काठमाडौं । युक्रेनले आफूले किएभमाथि गरिएका व्यापक गोलाबारीमाझ कैयौँ रुसी हाइपरसोनिक क्षेप्यास्त्रहरूलाई खसालिदिएको जनाएको छ।
किएभले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले किन्जाल हाइपरसोनिक क्षेप्यास्त्रहरूलाई विफल तुल्याएको जनाएको छ। रुसले सबै हवाई सुरक्षा प्रणालीलाई उक्त क्षेप्यास्त्रले पार गर्न सक्ने दाबी गर्दै आएको थियो।
अधिकारीहरूका अनुसार छोटो समयभित्रै प्रहार गरिएका १८ प्रकारका क्षेप्यास्त्रहरूमा किन्जाल पनि थियो। रुसले त्यसलाई खसालिएको भन्ने दाबी अस्वीकार गर्दै एउटाले अमेरिकाले आपूर्ति गरेको पेट्रिअट हवाई प्रतिरक्षा प्रणालीलाई नष्ट गरिदिएको जनाएको छ।
युक्रेनले प्रतिक्रिया जनाउन अस्वीकार गरेको थियो। बीबीसीले दुवै देशले गरेका दाबी स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन।
युक्रेनको दाबी
रुसले हालैका हप्ताहरूमा हवाई आक्रमणहरूमा वृद्धि गरेको छ। अपेक्षा गरिएको युक्रेनी प्रत्याक्रमणअघि यो महिनामात्रै उसले आठ पटक युक्रेनी राजधानीमा बमबारी गरेको छ।
मङ्गलवार साँझ रुसका रक्षा मन्त्री सेर्गेइ सोइगुले किएभले दाबी गरेको सङ्ख्यामा मस्कोले किन्जाल क्षेप्यास्त्रहरू प्रहार नगरेको बताए।
तर किएभको दाबी सत्य पुष्टि भएको खण्डमा आफ्नो क्षेप्यास्त्र प्रणालीको सबैभन्दा भरपर्दो अस्त्र नष्ट गर्नसक्ने युक्रेनको क्षमताले मस्कोलाई निराश तुल्याउनेछ। खासगरी पेट्रिअटसहित अत्याधुनिक पश्चिमा प्रतिरक्षा प्रणाली किएभले प्राप्त गरेसँगै यस्तो अवस्था बनेको हो।
रुसले आफ्ना क्षेप्यास्त्रहरू ११ हजार किलोमिटर भन्दा बढी वेगले यात्रा गर्नसक्ने बताउँदै आएको छ। उसले विश्वको कुनै पनि हवाई प्रतिरक्षा प्रणालीले त्यसलाई नष्ट गर्ननसक्ने धारणा राख्दै आएको छ।
किन्जाल विमानबाट प्रहार गरिने बलिस्टिक क्षेप्यास्त्र हो। अधिकांश बलिस्टिक क्षेप्यास्त्रहरू निश्चित विन्दुमा ध्वनिको गतिभन्दा पाँच गुणा अर्थात ६ हजार किलोमिटर प्रतिघण्टा भन्दा तेज हुन्छन्। किएभले अघिल्लो साता आफूले पहिलो पटक किन्जाललाई खसालिदिएको जनाएको थियो।
केही दिन यता युक्रेनी राष्ट्रपति भोलोदीमिर जेलेन्स्की युरोपको भ्रमणमा छन्। त्यसक्रममा यूकेका प्रधानमन्त्री ऋषि सुनक र फ्रान्सका राष्ट्रपति एम्मानुएल माक्रोंसहितका नेताहरूले अर्बौँ डलर बराबरका सैन्य सामाग्री सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: