Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

सुदूरपश्चिम विश्वविद्यालयमा आजदेखि फिल्म फेस्टिभल

खबरडवली संवाददाता
दोधारा चाँदनी । सुदूरपश्चिम विश्वविद्यालयमा शुक्रबारदेखि फिल्म फेस्टिभल हुने भएको छ।  नेपाल युरोपियन फिल्म फेस्टिभल, २०२३ को १२औँ संस्करणअन्तर्गत पहिलो चरणमा सुदूरपश्चिम विश्वविद्यालयमा हुन लागेको हो। नेपालस्थित द डेलिगेसन अफ युरोपियन युनियन नेपालले बिहीबार पत्रकार सम्मलेन गरी शुक्रबारदेखि तीन दिन महोत्वस हुन लागेको जानकारी दिएको छ । नेपाल युरोपियनका उपराजदूत डा जोलीले फिल्म महोत्सवमा युरोपका आठ र नेपाली युवा फिल्मकर्मीले निर्माण गरेका लघुफिल्म प्रदर्शन गर्ने बताए। ‘महोत्सवमा मानवअधिकार प्रवर्धनमा फिल्मको भूमिका चलचित्रलाई कसरी बुझ्ने शीर्षकमा अन्तरक्रियात्मक छलफल हुनेछ”, डा जोलीले भने, ‘यसको उद्देश्य आम मानिसमा उनीहरूको अधिकारका बारेमा सचेतना अभिवृद्धि गर्ने रहेको छ ।’ उहाँले महोत्सवमा निःशुल्क सहभागी जोसुकैले हेर्न पाउने बताए।      सुदूरपश्चिम विश्वविद्यालय कानून सङ्कायका डीन कर्ण थापाले मानवअधिकारसँग चलचित्र भएकाले विश्वविद्यालयले सहकार्य गरेको बताए। ‘विश्वविद्यालयले सहकार्य गरेर यस्ता कार्यक्रम गरि नै राखेको हुन्छ’, उनले भने, ‘हामीले विश्वविद्यालयमा पढाउने कुरा पनि यही नै भएकाले सहकार्य गरेर महोत्सव आयोजना गर्न लागेका हौँ।’ उनलेमहोत्सवमा सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी सहभागी हुने बताए । महोत्सवमा एनी डे नाउ, अरसटी रिहानीले निर्देशन गरेको अस्कर एन्ड लिली (अष्ट्रिया), एण्ड्री बाग्नेले निर्देशन गरेको रमोना (स्पेन), दोनातो रोतुनले निर्देशन गरेको इयो स्टबने (लक्जेम्बर्ग, बेल्जियम, जर्मनी र इटली) र जहाभी सन्जभीले निर्देशन गरेको इमादज चाइल्डहुड (स्वीडेन, लाटभिया, इराक) फिल्म प्रदर्शन हुनेछ। यस्तै इग्नस जोनसको निर्देशन रहेको इनभिजिवल (लिथुअनिया, लाटभिया, युक्रेन, स्पेन), डेभिड फ्रेनको निर्देशन रहेको डेटिङ अम्बर (आयरल्याण्ड, यूके) र डेभिड फ्रेनले निर्देशन गरेको मित्र (नेदरल्याण्डस्) प्रदर्शन हुनेछ। महोत्सवमा टोनी ह्यागेन फाउन्डेसनको आर्थिक सहायतामा निर्माण भएका नेपाली फिल्म पनि प्रदर्शन हुनेछ।
Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending