Khabar Dabali ६ असार २०८३ शनिबार | 20th June, 2026 Sat
Investment bank

गणतन्त्र आएको १५ वर्षपछि सर्वसाधारणका लागि खुला गरिँदै पोखराको रत्न मन्दिर

खबरडबली संवाददाता

पोखरा, पूर्वराजपरिवारको हिउँदकालीन दरबारका रूपमा चिनिने पोखराको रत्न मन्दिर सर्वसाधारणका लागि खुला गरिँदै छ। गणतन्त्र दिवसको अवसर पारेर यही जेठ १५ गतेदेखि मन्दिर खुला गर्न लागिएको हो।

नवौँ शाहवंशीय राजा महेन्द्रले आफ्नी कान्छी रानी रत्नको नाममा ‘रत्नमन्दिर’ बनाएका थिए। राजसंस्थाको अन्त्यपछि २०६४ सालमा नेपाल ट्रस्टको स्वामित्वमा आएसँगै उक्त दरबार हालसम्म बन्द थियो। शाहवंशीय राजाको इतिहाससँग गाँसिएको उक्त मन्दिर सर्वसाधारणका लागि खुला गर्नुपर्ने स्थानीयले माग गर्दै आएका थिए।

नेपाल ट्रस्टका सञ्चालक सदस्य योङजोम शेर्पाले पहिलोपटक यही जेठ १५ गतेदेखि सर्वसाधारण र पर्यटकका लागि दरबार खुला गर्न लागिएको जानकारी दिए।

‘देशविदेशका पर्यटकलाई लक्ष्य गरी दरबार परिसर खुला गर्दैछौं,’ उनले भने, ‘रत्न मन्दिर खोल्ने वषौंदेखिको प्रयासले सार्थकता पाएको छ।’

दरबारको संवेदनशीलता र प्राविधिक कठिनाइका कारण दरबारको सबै भाग भने खुला नहुने सञ्चालक सदस्य शेर्पाले बताए।

‘अहिलेलाई दरबार परिसर खुला हुनु नै ठूलो कुरा हो, तत्काललाई दरबारका सबै कक्ष र कोठासम्म पर्यटक लैजान मिल्ने अवस्था छैन,’ उनले भने।

दरबारका कोठा, भर्‍याङदेखि भित्री संरचना साँघुरा छन्। एकैपटक सबै खोल्दा दरबारमा रहेका ऐतिहासिक सामग्रीको सुरक्षादेखि आन्तरिक व्यवस्थापनमा चुनौती छ। 

‘दरबार परिसर नै पर्यटकलाई लोभ्याउने खालको छ, दरबारभित्रको भागलाई भिडिओ प्रविधिबाट बाहिर देखाउने विषयमा सोचिरहेका छौं,’ सञ्चालक सदस्य शेर्पाले भने, ‘दरबार अवलोकन गर्न आउने पर्यटकलाई रोमाञ्चक अनुभूति लिएर फर्कने वातावरण हामी बनाउँछौँ।’

रत्न मन्दिर खोल्ने निर्णय भएपछि सञ्चालक सदस्य शेर्पा पोखरामै बसेर व्यवस्थापकीय तयारीमा जुटेका छन्। नेपाल ट्रस्टले दरबार खोल्नका लागि आवश्यक पूर्वतयारीदेखि स्थानीय संयोजनको जिम्मा उनलाई नै दिएको छ। पोखरास्थित नेपाल ट्रस्टको एकाइ कार्यालयका अनुसार दरबार प्रवेशमा नेपालीका लागि एक सय रुपैयाँ शुल्क तोकिने छ भने विद्यार्थी, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई ५० प्रतिशत छुट दिइनेछ। विदेशी पर्यटकबाट रू हजार या पाँच सय लिने भन्ने विषयमा निर्णय हुन बाँकी रहेको सञ्चालक सदस्य शेर्पाले बताए। 

दरबार खुल्ने समय केही दिनमा निर्धारण हुने जनाइएको छ। अहिले दरबार परिसरमा मर्मतसम्भार, रङ्गरोगन र साजसज्जाको काम चलिरहेको एकाइ कार्यालयका प्रमुख गीता मिजारले जानकारी दिइन्।

‘अहिले दरबार बाहिरको परिसर मात्र सर्वसाधारणका लागि खुला गर्न लागेका छौं,’ उनले भनिन्, ‘अरू क्षेत्र क्रमश: खोल्दै जाने योजना छ।’

दरबारभित्र के छ ?

पोखरा महानगरपालिका–६ फेवाताल किनारमा रत्न मन्दिर अवस्थित छ। गौरीघाट कटेपछि बाराहीघाट नपुग्दै बीचमा रत्न मन्दिर आइपुग्छ। रत्न मन्दिर विसं २०१३ मा निर्माण आरम्भ भएर विसं २०१५ निर्माण सम्पन्न भएको थियो।

पोखरा आउँदा ठाउँ मन परेपछि पूर्वराजा महेन्द्रले सो दरबार बनाएका थिए। राजा महेन्द्रले रानी रत्नलाई दिएको उपहारका रूपमा समेत रत्न मन्दिरलाई लिने गरिन्छ। प्राकृतिक सौन्दर्यका दृष्टिले पनि रत्न मन्दिर र वरपरको वातावरण मनमोहक छ। तीनतले दरबारमा ११ कोठा छन्। भूइँ तलामा अतिथिकक्ष, भोजनालय, राजाका सुरक्षा अधिकृत ९एडिसी० बस्ने कोठा र आरामकक्ष छन्।

दोस्रो तलामा पाँच कोठा छन्। कोठाबाहिरको मुख्य हलमा बैठककक्ष छ। जसमा राजपरिवारका सदस्यमात्र बैठक बस्ने गर्थे। राजपरिवारले क्यारेमबोर्ड, चेस, तास आदि खेल्ने कोठा पनि सोही तलामा छ। त्यो बेलाका खेल सामग्री सुरक्षित छन्। दोस्रो तलामा युवराजको शयनकक्षसहित तीन पाहुना कोठा छन्। राजपरिवारका निकटस्थ नातेदार र आफन्तका लागि ती कोठा प्रयोग गरिन्थ्यो।

सबैभन्दा माथिल्लो तलामा राजारानीको शयनकक्ष र पूजा कोठा छ। बाहिरपट्टि आरामकक्ष र दृश्यावलोकनका लागि कौशी छ। हरेक कोठामा रहेका पलङ, खाट, कुर्ची, टेबललगायत फर्निचरका सामग्री बेतबाट बनेका छन्। मुख्य कोठामा सजावट र उपहारका सामग्री राखिएका छन्। राजपरिवारका सदस्यले प्रयोग गर्ने भान्छादेखि शृङ्गारसम्मका सामग्री सुरक्षित राखिएका छन्।

भित्तामा पूर्वराजा तथा पूर्वयुवराजका तस्बिर सजाइएका छन्। नेपाली कला झल्काउने हस्तकलाका सामग्री र आकर्षक ‘पेन्टिङ’हरु दरबारभित्र छन्। दरबारमा प्रयोग हुने टेलिभिजन, रेडियो, टेलिफोन सेटलगायत सञ्चार र सूचना प्रविधिका सामग्री सङ्ग्रहित छन्।

काठ र ढुङ्गाबाट दरबार बनेको छ। निर्माणमा रैथाने सीप र प्रविधि प्रयोग भएको देखिन्छ। दरबारको पछाडिपट्टि भान्छा, कर्मचारी र सुसारेका लागि बनाइएका स(साना कोठा छन्। सुरक्षाका लागि नेपाली सेनाको छुट्टै भवन छ। अहिले रणचण्डी गणले रत्न मन्दिरमा सुरक्षा पहरा दिइरहेको छ।

२३ वर्षदेखि रत्न मन्दिरको रेखदेखमा खटिँदै आएकी कार्यालय सहयोगी दुर्गा पराजुलीले राजपरिवारले प्रयोग गर्ने गरेका सबै सामग्री सुरक्षित राखिएको बताइन्।

‘विस्तारा, भाँडाकुँडादेखि सबै सरसामान जोगाएर राखेका छौं,’ उनले भनिन्,‘राजपरिवारले प्रयोग गर्ने सियोदेखि महँगा उपहारसम्म दरबारभित्र छन्।’

नेपालमा दुई सय ४० वर्षसम्म शासन गरेको शाहवंशसँग जोडिएको रत्न मन्दिर खुला गर्न यसअघि पनि प्रयास भएका थिए। गत चैत २६ मा रत्न मन्दिरको अवलोकनपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले छिट्टै रत्नमन्दिरलाई सर्वसाधारणका लागि खुला गरिने बताएका थिए। गण्डकी प्रदेशका मुख्यमन्त्री, पोखरा महानगरका प्रमुखलगायत राजनीतिक नेतृत्वले पनि रत्न मन्दिर खुला गर्न पहल गर्दै आएका थिए।

पोखरा महानगरका प्रमुख धनराज आचार्यले लामो प्रयासपछि रत्न मन्दिर खुला हुन लागेको बताइ। मन्दिर खुलेसँगै पोखराको पर्यटनमा थप टेवा पुग्ने उनले उल्लेख गरे। पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले रत्न मन्दिरले पोखरा आउने पर्यटकको बसाइँ लम्बाउन मद्दत पुग्ने बताए।

‘रत्न मन्दिर खोल्नुपर्छ भन्ने हामी पोखरेलीको पहिले देखिकै माग हो। रत्न मन्दिर खुला गर्न अहिलेको पर्यटनमन्त्रीसहित नेपाल ट्रस्टको नेतृत्वले लिएको पहलप्रति हामी कृतज्ञ छौं, यसले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुर्‍याउँछ,’ उनले भने।

इतिहासको बोकेको रत्न मन्दिरलाई पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्नुपर्ने माग पोखराका पर्यटन व्यवसायीले गर्दै आएका थिए। पोखरा घुम्न आउने पर्यटकलाई रत्न मन्दिरले नयाँ आकर्षण थप्ने पर्यटन व्यवसायीको विश्वास छ। यसअघि नेपाल ट्रस्टले रत्न मन्दिर र हिमागृहलाई व्यावसायिक प्रयोजनका लागि निजी क्षेत्रलाई दिने तयारी गरे पनि पर्यटन व्यवसायीले विरोध जनाएका थिए। अहिले ट्रस्टको व्यवस्थापनमा रत्न मन्दिर खुला गर्न लागिएको हो। मन्दिरको पूर्वपट्टी रहेको हिमागृह भने तत्काल नखुल्ने ट्रस्टको पोखरास्थित एकाइ कार्यालयले जनाएको छ।

पूर्वराजा महेन्द्रका माहिला भाइ हिमालय वीरविक्रम शाहका नामबाट हिमागृह बनेको थियो। रत्न मन्दिर २१ रोपनी र हिमागृह १० रोपनी क्षेत्रफलमा फैलिएको छ। दुवै दरबारसहित रत्न मन्दिरका नाममा कुल एक सय ७४ रोपनी जग्गा छ। रत्न मन्दिर र हिमागृहको स्वामित्व अहिले नेपाल ट्रस्टका नाममा छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश राष्ट्रिय सभाबाट बहुमतले स्वीकृत

काठमाडौँ। राष्ट्रिय सभाले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ लाई बहुमतले स्वीकृत गरेको छ । शुक्रब...

रवि लामिछानेविरुद्धको सङ्गठित अपराध अभियोग हटाउन अदालतको अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध लगाइएको सङ्गठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन ...

बर्डफ्लु सङ्क्रमणपछि जावलाखेल चिडियाखाना दुई साताका लागि बन्द

काठमाडौंँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा रहेका केही पक्षीमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि चिडियाखाना कम्तीमा दुई साताका लागि बन्द गरिएको ...

झापामा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा मामा र भान्जीको घटनास्थलमै मृत्यु

बिर्तामोड। झापाको कन्काई नगरपालिका–५ स्थित चप्रामारी भन्ने स्थानमा जोत्न निकालेको ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार ५ वर्षीया बालिकासह...

जेनजी आन्दोलनबारे मानव अधिकार आयोगको सिफारिस गैरसंवैधानिक: बार अध्यक्ष मिश्र

काठमाडौं । नेपाल बार एशोसिएशन का अध्यक्ष डा. विजयप्रसाद मिश्रले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोग को सिफारिस गैरसंवैधानिक रहेको बताएका ...

प्रहरी हिरासतमा श्रीकृष्ण विकको मृत्यु प्रकरण, यातना दिएको पुष्टि भएन: गृहमन्त्री

काठमाडौं । सिन्धुली जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका श्रीकृष्ण विकको मृत्यु प्रकरणमा प्रहरीले कुनै पनि प्रकारको शारीरिक वा मानसिक यातना दिएको प...

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ। नेपाल सरकारको मन्त्रिपरिषद् बैठक आज अपराह्न ४:३० बजे बस्ने भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजन...

नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि, १४० कम्पनीको शेयर मूल्य ओरालो

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव ६३ अङ्कले उक...

सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत

काठमाडौँ। ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ प्रतिनिधि सभाबाट स्वीकृत भएको छ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गर...

प्रतिनिधिसभाबाट ४ अध्यादेश स्वीकृत, ६ दिनपछि बस्ने गरी बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले चार वटा अध्यादेश स्वीकृत गर्दै ६ दिनपछि बस्ने गरी बैठक स्थगित गरेको छ। अब अर्को बैठक असार ११ गते बिहान...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending