काठमाडौं। सरकारले जनआन्दोलनमा घाइते भएर गत वैशाख २७ मा मृत्यु भएका बनेपाका मुकेश कायस्थलाई सहिद घोषणा गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले कायस्थलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो ।
“जनआन्दोलनमा घाइते भई केही दिन अघि निधन भएका मुकेश कायस्थलाई सहिद घोषणा गर्ने निर्णय केही बेर अघि बसेको मन्त्रिपरिषद् बैठकले गरेको छ,” सरकारकी प्रवक्ता रेखा शर्माले भनिन् ।
यस्तै मन्त्रिपरिषद्को बैठकले लिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन विधेयकको मस्यौदा निर्माण गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको छ ।
यस्तै एसिया प्यासिफिक ग्रुप एपिजीको बैठकमा सहभागी हुन जान राष्ट्र बैठकका गभर्नर महाप्रसाद अधिकारीको टोलिलार्ई स्वीकृति प्रदान गरेको छ ।
बुटवल–लमही चारसय केभी प्रशारण लाइनअन्तर्गत मोतिपुर सवस्टेसनका लागि बाणगंगा नगरपालिकामा १५ विगाह जग्गा प्राप्ति गर्ने र प्रारम्भिक काम अघि बढाउन अधिकारी तोक्ने निर्णय गरेको छ ।
राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत नेतृत्वको प्रतिनिधिमण्डललाई समाजिक आय ‘स्क्याप’को ७९औँ बैठकममा भाग लिन थाइल्याण्ड जान स्वीकृति प्रदान गरेको छ ।
कलैया र सिमौनगढको नापी तथा मालपोतसम्बन्धी कार्यक्षेत्रमा रहेका साविक पिपरा विर्ता, पिरारीगोठ, वर्किफूलबरिया, कविहिगोठ, बबहि, हर्दिया, परसुरामपुर र नजरियालाई नापि कार्यालय पिराको कार्यक्षेत्रमा पर्नेगरी कार्यक्षेत्र संशोधन गर्ने निर्णय गरेको छ ।
बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक विस्तारित सडक सिमा भित्रका घरटहरा हटाई क्षतिपूर्ति दिने र प्रारम्भिक कारबाही चलाउन स्वीकृति दिने निर्णय गरेको छ ।
जुम्ला विमानस्थलको धावनमार्ग विस्तार तथा नयाँ टर्मिलन भवन बनाउन १८३.रोपनी जग्गा प्राप्तिका लागि नागरिक उड्डयन प्राधिकरणलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
जेठ ७ देखि १६ गते सम्म जेनेभामा आयोजना हुने ७६औँ विश्व स्वास्थ्य सम्मेलनमा सहभागि हुन स्वास्थ्यतथा जनसंख्यामन्त्री मोहनबस्नेत र अत्तिरिक्त सचिव डा. विकास देवकोटालाई स्वीकृति दिने निर्णय भएको छ ।
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको संरक्षक समितिमा प्रा। श्रीराम रामकृष्ण सिंगापुर, प्रा संगीता सिंह काठमाडौं, प्रा। पुष्करमान बज्राचार्य काठमाडौं, प्रा सुजान कौटियर क्यानडा, प्रा। नाम त्योस्यो, अमेरिका, प्रा. सुदरर्शनराज तिवारी काठमाडौं, पदम ज्योति काठमाडौं, लोचन ज्ञवाली ललितपुर, डा. सन्दुक रुइत, काठमाडौं र भानुप्रसाद आचार्य भक्तपुर मनोनयन गर्ने निर्णय गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: