काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा १६ जना पक्राउ परिसकेका छन्। तर, अझै उजुरी आउने क्रम जारी छ। आइतबार मात्रै थप पाँचवटा उजुरी परेको छ। पक्राउ परेकामाथि अनुसन्धान सँगै प्रहरीले प्रतिवेदन बनाइरहँदा उजरी पनि आइरहेका छन्।
पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझीसहित १६ जनालाई थप अनुसनधान गर्नुपर्ने भएकाले आइतबार तीन दिन म्याद थपिएको थियो। उनीहरूविरुद्ध म्याद थप भइरहँदा आइतबार नै ५० लाख ठगी भएको विवरणसहित ५ जनाको उजुरी आएको प्रहरीले जनाएको छ।
यस प्रकरणमा अनुसन्धान गरी तयार गरेको प्रतिवेदन आइतबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने तयारी पनि थियो। तर, थप उजुरी परेपछि सोमबार मात्रै प्रतिवेदन बुझाउने तयारी भएको प्रहरी अधिकारी बताउँछन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीका अनुसार अहिलेसम्म १ सय ११ जनाको उजुरी परेको छ। अनुसन्धान पूर्णतया नसकिएकाले प्रतिवेदन बुझाउन नसकिएको कार्कीले बताए।
उनी भन्छन्, ‘यसै प्रकरणमा संग्लन भएकाहरूपछि पनि पक्राउ पर्ने र नयाँ उजुरी आइरहेको भएर पनि अनुसन्धान सकिएको छैन। बयान लिने, प्रमाण जुटाउने लगायतका केही कामहरू बाँकी नै छ। सकेसम्म सोमबारसम्म प्रतिवेदन बुझाउने तयारी प्रहरीको छ।’
पक्राउ परेका व्यक्तिलाई प्रहरी हिरासतमा राख्नका लागि अदालतबाट अनुमती लिनुपर्ने हुन्छ। यसअघि प्रहरी नियन्त्रणमा रहेका आरोपी १६ जनाको म्याद आइतबार सकिएपछि थप म्याद लिनका लागि प्रहरीले उनीहरू सबैलाई जिल्ला सरकारी वकिल कार्यालयमा पुर्याएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: