Khabar Dabali ३० बैशाख २०८३ बुधबार | 13th May, 2026 Wed

चुरे मासेर भारतलाई ढुंगा, गिट्टी बेच्न राष्ट्रिय सहमति

खबरडबली संवाददाता

काठमाडौं । ‘वातावरण प्रतिकुल नहुने गरि नदिजन्य ढुंगा, गिट्टी, बालुवा संकलन र वितरण गर्न आवश्यक कानुन निर्माण गरिनेछ, चुरे संरक्षण गर्दै वातावरणीय ह्रास नहुने गरि त्यस्ता खानीका बस्तुहरुको उत्पादन र निर्यातको व्यवसायीक सम्भावना खोजिनेछ’ यो नेपाल सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा समेटिएको बिषय हो ।

मन्त्रिपरिषदबाट पारित र राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा जेठ ५ गते वाचन गरेको दस्तावेजकै आधारमा सरकारले जेठ १५ गते सार्वजनिक गर्ने आगामी आर्थिक वर्षका लागि बजेट वक्तव्य तयार पार्दछ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको संयुक्त सरकारले ल्याएको चुरे दोहन सम्बन्धी यो नीतिमा सम्भवतः राष्ट्रिय सहमति देखिन्छ ।

यस अघि केपी ओली सरकारले पनि चुरेबाट ढुंगा, गिट्टी झिकेर निर्यात गर्ने व्यवस्था बजेटमा ल्याएको थियो । त्यतिबेला सरकारको चौतर्फी आलोचना भएको थियो । व्यापाक आलोचनापछि सरकारले बजेटको सो व्यवस्था कार्यान्वयन गरेको थिएन् । 

यसपाली पनि त्यसरी नै सरकारको नीति तथा कार्यक्रममा चुरेबाट गिट्टी, ढुंगा निर्यात गर्ने उल्लेख गरेको छ । तर त्यसको बिरोधमा खासै ठूलो आवाज उठेको छैन् ।

यस अघि चुरो दोहनका विरुद्ध आवाज उठाउने माधव नेपाल पनि यसपाली मौन छन् । नारायणमान बिजुक्छेले पनि मुख खोलेका छैनन् । 

सरकारको नीति था कार्यक्रम आउनु केहि दिन अघि मात्रै नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र नेपाल उद्योग परिसंघका अध्यक्ष बिष्णु अग्रवालले गिट्टी, ढुंगा निर्यात गरेर बर्षमा दुई खर्ब भन्दा बढी आम्दानी गर्न सकिने भन्दै सार्वजनिक लबिङ गरेका थिए ।

भारतका सीमावर्ती क्षेत्रका सडक, रेल, विमानस्थलसहित विभिन्न निर्माणाधीन ठूला परियोजनाका लागि नेपालका नदी र पहाडबाट ढुंगा, गिट्टी र बालुवा निजी कम्पनीहरुमार्फत निकालेर दैनिक सयौं गाडी भारततर्फ निकासी हुनेछन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending