Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

सङ्घीय नेपालको छ प्रदेश कति वैज्ञानिक

\"sanghiya_nepal_khabardabali\"काठमाडौंं । भूगोलविद् तथा समाजशास्त्रीको आँखामा सङ्घीय नेपालको छ प्रदेशको संरचना भौगोलिक र वैज्ञानिक आधारमा सन्तुलन मिलेको छैन । प्रदेश बनाउँदा जनसङ्ख्या र क्षेत्रफल सन्तुलन मिल्नुपर्ने हुन्छ । तर सङ्घीय नेपालको छ प्रदेशको कुनै अत्यन्तै सानो भूगोल र कुनै धेरै जनसङ्ख्या, कुनैमा ठूलो भूगोल कम जनसङ्ख्या उपयुक्त नहुने भूगोलविद् रामकुमार पाँडेको भनाइ छ । ‘छ प्रदेशको ढाँचा नै स्पष्ट छैन, सबै प्रदेश हिमाल, पहाड र तराई जोडिएको हुुनुपर्छ, त्यसो भएमा विकासका दृष्टिकोणले महत्वपूर्ण हुन्छ’ , रासससँग कुरा गर्दै भूगोलका प्राध्यापकसमेत रहेका पाण्डेले भने । एनका अनुसार प्रदेश दुई र प्रदेश छ जनताको जनजीवनका झन् कठिनाइ हुने खालका छन् । प्रदेश दुई हिमालसँग जोडिएको छैन भने प्रदेश छ अत्यधिक ठूलो छ । ‘भौगोलिक रुपले प्रदेश उत्तर–दक्षिण जोड्ने प्रकारकै सीमाङ्कन हुनुपर्ने आवश्यक छ, छ प्रदेश सङ्घीय नेपालको जग नै भएकाले विज्ञहरुद्वारा राम्रोसँग अध्ययन गरी वैज्ञानिक सर्वेक्षण गरेरमात्र निष्कर्ष निकाल्नुपर्छ ।’ भूगोलविद् पाँडेका अनुसार राज्यको पुनः संरचना गर्दा पूर्ण रुपमा सक्षम हुनुपर्छ । नत्र नगरपालिका, गाउँ, टोल सुधार समिति कस्तो हुने ।  जनसम्पर्क, जनपरिचालनका लागि तल्लो निकायका समितिको आवश्यक पर्छ । आ–आफ्नो माटोको माया सबैलाई हुने भएकाले ‘स्वतन्त्र  आयोग’ गठन गरेर मात्र यसलाई निष्कर्ष निकाल्दा उचित हुने उनको ठहर छ । भूगोलविद् प्राडा सूर्यलाल अमात्यको भनाइ छ ‘ नेपालको सङ्घीयता ‘नाटक मञ्चन’ गरेर मात्र बनाइएको भौगोलिक र वैज्ञानिक आधारमा अध्ययन नै नगरी हचुवाका भरमा बनाएको छ ‘प्रदेश बनाउँदा उत्तर–दक्षिण हुनु अनिवार्य हुन्छ, कर्णालीलाई छुट्टै प्रदेश बनाएर जाँदा राम्रो हुन्थ्यो, अहिले भएको १४ अञ्चललाई प्रत्येक प्रदेशमा दुई÷दुई गरी विभाजन गर्दा पनि सात प्रदेश बनाउन सकिन्थ्यो उनले भने। उनका अनुसार प्रदेशमा जनसङ्ख्या र प्राकृतिक स्रोतबीच सन्तुलत मिल्नुपर्छ, कर्णाली र भेरीलाई मिलाएर छुट्टै प्रदेश बनाएको भए राम्रो हुन्थ्यो । संविधानविद् तथा समाजशास्त्री डा चन्द्रकान्त ज्ञवालीले संवैधानिक आँखाले हेर्दा प्रदेशको पहिचान, स्रोत र सामथ्र्यका आधारमा सन्तुलन देखिँदैन । “प्रदेशमा भौगोलिक विविधता भए पनि समानता देखिँदैन, छ प्रदेशमा केन्द्रीय सङ्घीयता देखिन्छ, कुनै धेरै साना र कुनै धेरै ठूला छन्” –उनले स्रोतका आधारमा कुनै अत्यन्तै धनी र कुनै अत्यन्तै गरिब हुने पनि देखिएको टिप्पणी गरे । स्रोतका दृष्टिकोणले तेस्रो प्रदेश सबैभन्दा धनी र छ प्रदेश सबैभन्दा कमजोर देखिन्छ । समाजशास्त्री प्रा डा गणेशमान गुरुङका दृष्टिमा नेपालका सङ्घीयताले कुनै पनि सिद्धान्त अपनाएन । १२६ जाति र १२३ भाषालाई सम्मान र सम्बोधन गर्न सकेन । ‘प्रदेश उत्तर–दक्षिणसहित अधिकारसहितको समाजलाई परिवर्तन ल्याउने खालको हुनुपर्छ, कम्तीमा २० लाख जनसङ्ख्या एउटा प्रदेशमा हुनुपर्छ” –राष्ट्रिय एकताको दृष्टिकोणले आर्थिक, भाषिक, सांस्कृतिकका कुरा हेरिएको छैन उनले भने । उनले प्रदेशको नामाङ्कन साझा खालको हुुनुपर्ने र सङ्घीय आयोगको गठन गरेर मात्र सीमाङ्कन गर्नुपर्ने आवश्यकता औँल्याए । विश्वका २६ सङ्घीय राष्ट्रहरु छन् । त्यसमा शक्तिशाली राज्यहरु अमेरिका, ब्राजिल, अर्जेन्टिना, भारतलगायत स्रोतका आधारमा छन् । त्यस्तै जातीय तथा भाषिक सङ्घीयताका आधारमा नाइजेरिया, इथियोपिया, स्पेन, बेल्जियम र क्यानडालगायत देश छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending