Khabar Dabali ३० बैशाख २०८३ बुधबार | 13th May, 2026 Wed

खसेको फोन निकाल्न जलाशय सुकाउने कर्मचारी भारतमा निलम्बित

खबरडबली संवाददाता

काठमाडौं । भारतमा एउटा खसेको फोन निकाल्नका लागि एउटा जलाशयको सम्पूर्ण पानी बाहिर निकाल्न आदेश दिएका एक जना सरकारी अधिकारी निलम्बित भएका छन्।

सेल्फी लिइरहेको समयमा राजेश विश्वासले उक्त फोन खसालेका थिए। उक्त बाँधबाट दशौँ लाख लिटर पानी बाहिर पठाउन तीन दिन लागेको थियो।

जब त्यो फोन फेला पर्‍यो पानी पसेका कारण त्यो काम नगर्ने अवस्थामा पुगिसकेको थियो। विश्वासले त्यसमा संवेदनशील सरकारी तथ्याङ्क रहेको र त्यसलाई जोगाउनुपर्ने कारण आफूले त्यस्तो गरेको बताएका छन्। तर उनीमाथि पदको दुरुपयोग गरेको आरोप लागेको छ।

खाद्य निरीक्षक विश्वासले झन्डै १,६०,००० रुपियाँ बराबरको सामसुङ कम्पनीको मोबाइल फोन मध्य भारतको छत्तीसगढ राज्यमा अवस्थित खेरकट्टा बाँधमा आइतवार खसालेका थिए।

स्थानीय गोताखोरहरूले त्यसलाई फेला पार्न नसकेपछि आफूले शुल्क तिरेर एउटा डिजेल पम्प झिकाएको उनले निकालेको भिडिओ सन्देशलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

विश्वासले एक जना अधिकारीले ‘नजिकैको नहरमा जलाशयबाट केही पानी पठाउने गरी’ मौखिक रूपमा अनुमति दिएको उल्लेख गर्दै ‘त्यसले किसानहरूलाई थप पानी उपलब्ध गराएर फाइदा पुर्‍याउने’ पनि जिकिर गरेका छन्।

तर उक्त पम्पले कैयौँ दिन पानी बाहिर फ्यालेको थियो।त्यसरी जलाशयबाट निकालिएको झन्डै २० लाख लिटर पानीबाट ६०० हेक्टर खेतमा सिँचाइ गर्न मिल्ने बताइन्छ। तर उजुरीपछि जलस्रोत विभागका अर्का अधिकारी आएपछि उक्त काम रोक्न लगाइएको थियो।

“छानबिन नसकिएसम्म उनलाई निलम्बित गरिएको छ। पानी अत्यावश्यक स्रोत हो र यसको त्यसरी दुरुपयोग गर्न मिल्दैन,” कांकेर जिल्लाकी अधिकारी प्रियङ्का शुक्लाले द न्याश्नल समाचारपत्रसँग भनेकी छन्।

विश्वासले आफूले पदको दुरुपयोग नगरेको भन्दै बाँध भरिएर पानी जम्मा भएको क्षेत्रको पानी बाहिर निकालिएको बताएका छन्। उनले त्यहाँको पानी ‘प्रयोग गर्न नमिल्ने अवस्थाको भएको’ पनि जिकिर गरेका छन्।

तर उनको कदमको राजनीतिज्ञहरूले पनि आलोचना गरेका छन्। उक्त राज्यमा प्रतिपक्षमा रहेको भारतीय जनता पार्टीका राष्ट्रिय उपाध्यक्षले “चर्को गर्मीमा जति बेला मानिसहरू पानीका लागि ट्याङ्करको सेवामा निर्भर रहँदा” ती अधिकारीले ठूलो परिमाणमा पानी खेर फलेको ट्विटरमा लेखेकी छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending