Khabar Dabali २ असार २०८३ मंगलवार | 16th June, 2026 Tue
Investment bank

मोटर चढ्ने गुर्जालीको धोको कहिले होला पूरा ?

खबरडबली संवाददाता

बेनी । धवलागिरि गाउँपालिका–१ गुर्जाका ८३ वर्षीय खिमबहादुर छन्त्याललाई गाउँबाटै मोटर चढेर सदरमुकाम पुग्ने धोको छ । जीवनका आरोह अवरोध सङ्घर्षपूर्ण तवरले बिताएका उनी युवावस्थामा देश तथा विदेशमा समेत पुगे। 

विदेशको विकासको समेत अनुभूति सँगालेका  उनले आफ्नै गाउँमा समेत विकासका पूर्वाधार बन्न थालेपछि गाउँबाटै मोटर चढेर सहर पुग्ने रहर जागेको बताए । 

जिल्लाको सबैभन्दा दुर्गम बस्तीका रुपमा परिचित गुर्जा जिल्लाको एक मात्रै सडक सञ्जालको पहुँच नपुगेको वडा हो । विकासमा ओझेलमा परेको सो स्थानका स्थानीयवासीमा पछिल्लो समय विकासको प्रमुख आधार मानिएको सडक सञ्जालको पहुँच निर्माण गर्ने योजना गढेको छ । यहाँबाट गाउँपालिकाको केन्द्र मुना पुग्न एक दिनको पैदलयात्रा गर्नुपर्छ । प्रौढ र युवायुवतीहरु गुर्जादेखि पैदलयात्रा गरी सहजै गाउँपालिकाको केन्द्र र जिल्ला सदरमुकाम बेनी आवत–जावत गर्न सक्ने भए पनि बालबालिका र वृद्धवृद्धाहरुलाई भने यात्रा गर्न सहज छैन ।

“उमेरमा त सयौँ पटक ओहोर–दोहोर गर्यौँ, पहिले कतै पनि सडक थिएन, हामीले पनि आशा गर्ने कुरा भएन, अहिले गाउँपालिकाको केन्द्रबाट छिमेकी गाउँ लुलाङसम्म सडक आयो भन्ने सुनेका छौँ, हाम्रै पालामा गाउँमा मोटर आउँछ कि भन्ने भरोसा थपिएको छ”, गुर्जाका वृद्ध दलबहादुर छन्त्यालले भने । यातायातको पहुँच नपुगेको कारण यहाँ खाद्यान्न ढुवानीमा खच्चड र मानिसले नै सामान बोक्दै आएका छन् । लुलाङदेखि गुर्जासम्म खच्चडमा प्रतिकिलो सामान ढुवानीको रु २० लागत पर्छ । ढुवानी बढी लाग्ने भएकाले यहाँका स्थानीय महँगीको मारमा समेत छन् ।

खाद्यान्न लगायतको सामग्रीहरु खच्चडमा नै ढुवानी हुने र खच्चडले बोक्न नमिल्ने रड, जस्तापाता, पाइप लगायतका सामान मानिसले बोकेर लैजाने गरेको विगत एक दशकदेखि खच्चडमा सामान ढुवानी गराउँदै आएका युवा लोकबहादुर रसाइलीले जानकारी दिए । भारी वर्षा हुने बर्खा र हिमपात हुने हिउँदका केही महिना खच्चडलाई सामान बोकाउन नमिल्ने भएकाले उक्त समयमा गाउँमा खाद्यान्न लगायतका सामान ढुवानी ठप्प हुने गर्छ । 

सडक नपुगेको कारण स्थानीय स्वास्थ्य संस्थामा उपचार गराउन सम्भव नहुने बिरामीहरुलाई डोको र पिठ्यूँमै बोकेर सदरमुकामको अस्पतालतर्फ लैजानुपर्ने बाध्यता रहेको स्थानीयवासी धनबहादुर छन्त्यालले बताए । “सडक नहुँदा ठूलो समस्या छ, बिरामी हुँदा पैसा जोहो गर्न सक्नेले हेलिकप्टरमार्फत अस्पताल लैजाने गर्छन्, पैसा जुटाउन नसक्नेहरु कि घरमै थला परेर बस्नुपर्छ, कि त भने बोकेरै लैजानुपर्छ”, उनले भने । एक गाउँ एक वडाका रुपमा रहेको गुर्जामा दुई सय ७० घरधुरी रहेका छन् । दलित र छन्त्याल दुई समुदायको मात्रै बसोबास रहेको गुर्जामा तत्कालीन समयमा खानी खन्ने क्रममा बसोबास रहन गएको पाइन्छ । 

विगतमा गाउँपालिकाको केन्द्र मुनासम्म नै पैदलयात्रा गर्दै आएका गुर्जालीलाई यो वर्ष करिब साढे एक घन्टाको पैदलयात्रा छोटिएको छ । मुनादेखि खोरिया हुँदै वडा नं २ को लमसुङ पुगेको सडक लुलाङ गाउँसम्म पुगेको छ । लुलाङदेखि गुर्जा ६ देखि ८ घन्टाको पैदलयात्राको हो । सडक सञ्जाललाई गाउँसम्म नै पुर्याउने हरेक गुर्जालीको सपना बनेको छ । 

यसवर्ष गाउँपालिकाले विनियोजन गरेको रु ४५ लाख बजेटबाट लुलाङसम्म सडकको ट्र्याक निर्माण भएको प्रमुख प्रशासकीय अधिकृत ध्रुव रिजालले जानकारी दिए । उनका अनुसार, उक्त बजेटमध्ये २० लाख बजेटबाट ट्र्याक निर्माण गरिएको हो भने अरू बजेट सडकको संरक्षणका लागि ग्याबिनजाली लगाउने, मेसिनरी पर्खाल बनाउने लगायतको क्षेत्रमा उपयोग गरिएको छ । लमसुङ गाउँको शिरमा भने पहिराको जोखिम कम गर्न एक सय २० मिटर सडक मानिसहरुले नै मेसिन नलगाईकन सडक खनेका हुन् । लमसुङदेखि लुलाङसम्म करिब दुई किलोमिटर दुई सय मिटर सडकको ट्र्याक निर्माण भएको छ । 

गण्डकी प्रदेश सरकारमार्फत विनियोजन भएको रु ८० लाख बजेटबाट लुलाङदेखि गुर्जातर्फ सडकको ट्र्याक निर्माण गर्न परिचालन गरिने भएको छ । नयाँ ट्र्याकलाई स्तरीय बनाउने र गुर्जालाई सडक सञ्जालले जोड्ने योजनालाई गाउँपालिकाले प्राथमिकतामा राखेको गाउँपालिकाका उपाध्यक्ष रेशम पुनले बताए । “प्रदेशबाट आएको बजेटलाई पनि तत्काल कार्यान्वयनमा लैजान्छौँ, आगामी वर्ष गाउँपालिका, प्रदेश र सङ्घीय सरकारमार्फत समेत पर्याप्त बजेटको व्यवस्थापन गर्नतर्फ अहिलेदेखि नै प्रयास थालेका छौँ, गुर्जामा सडकको पहुँच पु¥याउने पालिकाको पूर्वाधार योजनाको मुख्य प्राथमिकतामा छ”, उनले भने । 

लुलाङदेखि गुर्जासम्म सडक सञ्जालको ट्र्याक निर्माण गर्न करिब सात करोडको बजेट अनुमान गरिएको छ । सडकको दूरी छोट्याउन सुरुङमार्गको समेत सम्भाव्यता अध्ययन गरिएको भए पनि लागत बढी लाग्ने भएपछि सडकको ट्र्याक निर्माणलाई नै जोड दिएर योजना सञ्चालन गरिएको गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए । योजनाको डिपिआर तयार गर्दा लुलाङदेखि गुर्जासम्मको सडकको दूरी १६ किलोमिटर कायम हुने अनुमान छ । पहाडी भिर हुँदै करिब तीन हजार तीन सय मिटर उचाइको देउराली डाँडा भएर सडक निर्माण गर्नुपर्ने भएकाले सडक निर्माणमा लागत बढी र काम चुनौती पूर्ण मानिएको छ । 

लुलाङ–गुर्जा सडकलाई डोल्पाको दुनैसम्म जोड्ने गरी अघि सारिएको वडाअध्यक्ष छन्त्यालले बताए । गुर्जाबाट रुकुमको पुथाउत्तरगङ्गा गाउँपालिका हुँदै डोल्पाको दुनैसम्म सडक विस्तार गर्न सकेमा कर्णाली–लुम्बिनी–गण्डकी–बागमती प्रदेश जोड्ने छोटो दूरीको राजमार्गकै रुपमा यसलाई विकास गर्न सकिने वडाअध्यक्ष छन्त्यालले बताए । “गुर्जादेखि डोल्पासम्मको दूरी जम्मा ९० किलोमिटरको रहेको छ, समग्र काठमाडौँदेखि डोल्पासम्म पाँच सय किलोमिटरभन्दा छोटो पर्छ, यो सडक निर्माण गर्दा वातावरणीय रुपमा कम क्षति र पर्यटकीय दृष्टिकोणमा समेत उच्च लाभदायी बन्न सक्छ”, उनले भने । यो योजनालाई धवलागिरि गाउँपालिकाको गाउँसभाले समेत अपनत्व लिएर सङ्घीय र प्रदेश सरकारमा आवश्यक बजेटका लागि योजना माग गरिसकेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्युठानको सामुदायिक वनमा १३ थान अवैध भरुवा बन्दुक फेला

प्युठान । प्युठानको सरुमारानी गाउँपालिका–३ हंसपुरस्थित खडक सामुदायिक वनमा प्रहरीले बेवारिसे अवस्थामा १३ थान अवैध भरुवा बन्दुक फेला पारेको छ। प्रहरी...

प्रधानमन्त्रीले “देश बनाउने” भनेर घोषणा गरेको टिममा अर्थमन्त्री हुनुहुन्न, सरकारलाई आफ्नै बजेटप्रति विश्वास छैन: एमाले

काठमाडौं । नेकपा एमालेका सांसद ऐनबहादुर महरले सरकारले ल्याएको बजेट विभेदकारी रहेको आरोप लगाउँदै कडा आलोचना गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा बो...

रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न, केहि प्रदेशमा स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म चार प्रदेश र ६४ जिल्लाका अधिवेशन सम्पन्न भएको जनाएको छ । पछिल्लो विवरणअनुसार ६०९ पालिका, ...

सिमाना र द्विपक्षीय सम्बन्धका बारेमा संवेदनशील हुन आग्रह

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले सिमाना र द्विपक्षीय सम्बन्धका बारेमा संवेदनशील हुन सरकारको ध्यानाकर्षण गराएको छन् । प्रतिनिधिसभाको आजको बैठकको...

इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्प

इन्डोनेसिया। मध्य इन्डोनेसियामा मङ्गलबार ६.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ भने हाल सम्म कुनै हताहत वा क्षतिको रिपो...

नवीकरण नगरेका ५ हजार ३०२ औषधि पसलको दर्ता प्रमाणपत्र रद्द

काठमाडौँ। औषधि व्यवस्था विभागले देशभरका ५ हजार ३०२ औषधि पसल तथा फार्मेसीहरूको दर्ता प्रमाणपत्र रद्द भएको जनाएको छ। विभागले मङ्गलबार जारी गरेको सूचनामा...

रास्वपा सुदूरपश्चिमको सभापतिमा प्रकाश विष्ट पुन: निर्वाचित

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशको सभापतिमा इन्जिनियर प्रकाश विष्ट पुन: निर्वाचित भएका छन्। निर्वाचनमा विष्टले ३५८ म...

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको छ।  अख्तियार निकट स्रोतका अनुसार राहदानी ...

सुनको भाउ बढ्यो, चाँदी घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु तीन सयले बढेको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु २५ ले घटेको छ । सोमबार प्रतितोला रु दुई लाख ९८...

सेफ सन्तोष साह साधारण तारेखमा रिहा

काठमाडौं । बैंकिङ कसुर तथा ठगीको आरोपमा पक्राउ परेका चर्चित सेफ सन्तोष साह साधारण तारेखमा रिहा भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending