काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर ‘मोटो रकम असुल गर्ने’ धन्दामा संलग्न उच्च राजनीतिक व्यक्तित्त्वदेखि प्रशासकहरू धमाधम पक्राउ पर्न थालेका छन्। नक्कली शरणार्थी बनाउने गिरोह पक्राउ परेपछि उनीहरूले राजनीतिक व्यक्तित्त्व र प्रशासकको पोल खोल्दै गएका छन्।
नक्कली शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै गिरोहले ८ सय ७५ जनासँग १० देखि ५० लाखसम्म रकम उठाएको प्रहरीको अनुमान छ। यसप्रकरणमा पूर्वऊर्जामन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीलाई पक्राउ पुर्जी जारी भएको छ।
उनका छोरा सन्दीप यसै प्रकरणमा मुछिएकाले बुधबार नै बुटवलबाट पक्राउ परेका छन्। यस्तै उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डे पनि बुधबार पक्राउ परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार पाण्डेलाई थुनामा राख्न बुधबार नै जिल्ला अदालत काठमाडौंले ३ दिनको म्याद जारी गरेको छ। कार्की भन्छन्, ‘नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कागजात बनाउने र रकम असुली गर्ने धन्दामा हाइप्रोफाइल व्यक्तिको पनि सहभागिता देखिएको छ।’ अपराधमा जोसुकै संलग्नता भए पनि उन्मुक्ति नपाउने कार्कीले बताए।
शरणार्थी प्रकरणमा अर्बौं ठगी गरेको भन्दै उजुरी परेपछि एमाले नेता टोपबहादुर रायमाझीका सहयोगी सानु भण्डारी र कांग्रेस नेतृ सुजाता कोइरालाका पूर्वस्वकीय सचिव केशव दुलालसहित मोरङका सागर थुलुङ, पाँचथरका टंक गुरुङ र दाङका सन्देश शर्मा यसअघि नै पक्राउ परेका छन्। उनीहरूविरुद्ध सांगठित अपराधमा मुद्दा दर्ता भई जिल्ला अदालत काठमाडांैमा मुद्दा चलिरहेको छ।
मंगलबार बिहान पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षाविज्ञ डा। इन्द्रजित राई पनि पक्राउ परेका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धानमा इन्द्रजित राईका छोरा निरज राईको पनि संग्लनता भेटिएपछि उनीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ।
निरजलाई भने अहिलेसम्म प्रहरीले पक्राउ गर्न सकेको छैन। बुधबार एमाले नेता टोपबहादुर रायमाझीका बाबु–छोराविरुद्ध पनि पक्राउ पुर्जी जारी हुनु र पूर्वगृहसचिव टेकनारायण पाण्डे पनि पक्राउ परेसँगै प्रहरीको अनुसन्धान हाइप्रोफाइल तिर सोझिएको हो। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ०९:१९
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि कमजोर बनेको नेपाली कांग्रेससँगको सम्बन्ध पुनः जोगाउने प्रयास थालेका छन्। आन्दोलनपछि...
मंसिर २३ गते, २०८२ - ०७:४०
वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल बजार सञ्चालनमा ल्याएको छ । वीरगञ्जमा थोकबजारको अभावलाई यसले परिपूर...
मंसिर २३ गते, २०८२ - ०७:३७
मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन अध्ययन सुरुआत गरिएको छ । बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, ...
मंसिर २३ गते, २०८२ - ०७:३४
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले निर्वाचन परिचालन समिति गठन गरेको छ । तीनकुनेस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको अध्यक्ष...
मंसिर २३ गते, २०८२ - ०७:०७
काठमाडौँ । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ । भौतिक पूर्...
मंसिर २३ गते, २०८२ - ०७:०४
काठमाडौँ। वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक लाख १५ हज...
मंसिर २३ गते, २०८२ - ०७:०१
काठमाडौँ । सार्वजनिक संस्थानमा गरिएको करिब रु ४७ अर्ब सरकारी लगानीको हिसाब नमिलेको देखिएको छ । अर्थ मन्त्रालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनु...
मंसिर २३ गते, २०८२ - ०६:५८
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूका लागि बसोबासको व्यवस्थापन मिलाएको छ। यसपट...
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...




प्रतिकृया लेख्नुहोस्: