Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

चितवनमा गाईभैँसीमा लम्पीस्किन रोग

खबरडबली संवाददाता

चितवन । चितवनमा गाईभैँसीमा लम्पीस्किन रोग देखापरेको छ । यो रोग ‘क्याप्री पोक्स’ नामक जिवाणुका कारण हुने गर्दछ । 

गर्मी याममा लामखुट्टे, झिङ्गालगायतका कारण यो रोगको प्रकोप देखिने गरेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशु विकास अधिकृत रामचन्द्र आचार्यले जानकारी दिए । उनका अनुसार विगत केही दिनदेखि जिल्लामा यो रोगको सङ्क्रमण फैलिएको छ । अहिले जिल्लामा दुई सयभन्दा बढी गाईभैँसीमा यो रोग देखिएको उनले जानकारी दिए । 

इच्छाकामना गाउँपालिका, कालिका, खैरहनी र राप्ती नगरपालिकामा यो रोगको सङ्क्रमण बढ्दो क्रममा रहेको आचार्यले बताए । गाईभैँसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, थुतुनो, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, ¥याल काढ्ने, लिम्फनोडहरू सुक्नेजस्ता लक्षण देखापर्छ । 

यो रोग विशेषगरी सङ्क्रमित लामखुट्टे, झिङ्गालगायतको टोकाइबाट लाग्ने गर्दछ । सङ्क्रमित गाईवस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवं पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको कार्यालयले जनाएको छ । यो रोग लाग्न नदिनका लागि खोप लगाउने, विश्वसनीय स्रोतबाट गाईभैँसी खरिद गर्ने, गोठलाई झिङ्गा, लामखुट्टे तथा अन्य कीराबाट मुक्त राख्ने, सरसफाइमा ध्यान दिने र आवश्यकतानुसार कीट विकर्षकको प्रयोग गर्नुपर्ने आचार्यले बताए । रोग लाग्नबाट बचाउनका लागि लम्पीस्किनविरुद्धको खोप लगाउन आवश्यक रहेको उनको भनाइ छ । यो रोग जिल्लामा गत आर्थिक वर्षदेखि देखापरेको हो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओखलढुंगामा मतदान केन्द्र नौ बजेसम्म सुनसान

ओखलढुंगा। ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–७, टोक्सलस्थित सहिद स्मृति आधारभूत विद्यालय सातसल्ले मतदान केन्द्र बिहान ९ बजेसम्म सुनसान रहेको छ।...

उदयपुरको कटारीको मतदान केन्द्रमा सुरक्षाकर्मीको हतियार पड्कियो

काठमाडौं। उदयपुरको कटारीको मतदान केन्द्रमा सुरक्षाकर्मीले बोकेको हतियार असावधानीवश पड्किएको छ। कटारी नगरपालिका–३ स्थित तरकारी तथा फलफूल केन्द्र ताव...

निर्वाचन विरोधी गतिविधिमा सङ्लग्न एक सय ६० जना पक्राउ

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन विरोधी गतिविधिमा सङ्लग्न एक सय ६० जना पक्राउ परेका छन् ।  नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महा...

निर्वाचनको समयमा सुरक्षा चुुनौती आइलागे नेपाली सेना आधा घण्टामै पुग्ने

इलाम। निर्वाचनको समयमा सुरक्षा चुुनौती आइलागे नेपाली सेना आधा घण्टामै पुग्ने जनाएको छ । २१ गते हुुने प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, भयरहित र निष्...

यस वर्षको मतगणनामा दलका प्रतिनिधिले हेर्न पाउँछन्, छुन पाउँदैनन्: निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन नजिकिँदै जाँदा विगतमा भएका मतपत्र च्यातिने घटनाहरू पुन: चर्चामा आउने गरेका छन्। यस्ता घटनाले देशव्यापी बहस जन्माएसँगै निर्वाचन आयो...

२४ घण्टाभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगको दाबी

काठमाडौँ । निर्वाचन आयोगले मतदान सम्पन्न भई मतगणना सुरु भएको २४ घण्टाभित्रै पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फको मत परिणाम सार्वजनिक गरिसक्ने ...

झापा ५ मा नेपाली सेनाको हवाई गस्ती

दमक। झापा क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई लक्षित गर्दै नेपाली सेनाले हवाई गस्ती सुरु गरेको छ । बिहीबार हुने निर्वाचनलाई ध्यान...

बाँके क्षेत्र नम्बर २ को मतगणनास्थलमा तारजाली र सिसिटिभि जडान

नेपालगन्ज । फागुन २१ गते विहिबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनकालागि बाँके निर्वाचन क्षेत्र नम्बर २ को मतगणना तयारी पूरा गरिएको छ । मतगणनाका लागि ...

निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको आग्रह

काठमाडौँ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन आम...

टिकटकर रतन कार्कीमाथि प्रहरीको सोधपुछ

काठमाडौं । निर्वाचनको मौन अवधिमा उम्मेदवारका तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा टिकटकर रतन कार्कीमाथि प्रहरीले सोधपुछ गरेको छ। जिल्ला प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE