काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले सरकारको स्वरुपजस्तै बजेट आएको टिप्पणी गरेका छन् । निजीकरण, उदारीकरण, दोस्रो चरणको आर्थिक सुधार, स्वदेशीभन्दा विदेशी पुँजीको प्रवर्द्धनको नीतिसहित नेपाली कांग्रेसको दर्शन झल्किने बजेट उनको भनाइ छ।
उनले भने, ‘राजकीय क्षेत्रभन्दा निजी क्षेत्र नै बलियो हुनुपर्छ, सबै कुरा निजी क्षेत्रले नै गर्ने हो भन्ने मानसिकता बजेटमा झल्किएको छ। लेगेसी छोड्न सकेको छैन, नेकपा एमाले सरकारले ल्याएको कार्यक्रमलाई पनि नजरअन्दाज गर्न सकेको छैन। नीति तथा कार्यक्रममा छुटेका कार्यक्रम पनि समेटेर ल्याएछ भने कतिपय कार्यक्रम अलि फरक ढंगले पुनर्संरचना गर्ने भन्दै पनि ल्याइएको छ ।’
सांसदका लागि बजेट दिने स्थानीय पूर्वाधार विकास कार्यक्रम नल्याएको भए राम्रो हुने उनकोे भनाइ छ। कुनै मन्त्रालयको बजेट एक तिहाइले घट्ने र कुनै मन्त्रालयको बजेट दोब्बरले बढ्ने गरी बजेट ल्याइएको खतिवडाले बताए ।
पूर्वाधार निर्माण गर्ने अन्य मन्त्रालयको बजेट घट्दा शहरी विकास मन्त्रालयको बजेट घटेको भन्दै उनले कांग्रेसका मन्त्रीहरु रहेको मन्त्रालयहरुको बजेट बढाइएको हो कि भन्ने आशंका व्यक्त गरे ।
शिक्षामा खासै बजेट नबढ्दा शहरी विकासको बजेट बढेको उदहारण दिंदै उनले कतै सिलिङ नलाग्ने र कतै लाग्ने अवस्था देखिएको बताए ।
उनले थपे, ‘गठबन्धनभित्रै यस्तो समझदारी हो भने हामीलाई केही छैन, तर राजस्व पनि लक्ष्यअनुसार उठ्दै छैन, दातृ निकायको थप स्रोत दिइरहेका छैनन्, आन्तरिक ऋण उठाउने ठाउँ छैन। यस्तो बेलामा कुनै खास-खास मन्त्रालयको बजेट किन बढ्छ?’
चालु आर्थिक वर्षमा २० प्रतिशत चालु खर्च कटौती गर्ने योजना कार्यान्वयन हुन नसकेको उदहारण दिंदै खतिवडाले अर्थमन्त्रीले चाहेर मात्रै नहुने बताए ।
‘प्रोत्साहन भत्ता त मैले पनि हटाएको थिएँ, भोलिपल्टैबाट दबाव आउन थाल्यो खर्च कटौतीको घोषणा कार्यान्वयनमा अर्थमन्त्रीको परीक्षा नै हुन्छ’ उनले भने।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: