Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

जेल बस्दाको समय सम्झिँदै पल भन्छन्- मेरो मन मुस्ताङमै हुन्थ्यो

खबरडबली संवाददाता

काठमाडौं । अभिनेता पल शाहले एक घटनाका कारण एक वर्ष जेल जीवन विताए । गत वर्षको फागुनमा जेलमुक्त भएका उनले केही दिनको विश्रामपछि लगातार म्यूजिक भिडियोमा काम गरिरहेका छन् । उनको कमब्याक भिडियो ‘तिमीलाई हेर्ने बानी पर्‍यो’को फिमेल भर्सन अघिल्लो हप्ता रिलिज भयो । जसलाई उनी आफैंले निर्देशन गरेका थिए भने आफ्नै जेल जीवनलाई दृश्यमा उतारेका थिए ।

जेलबाट छुटेपछि उनको दोस्रो भिडियो ‘आँशु बनि नखस कैले नि’ शनिबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरियो । यो गीत मुस्ताङ क्षेत्रमा खिचिएको हो । 

पल आफैंले निर्मातासँग मुस्ताङमा छायांकनको प्रस्ताव राखेका रहेछन् । मुस्ताङसँगको ‘कनेक्सन’ उनको जेल जीवनसँग जोडिएको छ । उक्त कार्यक्रममा उनले गीत छायांकनका लागि मुस्ताङ रोज्नुको रहस्य खुलाए ।

‘गीत कहाँ खिच्ने भनेर छलफल हुँदा मैले मुस्ताङमा खिचौं भनेर प्रस्ताव राखेको थिएँ,’ उनले जेल जीवन सम्झँदै भने, ‘विश्वविद्यालय (जेल)मा हामी २ घण्टा मेडिटेसन गर्थ्यौं । त्यहाँ हामीले पर्खाल र आकाश मात्र देख्थ्यौं । मेडिटेसनमा शवासन भन्ने आशन हुन्छ । त्यो बेला गुरुले आँखा चिम्लेर पर्खाल बाहिरको दुनियाँमा आफूलाई कल्पना गर्नुस् भन्नुहुन्थ्यो । त्योबेला मेरो मन मुस्ताङमा हुन्थ्यो ।’

मेडिटेसन गर्ने ठाउँबाट उनी बस्ने कोठा मुस्ताङ पुग्नझैं टाढा थियो । कोठा पुग्न उनले ९/१० वटा चेनगेट पार गर्नुपर्थ्यो । ती चेनगेट खोल्दै निस्कँदा उनको मन भने सधैं मुस्ताङमा हुन्थ्यो । उनी सम्झन्छन्, ‘मुस्ताङको हरियाली, ल्यान्डस्केप, ड्राइनेस, खोला मात्र मलाई याद आउँथ्यो । निस्केपछि मुस्ताङ जान्छु भनेर सोच्थेँ । बाहिर निस्किएपछि मैले नै यो गीत मुस्ताङमा खिचौं भनेको थिएँ ।’

जेलमुक्त भएपछि पलले म्यूजिक भिडियोमा मात्र काम गरिरहेका छन् । उनलाई फिल्मबाट पनि प्रस्तावहरु पुगिरहेको छ । एउटा टिमसँग भने उनको काम गर्ने सहमति भइसकेको जानकारीमा छ । 

जेल जानुभन्दा अगाडि उनले तीनवटा फिल्म सम्झौता गरेका थिए । तर, अहिले उनी ती फिल्ममा काम गर्ने मनस्थितिमा नै देखिएका छैनन् । उनलाई फिल्ममा सुखद कमब्याकको दबाब छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तीन पूर्वप्रधानमन्त्रीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको हो?

काठमाडौं । तीन पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान थ...

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बालेनले सोमबार दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। ...

कार्यवाहक सभापतिको हैसियतमा पूर्णबहादुरको विज्ञप्तिले झन्झन् पेचिलो हुँदै कांग्रेस विवाद

काठमाडौं । आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै तथा निर्वाचनमा अनपेक्षित हार खाएकै वेला कांग्रेसको आन्तरिक विवाद झन्झन् बढ्दै गएको छ । जे...

औपचारिक माफी माग्ने सरकारको प्रतिबद्धताप्रति दलित समुदायद्वारा स्वागत

काठमाडौँ । दलित तथा ऐतिहासिक रूपमा बहिष्कृत समुदायमाथि सरकारले औपचारिक रूपमा माफी माग्ने विषयको दलित समुदायले स्वागत गरेका छन् । दलित समुदायका नेता...

पुराना ऐन खारेज गर्ने र नीतिगत सुधारको प्रतिबद्धता स्वागतयोग्य: नेपाल उद्योग परिसंघ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै पुराना ऐन खारेजी तथा नीतिगत सुधारको प्रतिबद्वताप्रति नेपाल उद्योग परिसंघ...

लहान नगरपालिकाका कर्मचारीले चार महिनादेखि तलब पाएनन्

सिरहा । यहाँको लहान नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरूको विगत चार महिनादेखि तलब रोकिएको छ । तलब नपाउँदा उनीहरूको दैनिकी चलाउनै समस्या भएको गुनास...

यस्तो छ कृषि उपजको आजका लागि थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...

गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

रसुवा । डडेलोका कारण उजाड बनेको यहाँको गतलाङस्थित वन क्षेत्रलाई पुनः हरियाली बनाइने भएको छ । यसका लागि डिभिजन वन कार्यालयले ‘ड्रोन’मार्फत वनस्पतिका बी...

एमाले लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ

काठमाडौँ । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।  सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गरे। ...

स्पा सेन्टरमा बालिकालाई काममा लगाएको आरोपमा लेकसाइडका आठ सञ्चालक पक्राउ

गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा सेन्टरमा बालिकाहरूलाई काममा लगाएको आरोपमा आठ जना स्पा सञ्चालकलाई आइतबार पक्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending