Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

किसानलाई अनुदानमा कृषि उपकरण वितरण

खबरडबली संवाददाता

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाले किसानलाई अनुदानमा कृषि उपकरण वितरण गरेको छ । नगरपालिकाले नगरभित्र रहेर व्यावसायिकरूपमा कृषि पेसा गर्दै आएका किसानलाई अनुदानमा कृषि   उपकरण वितरण गरेको हो । कावासोती नगरपालिकाभित्र रहेका २२ वटा कृषक समूहमार्फत किसानका लागि  विभिन्न प्रकारका कृषि उपकरण वितरण गरिएको कृषि शाखा प्रमुख शिवनारायण कुमालले बताए । नगरपालिकामा रहेका कृषि सहकारी, कषक समूह, फार्मलगायतमार्फत व्यावसायिकरूपमा कृषि पेसा गर्दै आएका किसानलाई  कृषि उपकरण वितरण गरिएको शाखा प्रमुख कुमालले बताए ।

कृषि उत्पादनमा लागत घटाउँदै प्रतिफल धेरै लिन मद्दत पुगोस् भनेर नगरपालिकाले अनुदानमा कृषि उपकरण वितरण गरेको शाखा प्रमुख कुमालले बताए । नगरपालिलकाले धान काट्ने मेसिन पाँच थान, दाना बनाउने मेसिन चार थान, छाटी काट्ने मेसिन २२ थान, पोखरीमा माछालाई अक्सिजन दिने मेसिन एरिएटर एक थान, हाते ट्र्याक्टर तीन थान, ड्याङ बनाउने मेसिन र पम्प दुई–दुई थान, मकै छोडाउने मेसिन एक थान, स्प्रेट्याङ्की १० थानलगायतका कृषि उपकरण र  सामग्री वितरण गरिएको शाखा प्रमुख कुमालले बताए ।

“हामीले मुख्यगरी परम्परागतरूपमा गरिएको कृषिलाई विस्थापन गरी कृषि उपकरणको सहयोगले कम लागतमा धेरै प्रतिफल किसानले लिन सकुन् भनेर कृषि  उपकरण वितरण गरेका हौँ”, शाखा प्रमुख कुमालले भने, “अहिले किसानको उत्पादन लागत धेरै हुँदा बजारीकरणमा समस्या पर्ने, साथै कम प्रतिफल प्राप्त गर्न अवस्था छ ।”

कावासोती नगरपालिकाभित्र विभिन्न कृषि बालीका पकेट कार्यक्रम सञ्चालन गरी अनुदानहरू वार्षिकरूपमा प्रदान गर्दै आएको शाखा प्रमुख कुमालले बताए । कावासोती नगरपालिकाभित्र रहेका १७ वटा वडामा फरक–फरक बालीको सम्भावना रहेकाले सोहीअनुसार पकेट क्षेत्र विकास कार्यक्रम सञ्चालन गरी कार्यहरू गर्ने गरिएको उनले बताए ।

चालु आर्थिक वर्षको विनियोजित बजेटमार्फत नगरपालिकाको ७५ प्रतिशत अनुदानमा र किसानको २५ प्रतिशत लागत सहभागितमा कृषि उपकरण तथा  सामग्री वितरण  गरिएको हो ।  कुल रु १७ लाख ९८ हजार आठ सय मूल्य बराबरको कृषि उपकरण खरिद गरी किसानलाई वितरण गरिएको हो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचन समीक्षा गर्न कांग्रेसले तोक्यो सातै प्रदेशमा संयोजक

काठमाडौँ। नेपाली कांग्रेसले प्रतिनिधि सभाका १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन समीक्षा र पार्टीको आगामी कार्यदिशाबारे छलफल गर्न सातै प्रदेशमा संयोजक ...

अभिमुखीकरण तालिम शुल्क ७ सय रुपैयाँ भन्दा बढी लिए इजाजतपत्र खारेज हुने

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि अनिवार्य अभिमुखीकरण तालिमको शुल्क नबढेको स्पष्ट पारेको छ। विभागले जारी गरेको सू...

सानो भर्‍याङ यातायात कार्यालयबाट सात बिचौलिया पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ सानो भर्‍याङस्थित यातायात व्यवस्था कार्यालयबाट सात जना बिचौलिया पक्राउ परेका छन् ।  उक्त कार्यालयबाट सेवाग्राही...

व्यवसायी दीपक भट्ट अध्यागमनको कालोसूचीमा

काठमाडौं । व्यवसायी दीपक भट्टलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ । भट्टमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा छानबिन चलिरहेकाले उनलाई अध्यागमनको कालोसू...

एमालेले ओलीको पक्राउ विरोधमा देशव्यापी प्रदर्शन गर्ने

काठमाडौं। नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली को पक्राउको विरोधमा देशव्यापी प्रदर्शनका कार्यक्रम तय गरेको छ। मंगलबार बसेको पार्टी केन्द्रीय...

ग्रासरुटदेखि खेलाडी उत्पादनमा जोड दिनुपर्छ : मन्त्री पोखरेल

काठमाडौँ। नवनियुक्त युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले खेलकुदलाई ग्रासरुट तहदेखि नै जोडेर खेलाडी उत्पादन गर्नुपर्ने बताएको छन् ।  राष्ट्रिय खे...

काज मिलाएर बसेका चिकित्सकलाई आफ्नै दरबन्दीमा फिर्ता गर्ने सरकारको निर्णय

काठमाडौँ। ‘काज’ मिलाएर सुगममा बसेका विशेषज्ञ चिकित्सक अब आफ्नै दरबन्दी भएको कार्यक्षेत्रमा फर्किनुपर्ने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...

एमाले सांसदले भने: कर्मचारीको कारण देश बिग्रियो, बालेनको जवाफ- यसको जड तपाईंहरू नै हो

काठमाडौं । .प्रधानमन्त्री बालेन शाहले प्रदेशगत रूपमा प्रत्यक्ष निर्वाचित सांसदहरूसँग जारी छलफलको क्रममा आज सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग भेट गरेका ...

गृहमन्त्री गुरुङसँग सशस्त्र प्रहरीका अधिकारीको छलफल

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङसँग सशस्त्र प्रहरीका उच्च अधिकारीले छलफल गरेको छन् ।  मंगलबार दिउँसो गृहमन्त्री गुरुङले सशस्त्र प्रहरीका अधिकारीसँग ...

वैदेशिक रोजगारी स्वास्थ्य परीक्षणको ‘सिन्डिकेट’ अन्त्य, अब सरकारी अस्पतालबाटै सेवा

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा देखिएको ‘सिन्डिकेट’ अन्त्य गरेको छ। मन्...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending