Ntc
Khabar Dabali २६ जेष्ठ २०८० शुक्रबार | 9th June, 2023 Fri

इन्डियन प्रिमियर लिग : पन्जाबलाई हराएको राजस्थानको प्लेअफ सम्भावना कायमै

खबरडबली संवाददाता

काठमाडौं । पन्जाब किंग्सलाई पराजित गरि राजस्थान रोयल्सले जारी इन्डियन प्रिमियर लिग (आइपीएल) को शीर्ष चारमा रहदै प्लेअफ प्रवेशको सम्भावना कायमै राखेको छ।

धर्मशालाको एचपीसीएको क्रिकेट मैदानमा भएको खेलमा राजस्थान ४ विकेटले विजयी भएको हो । पन्जाबले दिएको १ सय ८८ रनको लक्ष्य राजस्थानले १९ दशमलब ४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।

राजस्थानको जितमा यशस्वी जैसवाल र देवदत्त पडिकलले अर्धशतकीय ईनिङ खेले । पडिकलले ३० बलमा ५ चौका र ३ छक्काको सहयोगमा ५१ रन बनाए । जैसवालले ३६ बलमा ८ चौकाको सहयोगमा ५० रन बनाए ।

ओपनर जस बटलर एकै सिजनमा ५ पटक डग आउट हुने खराब कीर्तिमान बनाउँदै दोस्रो ओभरमा नै आउट भए । दोस्रो विकेटका लागि जैसवाल र पडिकल मिलेर ७३ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए ।

चौथो विकेटका लागि सिमरन हिटमायर जैसवालले ४७ रनको साझेदारी गरेका थिए । सिमरन हिटमायरले २८ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ४६ रन बनाए । रियान परागले १२ बलमा १ चौका र २ छक्काको सहयोगमा २० रन बनाए ।

धुव्र जुरेल छक्का प्रहार गर्दै राजस्थानलाई जित दिलाएका थिए । जुरेलले ४ बलमा अविजित १० रन बनाएका थिए । पन्जाबका लागि कागिसो रबाडाले २ तथा राहुल चहर,साम करन,नाथन एलिस र अर्शदिप सिंहले समान १/१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८७ रन बनाएको थियो । पन्जाबका लागि साम करनले ३१ बलमा ४ चौका र २ छक्काको सहयोगमा अविजित ४९ रन बनाए । सुरुआत राम्रो हुन नसकेको पन्जाबका ओपनर प्रभसिमरन सिंह पहिलो ओभरमा २ रन बनाउँदै आउट भएका थिए ।

दोस्रो विकेटका लागि ओपनर तथा कप्तान शिखर धवन र अथर्व ताइडेले ३६ रनको साझेदारी गरेका थिए । कप्तान धवनले १२ बलमा १७ तथा ताइडेले १२ बलमा १९ रन बनाए । पाँचौ विकेटका लागि साम करन र जितेश शर्माले ६४ रनको साझेदारी गर्दै टोलीलाई बलियो योगफल सम्म पुर्याएका थिए ।

शर्माले २८ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ४४ रन बनाए । पाँचौ विकेटका लागि साम करन र साहरुख खानले अविजित ७३ रनको साझेदारी गर्दै टोलीलाई बलियो योगफलसम्म पुर्याए ।

खानले २३ बलमा ४ चौका तथा २ छक्काको सहयोगमा अविजित ४१ रन बनाए । राजस्थानका लागि नवदिप सैनीले ३ तथा ट्रेन्ट बोल्ट र एडम जाम्पाले समान १/१ विकेट लिए । राजस्थान १४ खेलबाट १४ अंकका साथ पाँचौ स्थानमा रहेको छ । राजस्थानको प्लेअफ प्रवेशको सम्भावना कायमै रहेको छ ।

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मुलुक जिताएर आएका प्रधानमन्त्रीलाई लाज नमानि भन : प्रचण्ड जिन्दावाद !

खासमा हाम्रो तन्तुमा देश छैन । तन्तु र तत्तुमा देश नभएकाहरु अराजक हुन्छन् । आजकल अराजकता पोख्न केही अमेरीकी साहुका भित्ताहरु उपलव्ध छन् । जसलाई हामीले...

डिशहोमको इन्टरनेटले पायो गुणस्तर चिन्ह

काठमाडौं ।  नेपालमा DTH सेवा प्रदान गरि रहेको डिश मिडिया नेटवर्क लिमिटेडले डाटा सेन्टर र इन्टरनेट सेवामा ISO प्रमाणीकरण प्राप्त गरेको छ । Americo qual...

नक्कलि भुटानी शरणार्थी प्रकरण : यि हुन् पक्राउ परेका १६ अभियुक्त

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म १६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तत्कालीन उप्रधानमन्त्रीदेखि बहालवाला सचिव समेत छन् । पक...

कांग्रेस नेता गुरुङ पक्राउ : आठ करोड बढी ठगी

सिन्धुली। नेपाली कांग्रेसका युवा नेता एवं सिन्धुलीबाट प्रतिनिधिसभा सदस्यका लागि दावेदार रहेका कृष्णमुरारी गुरुङ आठ करोड बढी रकम र सुन ठगी गरेको आरोपमा...

इन्डियन प्रिमियर लिग : पन्जाबलाई हराएको राजस्थानको प्लेअफ सम्भावना कायमै

काठमाडौं । पन्जाब किंग्सलाई पराजित गरि राजस्थान रोयल्सले जारी इन्डियन प्रिमियर लिग (आइपीएल) को शीर्ष चारमा रहदै प्लेअफ प्रवेशको सम्भावना कायमै राखेको ...

एक युग प्रचण्ड

मानिसहरु यस्तो ठान्छन कि यो देश आफै चल्दैन । यो ति उडन्ते र घुमन्तेहरुको तर्क हो । जो हातमा साक्षर भएको प्रमाणपत्र बोकेर वावुको अंशले जन्मजात सम्पन्न ...

नेपाल टेलिकमको आम्दानी ६७ करोड २९ लाख बढ्यो

काठमाडौं । चालू आर्थिक वर्षको चैतसम्मको अवधिमा नेपाल टेलिकमको आम्दानी ६७ करोड २९ लाख रुपैयाँले बढेको छ । टेलिकमले दिएको जानकारी अनुसार गत वर्षको यही अ...

ओम्नी र वाइडबढीको फाइल खोल्ने तयारीमा सरकार

काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै सर्वसाधारणसँग रकम असुली गर्ने संगठित गिरोहका मानिस धमाधम पक्राउ परिरहेका बेला स...

काठमाडौंकावासीले जेठ १ गतेबाट मेलम्चीको खानेपानी पिउन नपाउने

काठमाडौं । काठमाडौं उपत्यकामा वितरण हुँदै आएको मेलम्चीको पानी आगामी जेठ १ गतेदेखि पानी वितरण बन्द गरिने भएको छ । आयोजनाको मुहान तथा हेडवक्र्समा केह...

अभियुक्त भेट्न हिरासत पुगेका खाँडका सहयोगी पूर्व सांसद शेर्पा फरार

काठमाडौं । उच्चपदस्थ व्यक्तिहरूकै संलग्नतामा शरणार्थीका नाममा भएको ठगी घटनामा प्रहरीले अनुसन्धान तीव्र बनाएपछि कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा पनि...

अरु धेरै
Right path detel page
Vianet Nepal Internet

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Salt Trending Detail Page