ललितपुर । बुंगद्यः अर्थात् ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथको रथयात्रामा प्रहरी प्रशासनले उच्च सुरक्षा सतर्कता अपनाउँदै सुरक्षा प्रबन्ध गर्दै आएको छ । रातो मच्छिन्द्रनाथको रथयात्राका पछिल्ला वर्षहरूदेखि सुरक्षा व्यवस्थापनको हिसाबले गृह मन्त्रालय र प्रहरी मुख्यालयको समेत मुख्य चासो रहने गरेको छ ।
यसले गर्दा रातो मच्छिन्द्रनाथ रथयात्रा केन्द्रित सुरक्षा योजना तयारी गरी त्यसको कार्यान्वयन गर्दै आएको हो । सुरक्षाको गर्नुपर्ने विषय, सम्भाव्य जोखिम, सडकको संरचना, मानिसको घनत्वलगायत विविध पक्षले सुरक्षा व्यवस्थामा पार्न सक्ने असरको आधारमा सुरक्षा चुनौतीलाई विश्लेषण गरी सुरक्षा योजना बनाइएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए ।
प्रहरी वरिष्ठ उपरीक्षक शाहका अनुसार मच्छिन्द्रनाथको रथमा श्री मच्छिन्द्रनाथको मूर्तिसहित विभिन्न बहुमूल्य मूर्ति, बहुमूल्य धातु, गरगहनाको सुरक्षा, रथयात्रामा हुने भीडभाडमा मानिसको जीउधनको सुरक्षा र मानिस आस्था र विश्वासअनुसार जात्रा पर्व मनाउने दिने गरी तीनवटा पक्षलाई हेरेर सुरक्षा योजना तयार गरिएकोे थियो ।
पहिला, रथयात्राको समयमा हुने जीउधनको सुरक्षा, ३२ हात लामो रथ तान्ने क्रममा हुन सक्ने सम्भावित दुर्घटनाबाट मानिसलाई बचाउनेतर्फ सुरक्षा केन्द्रित रहेको छ । यसका लागि रथ तान्ने बेला रथको दायाँबायाँ प्रहरीहरू खटिएको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ०९:१९
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि कमजोर बनेको नेपाली कांग्रेससँगको सम्बन्ध पुनः जोगाउने प्रयास थालेका छन्। आन्दोलनपछि...
मंसिर २३ गते, २०८२ - ०७:४०
वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल बजार सञ्चालनमा ल्याएको छ । वीरगञ्जमा थोकबजारको अभावलाई यसले परिपूर...
मंसिर २३ गते, २०८२ - ०७:३७
मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन अध्ययन सुरुआत गरिएको छ । बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, ...
मंसिर २३ गते, २०८२ - ०७:३४
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले निर्वाचन परिचालन समिति गठन गरेको छ । तीनकुनेस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको अध्यक्ष...
मंसिर २३ गते, २०८२ - ०७:०७
काठमाडौँ । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ । भौतिक पूर्...
मंसिर २३ गते, २०८२ - ०७:०४
काठमाडौँ। वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक लाख १५ हज...
मंसिर २३ गते, २०८२ - ०७:०१
काठमाडौँ । सार्वजनिक संस्थानमा गरिएको करिब रु ४७ अर्ब सरकारी लगानीको हिसाब नमिलेको देखिएको छ । अर्थ मन्त्रालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनु...
मंसिर २३ गते, २०८२ - ०६:५८
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूका लागि बसोबासको व्यवस्थापन मिलाएको छ। यसपट...
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...




प्रतिकृया लेख्नुहोस्: