काठमाडौं । नेपाल एनएससी काभा महिला भलिबल च्यालेन्ज कपको फाइनल खेलमा नेपाल सेमिफाइनलबाटै बाहिरिएको छ ।
एसियाको छैटौं वरीयताको काजकस्तानलाई बलियो चुनौती पेश गरेपनि नेपाल २–३ को सेटमा पराजित हुँदै भएपछि फाइनलको यात्रा रोकिएको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शुक्रबार भएको खेलमा पहिलो सेट गुमाएको नेपालले त्यसपछिको दुई सेट जित्दै खेललाई आफ्नो पकडमा पारेको थियो ।
तर, चौथो सेट गुमाएपछि खेल पाँचौं तथा निर्णायक सेटमा लम्बिन पुग्यो । निर्णायक तथा पाँचौ सेटमा पनि नेपालको प्रदर्शन फितलो रह्यो ।
प्रतिस्पर्धात्मक पहिलो सेट नेपालले २८–३० गुमाउन पुग्यो । दोस्रो सेटमा सुरुवातदेखि नै अग्रता लिदै नेपालले २५–१६ को जित निकाल्न सफल भयो । तेस्रो सेटमा पनि नेपालले २५–१५ को सहज जित निकाल्न सफल भयो ।
चौथो सेटमा भने नेपालको प्रदर्शन फितलो रह्यो । सुरुवातदेखि नै पछि परेको नेपालले चौथो सेट १८–२५ ले गुमाउन पुग्यो ।
पाँचौ सेटमा पनि नेपालको प्रदर्शन फितलो रह्यो । सुरुवादेखि नै पछि परेको नेपालले खेलमा फर्कने प्रयास गरेपनि काजकस्तानलाई ७–१५ ले नजिता सुम्पदै सेमिफाइनलबाटै बाहिरियो ।
अब काजकस्तानले उपाधिका लागि भारतको सामना गर्नेछ । भारतले शुक्रबारै उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा हराएर फाइनलमा स्थान बनाइसकेको छ । नेपालले भने तेस्रो स्थानको लागि उज्वेकिस्तानसँग खेल्नेछ । फाइनल र तेस्रो स्थानको खेल आइतबार हुनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन १३ गते, २०८० - २१:३९
काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टित...
आश्विन १३ गते, २०८० - २१:०५
काठमाडौं। सरकार र चिकित्सकबीच सहमति भएको छ। सुरक्षित कार्यस्थलको माग राख्दै आन्दोलनरत 'स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति...
आश्विन १३ गते, २०८० - २०:२२
काठमाडौँ। सत्तारुढ नेकपा एकीकृत समाजवादी वर्तमान चौतर्फी संकटप्रति सचेत रहन ध्यानाकर्षण गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाए...
आश्विन १३ गते, २०८० - १९:५३
काठमाडौँ। नेकपा एमाले कर्णाली प्रदेश कमिटीको नेतृत्व चयनका लागि भोलि ९आइतबार० मतदान गरिने भएको छ । सुर्खेतमा जारी पार्टीको पहिलो कर्णाली अधिवेशनअन्तर्...
आश्विन १३ गते, २०८० - १९:४७
काठमाडौँ। पाकिस्तानलाई ३–० ले पराजित गर्दै भारतले तेस्रो पटक साफ यू–१९ च्याम्पियन बनेको छ । मालिङथन किप्गेनको २ गोल र गोगमसर गोयारीले अन्तिम समयमा ...
आश्विन १३ गते, २०८० - १८:४९
काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले १९ औँ एसियाली खेलकुदमा मंगोलियाविरुद्धको खेलमा नेपालले विश्व कीर्तिमानहरू कायम राख्न सफल भएकोमा नेपाली क्रिकेट ...
आश्विन १३ गते, २०८० - १८:४६
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले उपचारको अभावमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुने गरी स्वास्थ्य क्षेत्रमा सुधार गर्न...
आश्विन १३ गते, २०८० - १८:४३
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन स्वदेश फिर्ता भएका छन्। अध्यक्ष लिङ्देन पार्टीसम्बद्ध प्रवासी नेपाली ए...
आश्विन १३ गते, २०८० - १८:३९
काठमाडौँ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ यू–१९ च्याम्पियनसिपको उपाधि भिडन्तको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। भारत र पाकिस्तानबीच ...
आश्विन १३ गते, २०८० - १८:३६
काठमाडौँ। नेकपा एमाले कोशी प्रदेश कमिटीको अध्यक्षमा घनश्याम खतिवडा र विनोद ढकालले मनोनयन दर्ता गरेका छन्। रामप्रसाद दङ्गालको प्रस्ताव र छत्रपति प्य...
प्रतिकृया लेख्नुहोस्: