Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

साहस र सङ्कल्पले असम्भव कुरा पनि सम्भवः अध्यक्ष ओली

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (एमाले) ले अपाङ्गता (दुवै खुट्टा गुमाएका) भए पनि सगरमाथाको शिखर सफल आरोहण गरेका रोल्पाका हरिबहादुर बुढामगरलाई सम्मान गरेको छ । 

ललितपुरस्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा आज एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई खादा र पुष्पगुच्छासहित सम्मान गरेका हुन । अध्यक्ष ओलीले उनको सगरमाथाको सफल आरोहण अपाङ्गता भएका व्यक्तिहरूको मात्रै नभएर सबै नेपाली र विश्वकै लागि पनि प्रेरणादायी रहेको बताए ।  

उनले बुढामगरको सफलता नेपाल र नेपालीको मात्रै सफलता नभएर विश्वकै सफलता भएको पनि उल्लेख गरे । “हरि बुढामगरको सगरमाथाको सफल आरोहण हामी सबैका लागि प्रेरणादायी छ । मानिसले साहस र  सङ्कल्प गरे असम्भव देखिएका चिज पनि सम्भव हुन्छन”, उनले भने, “उहाँ अपाङ्गता भएर यताउता हिँड्न नसक्ने हुनुहुन्छ । तर सगरमाथा चढेर आउनुभयो ।” 

अध्यक्ष ओलीले मगरले शारीरिक अपाङ्गता भएका मानिसको उचाइ सगरमाथामाथि थप्नुभएको भनाइ राखे । “सबैका लागि उहाँ प्रेरणाको स्रोत बन्नुभएको छ । यो सफलता हामी सबै नेपालीको सफलता हो ।  विश्वकै साहस र सङ्कल्पको सफलता हो । केही गर्छु भन्ने अठोटको सफलता हो”, ओलीले भने ।  

कार्यक्रममा उपमहासचिव प्रदीप ज्ञवालीले दुवै खुट्टा नभएर विश्वको सर्वोच्च सगरमाथा चढेर मगरले नेपालका लागि खुसी र गर्वको विषय बनाएको बताए । 

सफल आरोही मगरले अपाङ्गता भएका व्यक्तिलाई सहयोग र अवसर दिन आग्रह गर्नुभयो । उहाँले नेपाल र नेपालीको शिर सगरमाथा जस्तै उच्च राख्न सकेको बताए । 

सगरमाथाको चुचुरोमा अपाङ्गता भएका व्यक्तिलाई पनि पु¥याइएको आफूलाई अनुभव प्राप्त भएको उनको भनाइ थियो । उनले अपाङ्गता जनजागरण ल्याउने र अपाङगता भएका व्यक्तिको सेवामा खटिने बताए । 

रोल्पाको थबाङस्थित मिरुल घर भएका दुवै खुट्टा गुमाएका बुढामगरले यही जेठ ५ गते विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: