Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

काभ्रेमा विपद- नौ महिनामा ५९ जनाको मृत्यु

खबरडबली संवाददाता

काभ्रे ।  चालु आर्थिक वर्षको नौ महिनामा काभ्रेपलाञ्चोकमा चार सय २४ जना विपद्मा परेका छन् । तीमध्ये ५९ को मृत्यु भएको छ भने तीन सय ७७ घाइते तथा सुरक्षाकर्मीले ३३ को उद्धार गरेको जनाइएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा अघिल्लो आर्थिक वर्ष २०७८/२०७९ मा चार सय ४३ विपद्मा परेकामध्ये ५६ को मृत्यु, तीन सय ५० घाइते तथा २८ को उद्धार गरिएको जिल्लास्थित कालीजङ्ग गणका गणपति प्रकाशबहादुर सिंहले जानकारी गराए । उनका अनुसार गत वर्षभन्दा चालु आवमा मनसुन बाँकी रहेकाले विपद्बाट जिल्लामा अझै थप नागरिक पीडित बन्ने प्रक्षेपण गरिएको छ । 

चालु वर्षको नौ महिनामा पहिरोबाट तीन, आगलागीबाट २५, चट्याङमा परेका चार, हावाहुरीमा परेका एक र करेन्ट लागेका एकको उद्धार गरिएको छ । यस्तै नौ महिनामा पहिरोबाट चार, आगलागीबाट दुई, बाढीबाट दुई, हावाहुरीबाट तीन र करेन्ट लागेर तीन तथा सडक दुर्घटनामा ४६ को मृत्यु भएको हो । 

बर्सेनि विपद्का घटना बढ्दा थप नागरिक पीडित बन्ने भएपछि समितिले चालु वर्षमा मनसुन सक्रिय हुन अझै बाँकी रहेकाले थप उद्धार तथा खोज कार्यलाई प्रभावकारी बनाउन दोलालघाटस्थित सुनकोशी नदीमा वैशाख तेस्रोसाता विपद् प्रतिकार्य संयुक्त अभ्यास आयोजना गरेको छ । उक्त विपद् प्रतिकार्य संयुक्त अभ्यासलाई गणले ‘मनसुन–३’ नामकरण गरेको छ । 

संयुक्त अभ्यासमा बगेको र डुबेको, पहिरोमा फसेको व्यक्तिको उद्धार गरिने छ । नेपाली सेनाका पृतनापति, बाहिनीपति, सबै स्थानीय तहका प्रमुख, उपप्रमुखसहित वडाध्यक्ष, जिल्लास्थित एनसिसी तालिम प्राप्त विद्यार्थी, स्थानीय युवा, भूतपूर्व सैनिक तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहने जनाइएको छ । 
यस्तै बैठकले सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेलको संयोजकत्वमा जिल्लास्थित १३ स्थानीय तहको प्रतिनिधित्व हुने गरी विपद् व्यवस्थापनका लागि सूचना तथा अन्य सहकार्यका लागि समितिसमेत गठन गरिएको छ । 

समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको अध्यक्षतामा बसेको समन्वयात्मक बैठकले मनसुन तथा अन्य विपद्का घटनामा खोज तथा उद्धार तथा विपद् प्रतिकार्यका लागि अपनाउनुपर्ने पूर्वतयारीमा सरोकारवाला निकाय सक्रिय हुने निर्णय गरेको छ । 
पौडेलले सबै स्थानीय तह, रेडक्रस, उद्योग वाणिज्य सङ्घ, राजनीतिक दल तथा सञ्चारकर्मी, सङ्घ संस्था तथा युवाको समेत विपद् न्यूनीकरणमा सक्रियता हुने गरी योजना निर्माण तथा आवश्यक तयारी गरिएको बताए ।

आफ्नो क्षेत्रको भौगोलिक बनावट र प्रत्येक वर्ष मनसुनको समयमा उत्पन्न हुने बाढी, पहिरो तथा डुबानको दौरान प्रभावित सर्वसाधारण नागरिकलाई विपद्का घटनाबाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न विपद् व्यवस्थापनका क्षेत्रमा कार्य गर्ने सबै तहका निकायले समन्वयात्मक रुपमा विपद्को तयारी तथा प्रतिकार्य योजना बनाई प्रभावकारी ढङ्गले परिचालन हुने कार्यलाई निरन्तरता दिइने भएको हो । 

साथै, समितिले सरोकारवाला निकायको जिम्मेवारी अनुसारको समन्वय बैठक सञ्चालन गर्ने, जिल्ला, स्थानीय तहको सम्पर्क व्यक्ति र जिम्मेवारी अद्यावधिक गर्ने, तालिम सञ्चालन गर्ने, विवरण सङ्कलन गर्नेलगायतका योजना निर्माण गरी कार्यान्वयन सुरु गरेको जनाएको छ ।

बैठकमा स्थानीय तहका प्रमुख तथा प्रतिनिधिले विपद्का क्षेत्रमा स्थानीय तहको जिम्मेवारीभित्र पर्ने आवश्यक दायित्व पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending