Khabar Dabali २६ जेष्ठ २०८३ मंगलवार | 9th June, 2026 Tue
Investment bank

सर्लाहीमा मिटरब्याजीविरुद्ध एक हजार नौ सय २० उजुरी दर्ता

खबरडबली संवाददाता

सर्लाही । सर्लाहीमा मिटरब्याजी (अनुचित लेनदेन) विरुद्ध एक हजार नौ सय २० उजुरी परेका छन् । सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिने आह्वान गरेपछि एक हजार नौ सय २० मिटरब्याजी पीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन् ।

उजुरी परेका साहुकारहरुलाई मङ्गलबारदेखि जिल्ला प्रशासन कार्यालयमा बोलाई मिलापत्र गराउने र मुद्दा चलाउन मिल्नेमाथि सम्पत्ति शुद्धिकरणलगायत मुद्दा प्रक्रिया अगाडि बढाइने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । 

“मिटरब्याजी साहुले लिएको ऋण भन्दा बढीको कागज बनाएको र ऋण तिरेपछि पनि अझ धेरै ऋण बाँकी रहेको भन्दै कागज देखाएर घर, घडेरी नै आफ्नो नाममा पास गर्न थालेपछि पीडितले काठमाडौँमा पुगेर आन्दोलन गरेका थिए”, उनले भने। 

सरकारले अध्यादेशमार्फत अनुचित लनेदेनसम्बन्धी कानुन बनाएर उजुरी लिन सुरु गरेको थियो । मधेश प्रदेशको राजधानी जनकरपुरधाममा अनुचित लेनदेन अर्थात् मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको कार्यालय स्थापना भएपश्चात् आयोगका अध्यक्ष गौरीबहादुर कार्की र सदस्य उत्तमराज सुवेदीले वैशाख २० गते यहाँका मिटरब्याज पीडित, नागरिक समाज, जनप्रतिनिधि, सुरक्षा अधिकारी, दलका प्रतिनिधि, मिटरब्याजविरुद्धका अभियन्तालगायत अन्य सरोकारवालासँग आवश्यक छलफल गरेको थिए

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ। बैठक मंगलबार दिउँसो सवा ३ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको...

सरकार रास्वपाको विधानले होइन, देशको संविधानले चल्नुपर्छ: गगन थापा

गोरखा । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकार सञ्चालन पार्टीको विधानअनुसार नभई देशको संविधान र कानुनअनुसार हुनुपर्ने बताएका छन्। मंगलबार ...

गोरखा पेन्सन विवाद समाधानका लागि परराष्ट्रमन्त्रीद्वारा बेलायतसँग आग्रह

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले लामो समयदेखि समाधान हुन नसकेको भूतपूर्व ब्रिटिश गोर्खाहरूको समानुपातिक पेन्सन लगायतका मागलाई न्याय, निष्पक्षता...

रास्वपा बाजुराको प्रथम अधिवेशन: सभापतिमा नवराज जैशी निर्विरोध चयन

बाजुरा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाजुराले प्रथम जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको छ। जेठ २४ गते सम्पन्न अधिवेशनले नौ सदस्यीय नयाँ क...

रास्वपा जुम्लाको सभापतिमा मक्करबहादुर भण्डारी सर्वसम्मत

जुम्ला। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जुम्लाले प्रथम जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको छ। अधिवेशनबाट मक्करबहादुर भण्डारी सर्वसम्मत रूपमा...

नख्खु कारागारबाट भागेका कैदी म्याग्दीमा गिरफ्तार

म्याग्दी। जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट भागेका एक जना कैदीलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीको प्रहरीले गिरफ्तार गरेको छ । लागुऔषध मुद्द...

विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक बुधबारसम्म स्थगित

काठमाडौँ । प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ। लगातार विपक्षी दलहरूले अवरोध कायमै राखेपछि सभामुख डीपी अर्यालले बैठक बुधबार बिहान १...

संसदमा मौनधारण विषयलाई लिएर सभामुखको आपत्ति

काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सहिदहरूको सम्झनामा ५ मिनेट मौनधारण गरिएको विषयलाई लिएर सभामुखले आपत्ति जनाएका छन्। नेपाली कांग्रेसका सचे...

प्रधानमन्त्रीको अभिव्यक्तिमा स्पष्टीकरण माग्दै आजपनि विपक्षीको विरोध

काठमाडौं । प्रतिनिधिसभा बैठक आज पनि विपक्षी दलहरूको विरोधका कारण प्रभावित भएको छ। बैठक सुरु हुनेबित्तिकै विपक्षी सांसदहरूले उठेर विरोध जनाएका हुन्। ...

नभएका प्रमाणहरू सिर्जना गरेर नेपाललाई सीमा अतिक्रमणकारी देशको रूपमा प्रस्तुत गर्न खोजियो: निश्कल राई

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन शाहको हालैको संसदमा दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएका छन्। उनले प्रधानमन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending