Ntc summer Offer
Khabar Dabali १ जेष्ठ २०८१ मंगलवार | 14th May, 2024 Tue
NIMB

महँगोमा चीनबाट सैन्य सामग्री किन्दै नेपाली सेना

खबरडवली संवाददाता
काठमाडौं । नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय मिसन शान्ति सेनाका लागि ६ अर्ब रुपैयाँ बराबरका सैनिक सामग्री खरिद गर्न लागेको छ। सेनाले छिमेकी मुलुक चीनबाट ६ अर्ब रुपैयाँ बराबरका २६ वटा आर्मोड पर्सोनेल क्यारियर (एपिसी) र हतियार खरिद तयारी अन्तिम चरणमा पुर्‍याएको छ। शेरबहादुर देउवा नेतृत्वको पूर्ववर्ती सरकारले चीनबाट २६ वटा एपिसी, ७२ वटा ट्याक्टिकल भेहिकल र गोली खरिद गर्ने निर्णय गरेको थियो। सो निर्णयलाई पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारले कार्यान्वयन गर्न सेनालाई अनुमति दिएको स्रोतले जनाएको छ। स्रोतका अनुसार सेनाले चीनबाट १० हजार थान सिक्यु राइफलसमेत खरिद गर्ने भएको छ। नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले भने चीनबाट सैन्य सामग्री खरिद विषयमा आफूलाई जानकारी नभएको बताए। ‘नेपाली सेनाले सैन्य सामग्री खरिद गर्दै छ भन्नेबारेमा मलाई जानकारी छैन, म बुझेर खबर गरौंला,’ उनले भने। सेनाले आफ्नो कल्याणकारी कोषबाट शान्ति सेनालाई आवश्यक पर्ने गाडी र गोली चीनबाट खरिद गर्न लागेको स्रोतको दाबी छ। जसका लागि दुई साताअघि प्रक्रिया अघि बढाइएको हो। कल्याणकारी कोषको पैसाबाट सेनाले भारतबाट पनि चारवटा एपिसी किन्ने भएको छ। भारतको महिन्द्रा कम्पनीबाट चारवटा एपिसी खरिदका लागि कोटेसनसमेत लिइसकेको छ। भारतबाट ल्याउन लागिएका एपिसीको मूल्य एउटाको करिब चार करोड रूपैयाँ पर्छ भने चीनबाट खरिद गर्न लागिएका एपिसीको मूल्य एउटाको सात करोड ७५ लाख रूपैयाँ रहेको स्रोतको दाबी छ। यो समाचार नागरिक दैनिकमा छ ।
Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भाँगो र आलुसँग चामल साटेर गुजारा गर्दै बागलुङको रमुवाका बासिन्दा

बागलुङ । बागलुङको उच्च पहाडी क्षेत्रमा पर्ने रमुवा गाउँ आलुखेतीका लागि प्रख्यात छ । गलकोट नगरपालिका–१० मा पर्ने यस गाउँमा आलु र भाँगोबाहेक अन्य बाली न...

सदनको गतिरोध हटाउन सर्वदलीय बैठक बोलाउने प्रधानमन्त्रीको तयारी

काठमाडौं । संसदको जारी गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन्। कांग्रेस नेताहरुसँगको छलफ...

युद्धविराम हमासको हातमा भएको बाइडेनको प्रतिक्रिया, हतियारको आपूर्ति बन्द गर्ने चेतावनी

काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले हमासले बन्धक रिहा गरेको भोलिपल्टै इजरायल र प्यालेस्टाइनबीच युद्धविराम हुने प्रतिक्रिया दिएका छन्। सियाट...

काठमाडौंका यी क्षेत्रमा आज र भोलि जान्छ दैनिक ५ घण्टा बिजुली

काठमाडौं । काठमाडौंको रोपवे, बलम्बु र कीर्तिपुर फिडरको विद्युत् लाइन आज र भोलि दुई दिन अवरुद्ध हुने भएको छ।  विद्युत् प्राधिकरणले एक सूचना जारी गरी...

मेलम्ची खानेपानीको ‘हेडवर्क्स’ तत्काल नसार्न संसदीय उपसमितिको सुझाव

सिन्धुपाल्चोक । संसद्को पूर्वाधार विकास समितिअन्तर्गतको खानेपानी उपसमितिले राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको अनुगमन गरेको छ । आयोजन...

सदनका गतिरोध हटाउन प्रधानमन्त्रीको प्रयास, कां‌ग्रेसलाई छलफलमा बोलाए

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले संसदको गतिरोध हटाउन निरन्तर संवादमा छन्। गतिरोध अन्त्य गरेर सदन चलाउन प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई छलफलका ला...

काठमाडौंको बत्तिसपुतलीमा एक युवाको हत्या, चारजना पक्राउ

काठमाडौं । काठमाडौंको बत्तीसपुतलीमा गएराति एक युवकको हत्या भएको छ।  मोरङ घर भई कुमारी टोलमा बस्दै आएका २४ वर्षीय शम्भु धिमालको हत्या भएको जिल्ला प्...

नेकपा एसको स्थायी कमिटी बैठक आज पनि, लगत्तै पोलिटब्यूरो बस्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी आइतबार पनि बस्ने भएको छ। बैठक पार्टी कार्यालय आलोकनगरमा बिहान ११ बजे शुरु हुने पार्टीका उपमहासचिव जगन्...

चार प्रदेशमा मेघगर्जन र हुरीबताससहित भारी वर्षा हुने

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागल...

हमासको सशस्त्र शाखाद्वारा गाजामा बन्धक बनाइएको भिडियो सार्वजनिक

गाजा क्षेत्र । हमासको सशस्त्र शाखा एजेदिन अल-कसम ब्रिगेडले शनिबार हमास लडाकूद्वारा बन्धक बनाइएका एक व्यक्तिको भिडियो जारी गरेको छ । फुटेजमा उनी जीवित ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies