Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

करको दरमा अनौठो हेरफेर

खबरडवली संवाददाता
काठमाडौं । बजेट वक्तव्यसँग ल्याइएको आर्थिक विधेयकमार्फत सरकारले करका दरमा अनौठो हेरफेर गरेको छ। अर्थमन्त्री डा। प्रकाशशरण महतले सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकमार्फत करछुटको सूची छोट्याउने, कुनै अत्यावश्यकीय वस्तुलाई कर लगाउने, कुनैमा विलासितालाई च्याप्नेजस्ता काम गरेका छन्। नेगेटिभ लिस्टमा रहेका वस्तुमा पनि अपेक्षाअनुरूप कर बढेको छैन। सस्ता विद्युतीय कारमा कर लगाएर महँगामा घटाइएको छ। यस्तै सुरुमा कुरा गरौं, बिलासिता शुल्कको। आर्थिक विधेयकमार्फत सरकारले लक्जरी करको सुरुवात गरेको हो। जसअनुसार तारे होटल तथा रिसोर्टमा बस्नेले सरकारलाई २ प्रतिशत कर बुझाउनुपर्ने छ। विलासिता शुल्क आयातीत मदिरा, १० लाखभन्दा महँगा हीरा मोती तथा पत्थरजडित सुन वा बहुमूल्य धातुका गरगहनामा पनि लाग्नेछ। महतले बियरमा प्रतिलिटर मात्र ७ रुपैयाँ अन्तःशुल्क बढाएका छन्। स्वास्थ्य जोखिम सिर्जना गर्ने ‘नेगेटिभ लिस्ट’ रहेको बियरमा कर सामान्य दरले बढाइएको हो जबकी यो सूचीमा रहेको वस्तुमा अत्यधिक कर बढ्ने गर्छ। विदेश घुम्न जाँदा सरकारलाई ५ प्रतिशत कर बुझाउनुपर्नेछ। विदेश पढ्न जानेले पनि ३ प्रतिशत कर बुझाउनुपर्ने भएको छ। महतले मूल्य अभिवृद्धि करका १७० र अन्तःशुल्कका ३४० छुटका दरहरू खारेज गरेका छन्। यससँगै कर बढाइएका र कर छुटको सूचीबाट हटाइएको वस्तुहरूको मूल्य बढ्ने भएको छ। यसैगरी, आगामी साउन १ गतेपछि सम्झौता हुने आयोजनामा प्रयोग हुने निर्माण सामग्रीमा भन्सार छुट नदिइने भएको छ। वार्षिक ५० लाख रुपैयाँ आम्दानी गर्ने व्यक्ति वा निजी कम्पनीलाई पनि अबदेखि बढी कर लाग्ने भएको छ। हालसम्म आयको ३६ प्रतिशत कर तिर्दै आएकाले ३९ प्रतिशत तिर्नुपर्ने भएको हो। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ज्योतिषी अर्जुन क्षेत्रीको भविष्यवाणी- रवि लामिछानेको प्रधानमन्त्री बन्ने योग छ

काठमाडौं । २०८० सालभित्र नेपालमा राजतन्त्र फर्किने असफल भविष्यवाणी गरेका ज्योतिषी अर्जुन क्षेत्रीले रास्वपा सभापति रवि लामिछानेको प्रधानमन्त्री बन्ने ...

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्न लागेको छ । बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने गर...

भूकम्पमा गोडा गुमाएकालाई ललितपुर महानगरको सहयोग

ललितपुर । खुट्टा गुमाएका सात जनालाई कृत्रिम खुट्टा राख्न ललितपुर महानगरपालिकाले सुन्दर ढोका साथीसेवा नामको संस्थालाई आर्थिक सहयोग गरेको छ । महानगरप...

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले  किसानलाई रु ४८ करोड भुक्तानी गरेको छ । डिडिसीले वैशाखमा दुग्धजन्य पदार्थको बिक्री वितरण बढेसँगै १३ दिनमा रु...

लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ । दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ फलाउन थालेका छन् । वालिङ नगरपालिका–४ रत्नेथुम्काका उनले विदेशमा सिकेको स...

यी हुन् लगानी सम्मेलनमा प्रस्तुत गरिने १५१ परियोजना

काठमाडौं  । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर  कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ ...

सेनाले माग्यो प्राविधिकतर्फ ३१९ सैनिक कर्मचारी (सूचनासहित)

काठमाडौं । नेपाली सेनाले प्राविधिकर हवाईरविविध सेवातर्फ पादिक तथा विल्लादार पदहरूका लागि दरखास्त आह्वान गरेको छ। जंगी अड्डाले शुक्रबार सूचना प्रकाशित ...

युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग १८ देशको आग्रह

काठमाडौं । युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग अमेरिका लगायत विश्वका १८ देशले आग्रह गरेका छन् ।  विश्वका विभिन्न अठार देशले बिहीबार एक संय...

भारतमा लोकसभाको दोस्रो चरणको निर्वाचन- १२ राज्यका ८९ सीटका लागि मतदान

काठमाडौं । भारतमा संघीय संसदको तल्लो सदन लोकसभा निर्वाचनअन्तर्गत आज दोस्रो चरणको मतदान हुँदै छ। आज १२ राज्य र केन्द्रशासित एक प्रदेशका गरी कुल ८९ स...

कक्षा १२ को परीक्षा आजबाट, जापानमा पनि परीक्षा केन्द्र

तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies