Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

धनुषाका गाउँमा खानेपानी समस्या

खबरडबली संवाददाता

धनुषा । गर्मी प्रचण्ड बढ्दा र समयमै वर्षा नहुँदा धनुषाको पूर्व–पश्चिम राजमार्ग छेउछाउका उत्तरी तथा पूर्वी भेगका दर्जनौँ गाउँमा खानेपानीको हाहाकार भएको छ ।

बढ्दो खडेरीसँगै भूमिगत पानीको स्रोत सुक्न थालेपछि यस क्षेत्रमा खानेपानी अभाव भएको हो । नक्टाझिज, ढल्केवर, जमुनिवास, भुचक्रपुर, लक्ष्मीनिवास, पुष्पवलपुर, बेंगाडावर, धारापानी, राधापुर, गोदार, लवटोली, दिगम्बरपुरसहित दर्जन बढी गाउँमा पानीको समस्या चर्किँदै गएको छ ।

यहाँका मुहान सुकेका छन् । धारा, कुवा र इनारमा रातभर लाइन बस्न बाध्य छन् । इनार, बोरिङ, हाते पम्प र पोखरीलगायतका अधिकांश पानीका स्रोत सुकेको स्थानीय बताउँछन् । “पिउने पानीको जोहो गर्न पनि मुस्किल पर्न थाल्यो”, पुष्पवलपुरका श्याम लामाले भने, “नुहाउने र सरसफाइ त टाढाको विषय भयो ।” नुहाउनका लागि तीन घन्टा टाढासम्म पुग्न बाध्य भएको उनले बताए  । लामाका अनुसार पानी अभावकै कारण खुला शौच बढेको छ । लुगा धुन र नुहाउन भनेर कमला नदी पुग्नुपर्ने बाध्यता निम्तिएको छ ।

लक्ष्मी निवासका दीपेन्द्र सिंहले भने, “यस ठाउँमा झन्डै १० इनार छन्, तर सात इनारमा हिजोआज पानी पाउन छाडिसक्यो, तीन इनारमा मात्र पानी छ, त्यो इनार पनि छिट्टै सुक्ने छाँटकाँट देखिन्छ, ती इनारमा दिनभरि पानी भर्न महिला र पुरुषको लाम लाग्ने गर्छ ।”

मधेस प्रदेश चुरे संरक्षण र विकास अनुसन्धान विज्ञ नागदेव यादवका अनुसार अत्यधिक चुरे दोहनले यस क्षेत्रमा पानीको समस्या उत्पन्न भएको हो । यादवले भने, “अत्यधिक दोहनले चुरे क्षेत्र विनाशका कारण पानीका मुहान सुक्न थालेको हो, यसले गर्दा राजमार्ग आसपासका बस्तीमा पानीको हाहाकार नै मच्चिएको छ ।”

त्यसैगरी जनकपुरको पीडारीचोक, रमानन्दचोक, किशोरी नगर र आनन्द नगरलगायतका क्षेत्रमा वैशाखको पहिलो सातादेखि नै अधिकांश कल सुक्न थालेका छन् । एक सयदेखि दुई सय फिटसम्म कल पूरै सुकेको छ भने दुई सय ५० फिट र त्यसभन्दा बढी गाडिएका कलमा समेत दिनभरि पानी नआउने समस्या देखिएको मुजेलियाका सतिशलाल कर्णले बताए ।

विगतमा धनुषाको उत्तरी भेगमा पानीको समस्या देखिए पनि जनकपुर नगर क्षेत्र तथा जिल्लाको पूर्वी र दक्षिणी भेगमा विरलै यस्ता समस्या देखिन्थ्यो । पछिल्लो तीन–चार वर्षको अवधिमा जनकपुर नगर क्षेत्रमा पनि चापाकल सुक्न थालेपछि ठूलो सङ्ख्यामा सर्वसाधारण समस्यामा परेका छन् ।

जनकपुरधाम किशोरीनगरका स्थानीय बासिन्दा तथा पत्रकार शैलेन्द्र झाका अनुसार १५–२० वर्ष अगाडि एक सय ५० फिटको गहिराइमा जडान गरिएका चापाकलमा सहजै पानी आउने गर्दथ्यो । अहिले चार सय फिटको गहिराइमा पनि पानी आउन छाडेको छ । चापाकल सुक्नुका साथै विद्युतीय मोटरले समेत पानी तान्न छाडेको झाको भनाइ छ ।

मोटरले पनि तान्न छाडेपछि पानीको जोहो गर्न बाल्टी र बोतल बोकेर भौँतारिनुपर्ने अवस्था आएको जनकपुर उपमहानगरपालिका पुलचोकका विनोद साहले बताए । “दिनको समयमा मोटरले पानी तान्न छाडेको छ, मध्यरातमा मोटर चलाउँछौँ, तर छरछिमेकका सबैले मोटर चलाइदिँदा पानी नै आउँदैन”, साहले भने, “जनकपुरसहित यस क्षेत्रमा बढ्दै गएको समस्या समाधान गर्न सम्बन्धित निकायले चासो देखाएका छैनन् ।”

वैशाख सकिन लाग्दा पनि राम्रो वर्षा नभएकाले पानीका स्रोत चाँडै सुक्न थालेको बताइएको छ । वनजङ्गल मासिँदै गएर खण्डवृष्टि, अल्पवृष्टि र बेमौसममा अतिवृष्टिका कारण पानीका मुहान सुक्दै गएको बुढापाकाको कथन छ । गर्मी मौसममा जनकपुरसहित धनुषाको उत्तरी भेगमा खानेपानीको समस्या नौलो नभएर प्रायः हरेक वर्ष देखिनुको प्रमुख कारण पानीको सतह घट्नु रहेको मधेस प्रदेशका खानेपानी तथा ऊर्जा विकास मन्त्रालयका इञ्जीनियर विश्वनाथप्रसाद यादवले बताउनुभयो । खानेपानीको समस्याबाट बच्न पानी सञ्चितितर्फ ध्यान दिनुपर्नेमा यादवको जोड छ ।

चुरेविज्ञ डा विजयसिंह दनुवारले चुरे जङ्गलको फडानी, ढुङ्गा, गिट्टी र बालुवाको अवैध उत्खननजस्ता कार्यले पानीको समस्या निम्त्याएको बताए । उनले भने, “पानीको अत्यधिक माग रहेकाले त्यसलाई नियन्त्रण गर्न जमिनमा पानीको रिचार्ज बढाउनुपर्ने हुन्छ ।” सिंहका अनुसार यदि सागरनाथ वन परियोजना यस क्षेत्रमा नभएको भए यतिखेर पानीका सबै मुहान सुकिसकेको हुने थिए । 

उनले भने, “यस्तै किसिमको चुरे क्षेत्रमा दिगो वन परियोजनाको आवश्यक्ता छ ।” उनले पानी सञ्चित गर्न चुरे क्षेत्रमा जलाशय बनाउन सकिए खानेपानीको समस्या धेरै हदसम्म समाधान गर्न सकिने जानकारी दिए । “यदि चुरेलाई दोहन गरिरहने हो भने पानीको हाहाकारले द्वन्द्व सिर्जना हुन्छ, भावी पुस्तामा पानीका लागि झगडाको बीउ रोपेर मर्नुभन्दा आजैदेखि चुरे उत्खनन हुन नदिने, बोटबिरुवा रोप्ने, आफू बसेको क्षेत्रलाई हराभरा राख्ने र पानीका मुहान तथा स्थानको वातावरणीय संरक्षण गरौँ”, सिंहले भने ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुकुम्वासीको समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा मेरो सरकार ढालियो: प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा आफ्नो सरकार ढालिएको कारण...

एनसेलको शेयर विवाद चाँडो समाधान हुनुपर्छ: सञ्चारमन्त्री खरेल

कठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दूरसञ्चार सेवा प्रदायक एनसेलको विवाद चाडो समाधान हुनुपर्ने बताएको छन् । नक्खुस्थित एनसेल कार्...

ईश्वर पोखरेलको अवधारणापत्र : नयाँ चुनौतीको सामना गर्न सक्षम हुनेगरी पार्टी सङ्गठनको पुनर्गठन गर्न जोड

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनका लागि तयार पारिएको अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाएका...

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच २७ बुँदे मागबारे औपचारिक वार्ता शुरु

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता तथा नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंबीच २७ बुँदे मागबारे औपचारिक वार्ता शुरु...

नख्खु कारागारबाट भागेको कैदी विराटनगरमा पक्राउ

विराटनगर। काठमाडौंको नख्खु कारागारबाट भागेका अपहरण तथा शरीर बन्धक मुद्दाका दोषी ठहरिएका एक जना भारतीय व्यक्तिलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।...

गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो

काठमाडौँ। पछिल्लो छ कारोबार दिन पुँजीबजार निरन्तर ओरालो देखिएको छ । गतहप्तादेखि निरन्तर घटिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा यस हप्ता कारो...

अण्डाको मूल्य हालसम्मकै उच्च, प्रतिगोटा कति पुग्यो ?

चितवन। विगत लामो समयदेखि नोक्सान बेहोर्दै आएका नेपालका लेयर्स कुखुरापालक किसानले नाफा हुनेगरी अण्डाको मूल्य पाएका छन् । पछिल्ला वर्षहरुमा लागत मूल्...

राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशनको टुङ्गो लगाउन यही मङ्सिर २४ र २५ गते केन्द्रीय कार्यसमितिको बैठक काठमाडौँमा बोलाएको छ । ...

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुन:निर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुन:निर्माण हुने विश्वास व्यक...

हेटौँडा पुग्यो अदालतको पत्र, सडक विस्तार कार्य स्थगित

काठमाडौँ । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएको तथा सोहि आदेशको पालना गर्दै हेटौ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending