Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

भीमसेन थापा गाउँपालिकामा नि:शुल्क दुर्घटना बीमा

खबरडबली संवाददाता

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको नि:शुल्क दुर्घटना बीमा गरिदिएको छ । गाउँपालिकाले १६औँ गणतन्त्र दिवसका अवसरमा पालिकाभित्रका १६ हजार नौ सय ८६ नागरिकको नि:शुल्क  दुर्घटना बीमा गरेको गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जरा (अक्कल)ले जानकारी दिए।

गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको कुल १२ लाख १६ हजार छ सय ४२ रुपैयाँ २५ पैसामा सामूहिक दुर्घटना बीमा गरेको हो । बीमा सम्झौताअनुसार सामूहिक दुर्घटना बीमाका लागि विशेष छुटमा ७१ रुपैयाँ ६२ पैसा र टिकटवापत प्रतिबीमा पोलिसी रु २० लागत परेको अध्यक्ष बन्जराले बताए।

राष्ट्रिय जनगणना २०७८ को अन्तिम प्रतिवेदन आधारमा पालिकामा बसोबास गर्दै आएका तथा पालिका स्थायी ठेगाना भएका सबै नागरिकको सामूहिक दुर्घटना बीमा गरेको उनले बताए । “राष्ट्रिय बीमा कम्पनी लिमिटेड र गाउँपालिकाबीच समझदारीपत्रमा सोमबार हस्ताक्षर भएको छ”, अध्यक्ष बन्जराले भने, “सम्झौतासँगै बीमा कार्यक्रम पनि लागू भएको छ ।”

गाउँपालिकाले गरेको सम्झौताअनुसार अब पालिकाभित्रका नागरिकको कुनै पनि प्रकारको दुर्घटना भएमा कम्पनीले बीमा पोलिसीअनुसारको उपचार खर्च प्राप्त गर्ने उनको भनाइ छ । त्यस्तै नेपालभर भीमसेन थापा गाउँपालिका स्थायी घर भएका कसैको कुनै पनि प्रकारको दुर्घटनाबाट ज्यान गुमाएमा समेत बीमा कम्पनीले सम्बन्धित परिवारलाई रु ५० हजार उपलब्ध गराउने गरी बीमा पोलिसी लागू भएको गाउँपालिका अध्यक्ष बन्जराले जानकारी दिए।

बीमा कम्पनी र गाउँपालिकाबीच भएको सम्झौता आगामी २०८१ जेठ १५ गतेसम्म लागू हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिए। सम्झौताअनुसार गाउँपालिकावासी सबै नागरिकले अब दुर्घटनाबाट सिर्जित मृत्यु, स्थायी पूर्ण अशक्तता, स्थायी आंशिक अशक्तता, अङ्गभङ्ग, औषधोपचार आदि सुविधा प्राप्त गर्नेछन् । बीमाका शर्तहरू सामूहिक दुर्घटना बीमालेखबमोजिमको हुने पनि सम्झौतापत्रमा उल्लेख छ । सम्झौताअनुसार दुर्घटनामा परेका बिमितको उपचार खर्च बीमालेखको अधिनमा रही सक्कली बिल बुझाएपछि प्राप्त गर्नेछन् । सम्झौतापत्रमा गाउँपालिकाका तर्फबाट गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जरा ९अक्कल० र राष्ट्रिय बीमा कम्पनी लिमिटेडका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुवास कोइरालाले हस्ताक्षर गरेको छन् ।

गोरखाका ११ स्थानीय तहलाई चार अर्ब ५८ करोड ३७ लाख 

गोरखा जिल्लाभित्र रहेका स्थानीय तहलाई सङ्घीय सरकारबाट आगामी आर्थिक वर्षका लागि सङ्घीय सरकारबाट रु साढे चार अर्बभन्दा बढी बजेट विनियोजन भएको छ । सङ्घीय सरकारले आगामी आव २०८०/८१ का लागि सोमबार बाँडफाँट गरेको बजेटमा जिल्लाभित्रका ११ स्थानीय तहलाई कुल रु चार अर्ब ५८ करोड ३७ लाख समपूरक बजेट विनियोजना भएको हो ।

दुई नगरपालिका र नौ गाउँपालिका रहेको गोरखामा सबैभन्दा धेरै गोरखा नगरपालिकालाई कुल रु ६१ करोड ८१ लाख र पालुङटार नगरपालिकालाई रु ५७ करोड दुई लाख विनियोजना भएको छ भने जिल्लामा सबैभन्दा कम चुमनुब्री गाउँपालिकालाई रु २० करोड ७७ लाख बजेट विनियोजन भएको हो ।

त्यस्तै जिल्लाको आरुघाट गाउँपालिकालाई रु ४० करोड ४२ लाख, गण्डकी गाउँपालिकालाई रु ४४ करोड ६८ लाख, अजिरकोट गाउँपालिकालाई रु ३१ करोड ६८ लाख र  धार्चे गाउँपालिकालाई रु ३१ करोड २१ लाख बजेट विनियोजन भएको छ ।

शहिद लखन गाउँपालिकालाई रु ४३ करोड २० लाख, भीमसेन थापा गाउँपालिकालाई रु ४० करोड १० लाख, बारपाक सुलिकोट गाउँपालिकालाई रु ४० करोड ५९ लाख र सिरानचोक गाउँपालिकालाई रु ४६ करोड ८९ लाख रकम सङ्घीय सरकारले विनियोजन गरेको हो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एक सातामै सुनको भाउ ३४ हजारले घट्यो, आज तोलाको कति छ ?

काठमाडौं । सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन पनि १२ हजार ५ सय रुपैयाँले गिरावट आएको थियो । नेपाल सुनचाँदी व्यवसाय...

बाजुरामा सुत्केरी महिला र नवजात शिशुको मृत्यु

बाजुरा। बाजुरामा नवजात शिशु सहित सुत्केरी महिला मृत्यु भएको छ। मृत्यु हुनेमा बडीमालिका नगरपालिका–१ सल्लेनाकीकी २१ वर्षीय सुरता कुमारी रोकाया र उहाँले ...

भक्तपुरको दुवाकोटमा केएमसी अस्पतालको सेवा, सुनील शर्माद्धारा उद्घाटन

भक्तपुर । दुवाकोटमा काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पतालको सेवा सुरु भएको छ । आइतबार आयोजित एक समारोहका बिच अस्पतालका सञ्चालक डा। सुनील शर्माले अस्पत...

अमेरिकी–इरानी तनाव : ट्रम्पले दिए ४८ घण्टे अल्टिमेटम

वासिङटन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार यदि इरानले ४८ घण्टाभित्र होर्मुज सत्र पूर्ण रूपमा खुला नगरे, अमेरिकाले इरानी पावर प्लान्टहरू ध्वस्...

राप्रपा निर्देशक समितिको अध्यक्षबाट लोहनीले दिए राजीनामा, महाधिवेशनको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निर्देशक समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी ले पदबाट राजीनामा दिएका छन्। गत २१ गते भएको प्...

हिमपात र असिनाको चिसोले १२ भेडा मरे

हुम्ला। शुक्रबार परेको हिमपात र असिनाको चिसोले १२ वटा भेडा मरेका छन् । खार्पुनाथ गाउँपालिका –२ को तिलाइला पाटनमा पालन गरिएका भेडा मरेका हुन् । बाक्...

हिमपात र असिनाको चिसोले १२ भेडा मरे

हुम्ला। शुक्रबार परेको हिमपात र असिनाको चिसोले १२ वटा भेडा मरेका छन् । खार्पुनाथ गाउँपालिका –२ को तिलाइला पाटनमा पालन गरिएका भेडा मरेका हुन् । बाक्...

अब एउटै विवरणका लागि छुट्टाछुट्टै फारम भर्नु पर्दैन : गृहमन्त्री अर्याल

ललितपुर। सरकारले एकीकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच अन्तरआवद्धता गरी सेवा प्रवाह सुरु गरेको छ । ...

कुवेतमा अलपत्र परेका ३३ नेपाली साउदीमार्फत गन्तव्यतर्फ पठाइए

काठमाडौं । कुवेतको हवाई क्षेत्र बन्द भएपछि ट्रान्जिटमा रोकिएका ३३ जना नेपालीलाई साउदी अरेबियामार्फत गन्तव्यतर्फ पठाइएको छ। कुवेतस्थित नेपाली राजदूतावा...

राप्रपा र श्रम संस्कृति पार्टीले प्रमुख सचेतकको सुविधा नपाउने

काठमाडौं । प्रतिनिधिसभामा रहेका ६ वटा राष्ट्रिय दलमध्ये दुई दलले प्रमुख सचेतकको सुविधा नपाउने भएका छन्। उक्त सुविधा नपाउने दलहरूमा राष्ट्रिय प्रजातन्त...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: