काठमाडौं । भारतमा एउटा खसेको फोन निकाल्नका लागि एउटा जलाशयको सम्पूर्ण पानी बाहिर निकाल्न आदेश दिएका एक जना सरकारी अधिकारी निलम्बित भएका छन्।
सेल्फी लिइरहेको समयमा राजेश विश्वासले उक्त फोन खसालेका थिए। उक्त बाँधबाट दशौँ लाख लिटर पानी बाहिर पठाउन तीन दिन लागेको थियो।
जब त्यो फोन फेला पर्यो पानी पसेका कारण त्यो काम नगर्ने अवस्थामा पुगिसकेको थियो। विश्वासले त्यसमा संवेदनशील सरकारी तथ्याङ्क रहेको र त्यसलाई जोगाउनुपर्ने कारण आफूले त्यस्तो गरेको बताएका छन्। तर उनीमाथि पदको दुरुपयोग गरेको आरोप लागेको छ।
खाद्य निरीक्षक विश्वासले झन्डै १,६०,००० रुपियाँ बराबरको सामसुङ कम्पनीको मोबाइल फोन मध्य भारतको छत्तीसगढ राज्यमा अवस्थित खेरकट्टा बाँधमा आइतवार खसालेका थिए।
स्थानीय गोताखोरहरूले त्यसलाई फेला पार्न नसकेपछि आफूले शुल्क तिरेर एउटा डिजेल पम्प झिकाएको उनले निकालेको भिडिओ सन्देशलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
विश्वासले एक जना अधिकारीले ‘नजिकैको नहरमा जलाशयबाट केही पानी पठाउने गरी’ मौखिक रूपमा अनुमति दिएको उल्लेख गर्दै ‘त्यसले किसानहरूलाई थप पानी उपलब्ध गराएर फाइदा पुर्याउने’ पनि जिकिर गरेका छन्।
तर उक्त पम्पले कैयौँ दिन पानी बाहिर फ्यालेको थियो।त्यसरी जलाशयबाट निकालिएको झन्डै २० लाख लिटर पानीबाट ६०० हेक्टर खेतमा सिँचाइ गर्न मिल्ने बताइन्छ। तर उजुरीपछि जलस्रोत विभागका अर्का अधिकारी आएपछि उक्त काम रोक्न लगाइएको थियो।
“छानबिन नसकिएसम्म उनलाई निलम्बित गरिएको छ। पानी अत्यावश्यक स्रोत हो र यसको त्यसरी दुरुपयोग गर्न मिल्दैन,” कांकेर जिल्लाकी अधिकारी प्रियङ्का शुक्लाले द न्याश्नल समाचारपत्रसँग भनेकी छन्।
विश्वासले आफूले पदको दुरुपयोग नगरेको भन्दै बाँध भरिएर पानी जम्मा भएको क्षेत्रको पानी बाहिर निकालिएको बताएका छन्। उनले त्यहाँको पानी ‘प्रयोग गर्न नमिल्ने अवस्थाको भएको’ पनि जिकिर गरेका छन्।
तर उनको कदमको राजनीतिज्ञहरूले पनि आलोचना गरेका छन्। उक्त राज्यमा प्रतिपक्षमा रहेको भारतीय जनता पार्टीका राष्ट्रिय उपाध्यक्षले “चर्को गर्मीमा जति बेला मानिसहरू पानीका लागि ट्याङ्करको सेवामा निर्भर रहँदा” ती अधिकारीले ठूलो परिमाणमा पानी खेर फलेको ट्विटरमा लेखेकी छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: