Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

जेल बस्दाको समय सम्झिँदै पल भन्छन्- मेरो मन मुस्ताङमै हुन्थ्यो

खबरडबली संवाददाता

काठमाडौं । अभिनेता पल शाहले एक घटनाका कारण एक वर्ष जेल जीवन विताए । गत वर्षको फागुनमा जेलमुक्त भएका उनले केही दिनको विश्रामपछि लगातार म्यूजिक भिडियोमा काम गरिरहेका छन् । उनको कमब्याक भिडियो ‘तिमीलाई हेर्ने बानी पर्‍यो’को फिमेल भर्सन अघिल्लो हप्ता रिलिज भयो । जसलाई उनी आफैंले निर्देशन गरेका थिए भने आफ्नै जेल जीवनलाई दृश्यमा उतारेका थिए ।

जेलबाट छुटेपछि उनको दोस्रो भिडियो ‘आँशु बनि नखस कैले नि’ शनिबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरियो । यो गीत मुस्ताङ क्षेत्रमा खिचिएको हो । 

पल आफैंले निर्मातासँग मुस्ताङमा छायांकनको प्रस्ताव राखेका रहेछन् । मुस्ताङसँगको ‘कनेक्सन’ उनको जेल जीवनसँग जोडिएको छ । उक्त कार्यक्रममा उनले गीत छायांकनका लागि मुस्ताङ रोज्नुको रहस्य खुलाए ।

‘गीत कहाँ खिच्ने भनेर छलफल हुँदा मैले मुस्ताङमा खिचौं भनेर प्रस्ताव राखेको थिएँ,’ उनले जेल जीवन सम्झँदै भने, ‘विश्वविद्यालय (जेल)मा हामी २ घण्टा मेडिटेसन गर्थ्यौं । त्यहाँ हामीले पर्खाल र आकाश मात्र देख्थ्यौं । मेडिटेसनमा शवासन भन्ने आशन हुन्छ । त्यो बेला गुरुले आँखा चिम्लेर पर्खाल बाहिरको दुनियाँमा आफूलाई कल्पना गर्नुस् भन्नुहुन्थ्यो । त्योबेला मेरो मन मुस्ताङमा हुन्थ्यो ।’

मेडिटेसन गर्ने ठाउँबाट उनी बस्ने कोठा मुस्ताङ पुग्नझैं टाढा थियो । कोठा पुग्न उनले ९/१० वटा चेनगेट पार गर्नुपर्थ्यो । ती चेनगेट खोल्दै निस्कँदा उनको मन भने सधैं मुस्ताङमा हुन्थ्यो । उनी सम्झन्छन्, ‘मुस्ताङको हरियाली, ल्यान्डस्केप, ड्राइनेस, खोला मात्र मलाई याद आउँथ्यो । निस्केपछि मुस्ताङ जान्छु भनेर सोच्थेँ । बाहिर निस्किएपछि मैले नै यो गीत मुस्ताङमा खिचौं भनेको थिएँ ।’

जेलमुक्त भएपछि पलले म्यूजिक भिडियोमा मात्र काम गरिरहेका छन् । उनलाई फिल्मबाट पनि प्रस्तावहरु पुगिरहेको छ । एउटा टिमसँग भने उनको काम गर्ने सहमति भइसकेको जानकारीमा छ । 

जेल जानुभन्दा अगाडि उनले तीनवटा फिल्म सम्झौता गरेका थिए । तर, अहिले उनी ती फिल्ममा काम गर्ने मनस्थितिमा नै देखिएका छैनन् । उनलाई फिल्ममा सुखद कमब्याकको दबाब छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending