  प्रधानमन्त्री प्रचण्डको टोली जेठ २० गते स्वदेश फर्किँनेछ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सांसद पार्टीप्रति मात्र होइन देश र जनताप्रति समर्पित हुनुपर्छ : सांसद घर्तीमगर

काठमाडौँ । रोल्पाथुम हुँदै नामकरण भएको रोल्पा जिल्ला, लुम्बिनी प्रदेशको एक पहाडी जिल्ला मात्रै होइन, युद्ध, क्रान्ति र पर्यटनका नामबाट परिचितस्थल पनि ...

आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता निष्कर्षविहिन

विधेयक फिर्ता नभएसम्म आन्दोलनका कार्यक्रम फिर्ता नहुने शिक्षकहरुको अडान

घाटा खाएर आलु बिक्री गर्दै किसान

भोजपुर । भोजपुरका किसान घाटा खाएर आलु बिक्री गर्न थालेका छन् । उत्पादित आलुको उचित मूल्य नपाएपछि उनीहरु चिन्तामा परेका छन् । आलुको मूल्यमा ५० प्रतिशत ...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, देउवालाई चेतावनी दिएर फर्किएको शेखर पक्ष कसरी प्रस्तुत होला ?

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजे बस्दै छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा पार्टीको केन्द्रीय कार...

डिभोर्सपछि पनि पूर्वपतिसँग शारीरिक सम्बन्धबारे के भन्छिन् माल्भिका ?

काठमाडौं । पूर्वमिस नेपाल माल्भिका सुब्बाले वैवाहिक सम्वन्धबारे थप खुलासा गरेकी छन्। एक युट्युव च्यानललाई अन्तरवार्ता दिँदै माल्भिकाले आफू पूर्वपतिसँग...

माधवको अपानिमा झलनाथ पक्षको तिव्र असन्तुष्टिपछि सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दैछ। अध्यक्ष माधव नेपालले जारी गरेको अन्तरपार्टी निर्देशन-११ बारे छलफल हुने जनाइएको छ।  बैठक ...

यू-१९ साफ च्याम्पियन : उद्घाटन खेलमा आज नेपाल-पाकिस्तान भिड्दै

काठमाडौं । साफ अन्डर नाइन्टिन च्याम्पियनसिप आजदेखि काठमाडौंमा सुरु हुँदैछ। दशरथ रंगशालामा हुने उद्घाटन खेलमा दिउँसो साढे १ बजे बंगलादेश र भारत आमने–सा...

नेकपा एसले ‘समाजवाद जागरण यात्रा’ मेची नदीबाट सुरु गर्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले यही १४ असोजदेखि ‘समाजवाद जागरण यात्रा’ झापाको काँकडभिटास्थित मेची नदीबाट सुरु गर्ने भएको छ । पार्टीले अवलम्बन...

१५ औं महाधिवेशनमा एकैठाउँमा उभिएलान् कोइराला परिवार ?

शेखरको विश्वास- शशांक र सुजाताको साथ भए सफलता मिल्थ्यो

प्रधानमन्त्री प्रचण्ड र नर्वेका प्रधानमन्त्रीबीच भेट

न्यूयोर्क । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्क आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री यु...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending