Khabar Dabali १५ असार २०८३ सोमबार | 29th June, 2026 Mon
Investment bank

देवेन्द्रलाई योगेशको प्रतिप्रश्न- घरभित्र सुतिरहेकालाई जलाएर मान्छेले मार्नसक्छ ?

खबरडबली संवाददाता

काठमाडौं । ‘जनयुद्ध’ शब्दलाई लिएर नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदहरूबीच नोकझोक चर्किएको छ । नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममा ‘जनयुद्ध’ शब्द राखेकोप्रति आपत्ति जनाएपछि बहस बढेको हो ।

उनले जनयुद्ध शब्द स्वीकारेको भए कांग्रेसको इतिहास नै सकिने टिप्पणी गरेका थिए । भट्टराईलगत्तै माओवादीका सचिव देवेन्द्र पौडेल बोले । जनयुद्धलाई जोडेर कांग्रेसप्रति भट्टराई प्रश्नमा पौडेलले प्रतिवाद गरे ।

योगेशलक्षित गर्दै पौडेलले भने, ‘माननीयजीले जनयुद्धको बारेमा केही विषय उठाएर जानुभयो । माननीयजीलाई एक पटक डिक्सनरी पल्टाएर हेर्न अनुरोध गर्न चाहन्छु, त्यो माछा युद्ध थियो ? भालु युद्ध थियो ? जंगलका अर्नाहरू लडेका थिए ? कि रुख, ढुंगाहरू लडेका थिए ? माननीय डिक्सनरी पल्टाएर हेर्नुहोला, मानिसले लडेको युद्धलाई कि जनआन्दोलन भनिन्छ कि जनयुद्ध भनिन्छ । मानिसका छोराहरू लडेका युद्ध थियो । बिर्सिनुभयो वृहत्त शान्ति सम्झौता ?’

पौडेलले मानिसले लडेको युद्धलाई ‘जनयुद्ध’ नभनेर के भन्ने ? भन्दै प्रश्न गरेपछि भट्टराईले त्यसको जवाफ फर्काएका छन् । उनले कांग्रेसलाई प्रश्न गरेको भएपनि माओवादीबाटै आएको भन्दै घरभित्र सुतिरहेका मान्छेलाई जिउँदै जलाएर मान्छेले मार्न सक्छ ? भन्दै प्रतिप्रश्न गरेका छन् ।

उनले आँखा जुधाएर मात्र होइन नभएर छाती पिटेर बहस गर्न तयार रहेको बताएका छन् ।

उनले गुडिरहेको गाडीमा आगो लगाएर बालिका काजोल खातुनको निर्दयतापूर्वक हत्या मान्छेले गरेको हो ? स्कुलमा पढाइरहेका शिक्षक लमजुङका मुक्तिनाथ अधिकारी, ओखलढुङ्गाका गुरुप्रसाद लुइटेल, स्याङ्जाका गुप्तबहादुर विक र म्याग्दीका मणिलाल शर्मालाई कक्षा कोठाबाट घिसारेर शरीरका दर्जनौ ठाउँमा किला ठोकी ठोकी हत्या गर्नेकाम मान्छेले नै गरेको हो त ? भन्दै प्रश्न गरेका छन् ।

यस्तै, घरमा सुतिरहेका बुद्धिमान पाख्रिनलाई ओछ्यानबाटै घिसारेर सँबेदनशील अंगमा किला ठोकी ठोकी हत्या मान्छेले गर्न सक्छ ? स्वतन्त्रतापूर्वक कमल चलाउने पत्रकार डेकेन्द्र थापा, वीरेन्द्र शाह, ज्ञानेन्द्र खड्कालगायतका दर्जनौं पत्रकारको हत्या वन मान्छेले गरेको हो त महोदय ? भन्दै सांसद पौडलमाथि प्रतिप्रश्न गरेका छन् ।

यदु गौतम, कृष्ण सापकोटा, नवराज सुवेदी, तिलक पाण्डे, रामहरी श्रेष्ठको हत्या, हारजङमा घरभित्र सुतिरहेका मानिसहरुलाई आगो लगाएर जिउँदै जलाएर मार्ने काम मान्छेले गर्नसक्छ ? भन्दै प्रश्न गरेका छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending