काठमाडौँ । काठमाडौँको टोखामा आगलागी हुँदा रु एक करोड बराबरको क्षति भएको छ ।
टोखा नगरपालिका वडा नं ८ मिलनटोलमा शुक्रबार राति ७ बजेर २० मिनेट जाँदा श्याम श्रेष्ठले निर्माण गरेको मिलन बजारमा धर्मराज डङ्गोलले सञ्चालन गरेको मासु पसलबाट ग्यास लिक भई आगलागी हुँदा रु एक करोड बराबरको क्षति भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले आगलागीबाट पाँच वटा पसलमा रहेका सामान क्षति हुँदा रु एक करोड बराबरको क्षति भएको राससलाई जानकारी दिए । बाँकी तीन खाली सटरसमेत जलेर नष्ट भएका छन् ।
आगालागीमा परेर कमला तामाङले सञ्चालन गरेको जुत्ता पसल जल्दा रु १६ लाख, मुना थापाले सञ्चालन गरेको फेन्सी पसल जल्दा रु ३५ लाख, प्रदीप लम्सालले सञ्चालन गरेको दूध डेरी जल्दा रु दुई लाख, विकास श्रेष्ठले सञ्चालन गरेको सिलाइ कपडा पसल जल्दा रु दुई लाख, मधु न्यौपानेले सञ्चालन गरेको मोबाइल पसल जल्दा रु २० लाख र धर्मराज डङ्गोलले सञ्चालन गरेको मासु पसल जल्दा रु २५ लाखको क्षति भएको प्रहरीले जनाएको छ ।
यस्तै श्याम श्रेष्ठ, टेकराज पोखरेल र धनबहादुर बस्नेतको तीन वटा सटरसमेत जलेर नष्ट भएको प्रवक्ता रिजालले बताउनुभयो । नेपाल प्रहरी, स्थानीय बासिन्दा, पानीको दुई वटा दमकल, तीन वटा पानीको ट्याङ्करको सहायतामा उक्त आगलागी नियन्त्रणमा लिइएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १२:१८
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि पार्टी केन्द्रीय कमिटीको अन्तिम बैठक भएको छ । बन्दसत्...
मंसिर २९ गते, २०८२ - ११:५२
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आइतबार १० दिनका लागि ३५ अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले आज फेरि निक्षेप सङ्कलन उपकरण बोलक...
मंसिर २९ गते, २०८२ - ११:४५
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मुल्य अहिलेसम्मकै उच्च भएको छ । सुनको मुल्य प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्य...
मंसिर २९ गते, २०८२ - ११:३२
पर्सा। वीरगञ्ज महानगरपालिकाले घण्टाघर चोकसँगै रहेको बिपी उद्यान अतिक्रमण गरेर अस्थायी रूपमा सञ्चालन हुँदै आएका पसल हटाएको छ । मुख्य सहरमा रहेका फलफ...
मंसिर २९ गते, २०८२ - ११:१३
काठमाडौं । ११औं महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । भृकुटीमण्डपमा केहिबेरअघि सुरु भएको बैठकमा पार्ट...
मंसिर २९ गते, २०८२ - ११:०२
काठमाडौँ। अमेरिकाको रोड आइल्यान्ड राज्यस्थित ब्राउन युनिभर्सिटीमा भएको गोलीबारीमा दुईजना विद्यार्थीको मृत्यु भएको छ । अमेरिकाको रोड आइल्याण्डको प्र...
मंसिर २९ गते, २०८२ - १०:४४
तनहुँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले तनहुँ र चितवन जोड्ने बहुप्रतिक्षित घुमाउने मोटरेबल पुलको निर्माण कार्य एक महिनाभित्र सुरु नग...
मंसिर २८ गते, २०८२ - १७:१४
काठमाडौँ। एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ । दुबईको द सेभेन्स रङ्गश...
मंसिर २८ गते, २०८२ - १७:०८
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गरेको छन् । ११ ओभरको चौथो, पाँचौँ र छैटौं...
मंसिर २८ गते, २०८२ - १६:४८
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) का नेताहरूलाई नेकपामा समाहित हुन आग्रह गरेका छन्। सुर्...




प्रतिकृया लेख्नुहोस्: