Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

मधेसका मुख्य राजनीतिक प्रतिस्पर्धी उपेन्द्र यादव र सीके राउत मात्र हुन् ?

खबरडबली संवाददाता

काठमाडौं । गत मंसिरको आम निर्वाचनमा सप्तरी-२ बाट पराजित भएका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव वैशाख १० गतेको उपनिर्वाचनमा बारा-२ बाट निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार उनले जनमत पार्टीका शिवचन्द्र कुशवाहालाई ५,०८१ मतले पछि पार्दै सांसद बनेका हुन्।

उपनिर्वाचनको रोचक पक्ष के छ भने मंसिरमा यादवलाई जनमत पार्टीका अध्यक्ष सीके राउतले पराजित गरेका थिए भने उपनिर्वाचनमा यादवले जनमतकै शिवचन्द्रप्रसाद कुशवाहालाई हराए।

कतिपयका विश्लेषणमा पछिल्लो आम चुनाव र उपनिर्वाचनलाई हेर्दा अब मधेसमा यादव र राउतबीच प्रतिस्पर्धामा बढ्ने र ती दुई दलकै वरिपरी त्यहाँको राजनीति घुम्ने जस्तो देखिएको छ।

आम निर्वाचन र अहिलेको उपनिर्वाचनमा ती दलहरूले प्राप्त गरेको मतको विवरणले पनि ती दुई दलबीच नै मधेसमा मुख्य प्रतिस्पर्धा हुने देखिन्छ।

जसपा र जनमतले प्राप्त गरेको मत

गत मंसिरमा चुनावको केही दिनअघि यादव र जनमत पार्टीका अध्यक्ष सीके राउत चुनावी मैदानमा उत्रिएको सप्तरी क्षेत्र नम्बर-२ पुग्दा समूहमा यादवको समर्थन गर्नेहरूले पनि एकान्तमा सीके राउतको समर्थन गरेका थिए।

बीबीसीको टोलीसँग त्यसबेला कैयौँ मतदाताले भनेका थिए, “मधेस आन्दोलनको नेताका रूपमा उपेन्द्रजीलाई सम्मान गरे पनि हामी यसपालि नयाँ अनुहार खोजिरहेका छौँ।”

चुनावी नतिजाले पनि मतदाताको सोही मनस्थितिलाई प्रतिबिम्बित गर्‍यो। उक्त क्षेत्रबाट आम निर्वाचनमा ६१ वर्षका यादवलाई १८ हजार मतले पछि पार्दै ४५ वर्षे राउत विजयी भए।

त्यसबेला राउतले ३५,०४२ मत पाउँदा यादवले १६,९७९ मत ल्याएका थिए। कैयौँ विश्लेषकले विसं २०६२/६३ यता मधेसको राजनीतिमा निरन्तर छाइरहेका यादवलाई टक्कर दिएर एकाएक राष्ट्रिय दलका रूपमा दरिन पुगेको जनमतलाई जसपाको मुख्य प्रतिस्पर्धीका रूपमा व्याख्या गरेका थिए।

त्यसलाई उपनिर्वाचनको नतिजाले थप पुष्टि गरेको कतिपयको भनाइ छ। आफूलाई मधेस केन्द्रित दलका रूपमा नचिनाउने जसपाले प्राप्त गरेको समानुपातिक मत र जनमतले ल्याएको मतले पनि मधेशमा ती पार्टीबीच नै प्रतिस्पर्धा रहेको देखाउँछ।

पछिल्लो कम निर्वाचनमा सङ्घीय संसद्‌तर्फ जनमत पार्टीले जसपाभन्दा २६,६५९ मात्र कम मत ल्याएको थियो।  तर मधेश प्रदेशसभातर्फ भने उसले जसपालेभन्दा पनि ३०,४०३ बढी मत ल्यायो।

यो आँकडाले पनि जनमत पार्टीको मताधार बलियो बनेको देखाउँछ। सङ्घीय संसद्‌तर्फ आम निर्वाचनमा समानुपातिकतर्फ कुल ४,२१,३१४ मत प्राप्त गरेको थियो भने जनमतले ३,९४,६५५ मत ल्याएको थियो।

त्यस्तै मधेस प्रदेशसभामा जनमतले ३,२९,१७७ मत ल्याउँदा जसपाले २,९८,७७४ मात्र मत प्राप्त गरेको थियो। यद्यपि प्रत्यक्षतर्फ सीके राउतले मात्र जित्न सफल भएका थिए भने जसपाले सात स्थानमा जित हासिल गरेको थियो। मधेस प्रदेशमा चाहिँ प्रत्यक्षतर्फ जसपा ९ र जनमत ६ स्थानमा विजयी भएका थिए।

पुराना दललाई चुनौती

गएको चुनावले नै जनमत पार्टीलाई तराईँका परम्परागत भनिएका कतिपय शक्तिभन्दा बलियो हैसियतमा स्थापित गराइदिएको थियो। सङ्घीय संसद्‌मा जनमतको हैसियत पुरानै दल लोकतान्त्रिक समाजवादी पार्टी लोसपा भन्दा ठूलो बनिसकेको छ।

महन्थ ठाकुर नेतृत्वको दल लोसपाले प्रत्यक्षतर्फ ४ सिट मात्र जित्न सफल भएको थियो भने समानुपातिकमा तीन प्रतिशत मत कटाउन नसक्दा उसले थप सिट पाउन र राष्ट्रिय दल बन्न सकेको थिएन।

उपनिर्वाचनमा उक्त दलका उम्मेदवारले जित हासिल नगरे पनि त्यो दलको लोकप्रियतामा कमी नआएको देखिएको विश्लेषण गर्नेहरू धेरै छन्। यद्यपि कतिपयका विचारमा जनमतप्रति देखिएको लहर पुराना दलप्रतिको निराशाको अभिव्यक्ति भएकाले त्यो अर्को चुनावसम्म दिगो होला कि नहोला भन्ने चुनौती देखिन्छ।

त्यस्तै चुनावलगत्तै सरकारमा सामेल हुने निर्णय गरेकाले पनि उक्त दललाई कतिपयले पुरानै राजनीतिक प्रवृत्तिको पुनरावृत्ति गर्ने नयाँ दलका रूपमा हेर्न थालेको केही विश्लेषकको भनाइ छ।

उपेन्द्र-राउत टकराव

वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा अध्यापन गराएका तथा हाल सप्तरीमा बसोबास गर्ने राजनीतिशास्त्री प्राध्यापक हरेराम ठाकुरका बुझाइमा मधेस आन्दोलनबाट उदाएका उपेन्द्र यादवलाई टक्कर दिने नेताका रूपमा अब सीके राउत देखापरेका छन्।

उनी भन्छन्, “तराईको राजनीति पहिले जमिनदारी र ठालु प्रवृत्तिको थियो। त्यसमा विस्तारै परिवर्तन आएको छ, जनता सुझबुझयुक्त भएका छन्। अब यहाँ विरासतको राजनीति चल्दैन भन्ने देखिएको छ।”

यद्यपि तराईमा अझै पनि जातीय राजनीति हुने गरेकाले यसपालि बारामा उपेन्द्र यादवको जित सम्भव भएको उनको भनाइ छ। “तर अब उपेन्द्रजीलाई टक्कर दिने नेताका रूपमा सीकेजी नै देखिनु भएको छ। जनताले उहाँलाई पढेलेखेको विद्वान नेताका रूपमा पनि हेर्ने गरेका छन्।”

विखण्डनकारी अभियनबाट राजानीतिक यात्रा सुरु गरेका भए पनि राउत आफैँले अहिले उक्त मुद्दा छाडेर राजनीतिक मूलधारलाई समाएकाले उनको आकर्षण बढेको र परम्परागत दलहरूको घटिरहेको उनको बुझाइ छ।

उनी भन्छन्, “मधेस आन्दोलनपछि जुन अपेक्षा गरेर जनताले उपेन्द्रजीहरूलाई पठाए त्यसमा उहाँहरूले जनताको आशा, अपेक्षा पूरा गर्नुभएन र सत्तामा मात्र केन्द्रित हुनुभयो। त्यो निराशाले सीके राउतलाई फाइदा पुगेको देखिन्छ।”

ठाकुरका भनाइमा समाजले परम्परागत शक्तिप्रति वितृष्णा जागेपछि “नयाँ नायकको खोजी” गर्ने प्रवृत्ति देखापर्छ। र, अहिले मधेसी जनताले त्यस्तो नायकको रूप सीके राउतमा खोजेको र उपेन्द्र यादवलाई उनका प्रतिद्वन्द्वी ठानेको जस्तो देखिएको छ।

राउतको राजनीति कति टिकाउ?

राजनीतिशास्त्री ठाकुरका भनाइमा सीके राउतको दल राजनीतिक सिद्धान्त वा वादका हिसाबले अझै स्पष्ट भइनसकेको जस्तो देखिन्छ। त्यस्तै थोरै सांसदसहित संसद्‌मा पुग्दा पनि हतार गरेर सरकारमा गएको हेर्दा उक्त दल पनि “पुरानै शक्ति जस्तो बन्ने” खतरा देखिएको छ।

“त्यसलाई जनताले पनि हेरिरहेकै छन्। यदि पुरानै दलको प्रवृत्ति दोहोरिए सीके राउतलाई पनि जनताले बारम्बार अनुमोदन गर्दैनन्,” उनी भन्छन्।

अर्का एकजना विश्लेषक डम्बर खतिवडका भनाइमा पनि राउतको दल वैचारिक रूपमा स्पष्ट देखिएको छैन। उनी परम्परागत शक्तिको विकल्पका रूपमा उनी उदाएको तर त्यो उपेन्द्र यादवका लागि चुनौती र खतरा दुवै भएको बताउँछन्।

“कांग्रेस र एमालेजस्ता दलरू राष्ट्रिय शक्ति भए र त्यसको विकल्पको रूपमा जनताले रवि लामिछानेको पार्टीलाई रोजे, मधेसको शक्ति उपेन्द्र यादवहरू हुन् उनीहरूको विकल्पका रूपमा जनताले सीके राउतलाई रोजे,” उनी भन्छन्। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरान युद्ध टुंग्याउने ट्रम्पको चाहना तर कैयौँ महत्त्वपूर्ण प्रश्नको उत्तर छैन

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बुधवार साँझ ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गर्दा इरान युद्धबारे विगतमा आफूले भन्...

मूल्यवृद्धिमा देखिन थाल्यो मध्यपूर्व युद्धको असर

फागुनमा मूल्यवृद्धि दर एक वर्षयताकै उच्च, यसको प्रभाव देखिन दुई–तीन महिना लाग्ने

डुम्रे–बेँसीसहर सडक दैनिक आठ घण्टा बन्द हुने

दमौली । डुम्रे बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी– तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ ।  भानु नगरपालिका–३ कुकुर्दीदेखि ...

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित, अन्य पदमा क-कसले जिते ? (सूचीसहित)

काठमाडौं । निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन् । निर्वाचन समितिले घोषणा गरेको परिणामअनुसार पाण्डे ५१४ मत ल्याएर विजयी...

सदनमा बादलले दिएको अभिव्यक्तिले एमालेमा भुइँचालो

पदाधिकारीकै आपत्तिपछि सचिवालय बैठकमा छलफल गरिने

चन्द्र सर, जसले खुला आकाशमुनि चलाउँछन् निःशुल्क ‘ट्युसन’ कक्षा

सुनसरी । पिपलको छहारीमुनि बिछ्याइएका प्लास्टिकका म्याट र बोरा । पिपलको रुखमा अड्याइएको बोर्डमा लेखिएको छ– ‘श्री पिपलबोटे खुला विद्यालय ।’ जहाँ नर्स...

विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले रु १४ खर्ब ४९ अर्ब ६५ करोडबराबरको विप्रेषण देशभित्र पठाएका छन् । नेपाल राष्ट्र बै...

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ । यसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लाग...

दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै कामपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप सहज बनाउँदै लानका लागि दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालनको तयारी था...

कर्णाली राजमार्गका दश वटा अलपत्र ठेक्का तोडिए

जुम्ला । कर्णाली राजमार्ग सडकखण्डका वर्षौँदेखि अलपत्र अवस्थामा रहेको दश वटा रुग्ण ठेक्का एकैपटक सडक डिभिजन कार्यालयले तोड्ने प्रक्रिया सुरु गरेको छ । ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending