नयाँदिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय नागरिकबाट प्रास्त स्नेह र सदुभावले राष्ट्रका निम्ति अझ परिश्रम गर्ने ऊर्जा प्रान्त भएको बताएका छन् ।
भारतको प्रधानमन्त्रीका रूपमा आफ्नो नौ वर्ष पूरा भएको अवसरमा उनले जनताबाट प्राप्त प्रतिक्रियाप्रति कृतज्ञता व्यक्त गर्दै त्यसो भनेका हुन् ।
बिहानैदेखि हाम्रो सरकारको बारेमा गरिएको प्रशंसा आफ्ना लागि स्नेह भएको र त्यसले आफूलाई ऊर्जा दिएको उनले सामाजिक सञ्जालमा लेखेका छन् । प्रधानमन्त्री मोदीको नेतृत्वमा भारतीय जनता पार्टीको सरकारले यही जेठ १६ गते दुई कार्यकालको नौ वर्ष पूरा गर्दैछ । यस अवसरमा भारतीय जनता पार्टीले सोही दिनदेखि एक महिनासम्म देशभर ५० स्थानमा विशेष सभा एवम् र्याली गर्नेछ । केही कार्यक्रमलाई प्रधानमन्त्री मोदीले सम्बोधन गर्नेछन् ।
भारतीय जनता पार्टीका अनुसार ती सभा तथा र्यालीलाई आगामी लोकसभा चुनावको तयारीमा केन्द्रित हुनेछन् । लोकसभा निर्वाचन करिब एक वर्षपछि हुँदैछ । सबैभन्दा ठूलो र्याली राजस्थानको अजमेरमा हुनेछ जसलाई प्रधानमन्त्री मोदीले सम्बोधन गर्नेछन् ।
विशेष सभा र र्यालीमा भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डा, केन्द्रीय गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह र अन्य शीर्ष नेता सहभागी हुनेछन् । नरेन्द्र मोदीले सन् २०१४ को मे २६ मा पहिलो पटक प्रधानमन्त्रीको सपथ लिएका थिए भने उनले सन् २०१९ को मे ३० मा दोस्रो कार्यकालको शपथ लिएर भारतको सरकार प्रमुखका रूपमा शासन सञ्चालन गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन १६ गते, २०८० - २०:३३
महेन्द्रनगर। गत साउन ३० गते कञ्चनपुरको पुर्नवास नगरपालिका–३ आइबिआरडी बजारदेखि ‘घ’ गाउँ जाने बाटोमा स्थानीय २७ वर्षीया लक्ष्मी घर्तीको शव फेला प¥यो। ...
आश्विन १६ गते, २०८० - २०:०६
काठमाडौँ। धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् । विवादास्पद अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले मंगलबार सुनसरीको चक्र...
आश्विन १६ गते, २०८० - १९:२२
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालगञ्जमा तरुण दलका तत्कालीन क्षेत्रीय अध्यक्ष रिगल भनिने योग ढकालले खुँडा प्रहार गरि हत्या गरिएका ...
आश्विन १६ गते, २०८० - १९:०६
काठमाडौं। सरकारले कानूनअन्तर्गत गरेको सिफारिस अनुसार राष्ट्रपतिले सजाय माफी, मुल्तवी, परिवर्तन वा कम गर्ने प्रचलित व्यवस्थाको गलत प्रयोग भइरहेको भन्दै...
आश्विन १६ गते, २०८० - १८:५९
काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको छ। जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे...
आश्विन १६ गते, २०८० - १८:५५
काठमाडौं। सरकारले चाडपर्वको अवसरमा उच्च माग हुने खाद्य तथा गैरखाद्य वस्तु कृत्रिम अभाव सिर्जना गरी अस्वभाविक मूल्यवृद्धि गर्दै वस्तु बिक्री वितरण गर्न...
आश्विन १६ गते, २०८० - १८:३१
काठमाडौं। सरकारले धार्मिक तथा साम्प्रदायिक घृणा फैलाउने काम नगर्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई अपील गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठ...
आश्विन १६ गते, २०८० - १८:२७
काठमाडौं। बझाङमा एक गर्भवती महिलालाई अस्पतालको प्राङ्गणमा सुत्केरी गराइएको छ। मंगलबार दिउँसो भूकम्प गएको बेलामा तलकोट गाउँपालिका–१ की ती महिलालाई अ...
आश्विन १५ गते, २०८० - २१:२०
काठमाडौँ। नेकपा एमाले कोशी प्रदेश अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ । आधिकारिक रुपमा भर्खरै आएको मतपरिणाममा अध्यक्ष पद...
आश्विन १५ गते, २०८० - २१:१६
काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले संविधानको व्यवस्थाअनुरुप नै जिल्ला न्यायाधीश नियुक्त गरिएको प्रस्ट पारेका छन्। सोमबा...
प्रतिकृया लेख्नुहोस्: