Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

नेपाली सत्तासँग निकट चौथाइवाले किन बारम्बार आउँछन् काठमाडौं ?

खबरडबली संवाददाता

काठमाडौं । सुदुरपश्चिम नेपालमा एउटा सम्मेलनमा भाग लिन आएका भारतीय जनता पार्टीको विदेश मामिला प्रमुख विजय चौथाइवाले काठमाण्डूमा उच्चस्तरीय भेटवार्ताहरू सम्पन्न गरेर नयाँ दिल्ली फर्किएका छन्।

मनसखण्ड सम्मेलनमा विशेष अतिथिका रूपमा भाग लिन आएका चौथाइवाले त्यहाँबाट काठमाण्डू आएका थिए। उनले आफूले नेपालका प्रधानमन्त्रीसहित सत्ताधारी र प्रमुख प्रतिपक्षी दलका नेताहरूसँग भेटवार्ता गरेको जनाएका छन्।

सबै नेपाली नेताहरूले बलियो नेपाल-भारत सम्बन्ध र सघन पार्टीगत अन्तरक्रियामा जोड दिएको उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।

को कोसँग भेटे, के भने?

काठमाण्डूमा भएका आफ्ना भेटवार्ताबारे ट्विटरमा चौथाइवालेले प्रसन्नता जनाएका छन्। उनले आफूले प्रधानमन्त्रीमा प्रचण्डलाई चुनावपछि सत्ता सम्हालेकोमा बधाई दिएको उल्लेख गरेका छन्।

प्रमुख विपक्षी नेता केपी ओलीसँगको भेटका बारेमा उनले लेखेका छन्, “उहाँले मलाई नेपालको राजनीति र अन्य अरू धेरै सम्बन्धित विषयहरूमा रोचक कुरा सुनाउनुभयो।”

चौथाइवालेसँगको छलफलमा गेरुवा रङ्गको कमिज लगाएका ओलीसँगै एमाले नेता विष्णु रिमाल तस्बिरमा देखिन्छन्। रिमाल उक्त भेटबारे खुल्न चाहेनन्।

पूर्व प्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र माधवकुमार नेपाल साथै उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि उनले भेटवार्ता गरेका थिए।

राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर राष्ट्रप्रमुख निर्वाचित भएकोमा बधाई दिने उनको योजना रहे पनि पौडेल अचानक अस्वस्थ्य भएपछि उक्त कार्यक्रम स्थगित गरिएको थियो।

प्रधानमन्त्री प्रचण्ड आगामी वैशाखको अन्त्यसम्ममा भारत भ्रमणको तयारीमा रहेका भन्ने विवरणमाझ भारतीय सत्ताधारी दलका विदेश विभागका प्रमुखले राजनीतिक अन्तरक्रियाहरू गरेका हुन्।

यसअघि एमाले अध्यक्ष ओलीको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएपछि चुनावअघिको गठबन्धन भत्किएको सहितका विषयमा नेपाल भारत संयुक्त संयन्त्रको बैठकमा भाग लिन केही समय पहिले आएका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले चासो राखेका थिए।

चुनाव लगत्तै बनेको गठबन्धन भत्किएर अहिले बनेको कांग्रेस माओवादी समीकरणलाई नयाँ दिल्ली समेतले आफ्ना लागि सहज मानेको कतिपय विश्लेषकहरूले बताइरहेका छन्।

कसरी लिने ?

नौ वर्ष देखी भारतको सत्ता नेतृत्व गरिरहेको भारतीय जनता पार्टीको विदेश विभागका प्रमुख रहेका चौथाइवाले पछिल्लो समयमा बारम्बार काठमाण्डू आउने नेतामा पर्छन्।

नेपाल र भारतका दलका नेताहरूबीच व्यक्तिगत तहमा सम्बन्ध र भेटघाट नौलो मानिदैँन। भारतको स्वतन्त्रता आन्दोलनमा नेपाली नेताहरूको साथ रहेको थियो भने सन् १९५१ यताका नेपालका राजनीतिक परिवर्तनहरूमा कुनै न कुनै हिसाबले दिल्लीको गहिरो चासो प्रकट हुने गरेको छ।

नेपालमा गणतन्त्र स्थापनाका लागि प्रस्थानविन्दु बनेको तत्कालीन सात दल र माओवादी विद्रोहीहरूबीचको १२ बुँदे समझदारीको मध्यस्तता गरेको जस नयाँ दिल्लीले सार्वजनिक रूपमा नै लिएको थियो।

नेपाल भारत सम्बन्धबारे दख्खल राख्ने देशसञ्चार डट कमका सम्पादक युवराज घिमिरे नेपाल र भारतका दलका नेताहरूबीच अन्तरक्रिया हुनु अस्वाभाविक नभए पनि विदेश मामिलाको छलफल निजी नहुने बताउँछन्।

उनले भने, “विदेशी कूटनीतिज्ञ वा पाहुनाहरूसँग विदेश मामिलामा स्पष्टता साथ कुरा गर्नुपर्छ। त्यसमा राज्यको नीति र मुलुकको सम्मान प्रतिविम्वित हुनुपर्छ। उनीहरूसँग उठाउने अजेन्डामा राज्यको ब्रिफ्रिङ पनि आवश्यक पर्छ।”

भाजपाले नेपालका राजनीतिक शक्तिहरूसँग गरिरहेको सम्बन्ध विस्तारमा कैयौँ सैद्धान्तिक प्रश्नहरू अनुत्तरित रहेको घिमिरे बताउँछन्।

उनले भने, “जस्तो चीनको कम्युनिस्ट पार्टीले आफूसँग अन्तरक्रिया गर्दा नेपालका कम्युनिस्ट दलहरू हाम्रो जात मिल्छ भन्ने ठान्छन्। सत्तामा हुँदा बिजेपी भारतको सत्ताधारी दल र नेपाली कांग्रेस नेपालको सत्ताधारी दल भन्ने हिसाब गर्छन्। तर यो टिकाउ हुँदैन किनभने उनीहरूले सिद्धान्त के हो र त्यसमा कति समानता छ भनेर हेरैकै छैनन्।”

अघिल्लो पटक भारत भ्रमणमा जाँदा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री प्रचण्डले प्रमुख विपक्षी दलका नेताहरूलाई नभेटेको प्रसङ्ग उल्लेख गर्दै सम्पादक घिमिरेले ‘अरूद्वारा निर्देशित भेटघाट र कूटनीतिक सम्बन्ध’ नेपालका लागि असहज हुने बताए।

नेपाल भारत सम्बन्धमा कुन निकायले डोर्‍याउँछ?

पत्रकार घिमिरेका विचारमा भाजपाको विदेश मामिला हेर्ने इन्चार्जका रूपमा चौथाइवालेको प्रधानमन्त्री मोदीसँग ‘व्यक्तिगत सम्बन्ध’ राम्रो छ।

उनी मोदीकै गृहराज्य गुजरातका हुन्। प्रधानमन्त्री मोदी र अर्का शक्तिशाली मानिने नेता तथा गृहमन्त्री अमित शाहका विश्वासपात्र मानिन्छन्।

मोदीको अमेरिका भ्रमणमा निकै चर्चित बनेको ‘हाउडी मोदी’ कार्यक्रमको श्रेय पनि चौथाइवालेलाई दिइन्छ।भारतमा साउथ ब्लक पनि भनिने विदेशमन्त्रालयले देशको विदेश नीति सञ्चालन गर्छ। तर देशका राजनीतिक तथा सुरक्षा निकायले पनि कतिपय महत्त्वपूर्ण नीतिहरूको निर्धारणमा प्रमुख भूमिका खेल्छन्।

पत्रकार घिमिरे भन्छन्, “नेपाल अथवा छिमेकको विदेश नीतिबारे पछिल्लो समयमा मैले बुझेअनुसार विदेशमन्त्रीको भूमिका बढी आलङ्कारिक बनेको छ। वास्तविक रूपमा हेर्ने काम चाहिँ राष्ट्रिय सुरक्षा सल्लाहकारको कार्यालयबाट हुन्छ भन्ने म बुझ्छु।”

नक्सा विवादका कारण नेपाल भारत सम्बन्धमा कटुता उत्पन्नहुँदा भारतले आफ्ना जासुसी निकायका प्रमुखलाई काठमाण्डूमा पठाएको थियो। त्यसपछि नेपाल भारतको अन्तरक्रिया विस्तारै स्वाभाविक लयमा फर्किएको थियो।

भारतको गुप्तचर निकायका प्रमुख फर्किएपछि ओलीले सरकारको नेतृत्व गरिरहेको बेला चौथाइवालेले गरेको नेपाल भ्रमण विवादित बन्न पुगेको थियो।

दुई वर्षअघिको उक्त भ्रमण नेकपाका तत्कालीन महासचिव विष्णु पौडेलको निम्तोमा भएको उनले बताएका थिए। अन्य दलका नेतासमेत भेटेका उनले त्यसबेला प्रचण्ड र माधवकुमार नेपाललाई भेटेका थिएनन्। तर भ्रमणबारे तत्कालीन नेकपाकै विदेश विभाग समेत अनविज्ञ भएको उक्त दलका नेताहरूले त्यस बेला बताएका थिए।

पत्रकार घिमिरे भारतका राष्ट्रिय सुरक्षा सल्लाहकारले सोझै आएर नेपालमा राजनीतिक भेटवार्ताहरू गर्नु सहज नदेखिने हुनाले राजनीतिक अनुहारहरू पठाइने तर यस्ता भेटवार्ताहरूको गहिरो अर्थ हुने बताउँछन्।

पछिल्ला महिनाहरूमा भाजपाले विभिन्न देशका दलहरूसँग अन्तरक्रिया बढाएको छ। उसले ‘नो द बिजेपी’ नामक कार्यक्रम गर्दै आएको छ जसअन्तर्गत विभिन्न देशका नेताहरू र कूटनीतिक नियोगका प्रमुखहरूलाई बोलाएर अन्तरक्रिया गरिएको गरेको द हिन्दु अखबारमा प्रकाशित एउटा समाचारमा जनाइएको छ।

अघिल्लो वर्ष माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले त्यस्तै कार्यक्रममा भाग लिएका थिए। नेताहरू तथा कूटनीतिक नियोगका प्रमुखहरूसँगका अन्तरक्रियामा भाजपाको स्थापना यताको इतिहासको चर्चा गरिने र मोदी सरकारको उपलब्धि सुनाइने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। 

त्यसबाहेक दुई देशबीचका जनस्तरको सम्बन्ध र पार्टीगत अन्तरक्रियाबारे छलफल हुने गरेका बताइन्छ। 

नेपालको सत्तासँग निकट सम्बन्ध

चौथाइवाले पछिल्लो समय नेपालको सत्तासँग निकट सम्बन्ध बनाउने नेतामा पर्छन्। उनी विशेष अतिथि भएर धनगढी आएको कार्यक्रमको प्रमुख अतिथि नेपालकी पूर्व प्रधानमन्त्री पत्नी एवं कांग्रेस नेतृ आरजु देउवा थिइन्।

आरजुले चौथाइवालेलाई राखी बाँधिदिएका तस्बिर देउवा प्रधानमन्त्री रहेका बेला सार्वजनिक भएका थिए। सुदुरपश्चिम प्रदेश सरकारको सहयोग र सुदुरपश्चिम विश्वविद्यालयको मूख्य आयोजनामा भएको सम्मेलन गर्न सघाउनेमा विश्व हिन्दु महासङ्घकी उपाध्यक्ष समेत रहेकी ज्योत्सना साउद पनि थिइन्। 

ज्योत्सना भर्खरै परराष्ट्र मन्त्रीमा नियुक्त कांग्रेस नेता एनपी साउदकी पत्नी हुन्। सामाजिक सञ्जाल ट्विटरमा उनले उक्त सम्मेलनले नेपाल भारत सम्बन्धलाई आध्यात्मिक र सांस्कृतिक रूपमा बलियो पार्ने र धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्ने बताएकी छन्।

कार्यक्रम व्यवस्थापनको संयोजक रहेका सन्दिप रानाले चौथाइवालेको भेटवार्ताहरू अलग्गै रहेको र धनगढीको कार्यक्रमले सांस्कृतिक र धार्मिक पर्यटन आदानप्रदान अभिवृद्धि गर्ने लक्ष्य राखेको बताए।

उनले बीबीसीसँग भने, “सुदुरपश्चिमदेखि कुमाऊँसम्मको खण्ड पौराणिक कालदेखि नै मानसखण्डको रूपमा चिनिएको छ। त्यो सम्मेलनमा सुदुरपश्चिम र उत्तराखण्डको संस्कृति एंव देवी देवता साझा रहेको र नामहरूमा सगोत्रीजस्तो रहेको भन्नेबारे चर्चाहरू भयो।”

उनले उत्तराखण्ड सरकारले कुमाऊँलाई मानसखण्ड करिडरका रूपमा विकास गरेको भन्दै त्यसलाई नेपालमा जोडेर पर्यटन विस्तार गर्ने व्यापक सम्भावना रहेको बताए। यस्तो प्रयासलाई कतिपयले ‘नरम कूटनीति’ भन्ने गरेका छन्।

तर नेपालकै सुदुरपश्चिम क्षेत्र र त्यसमा पनि महाकाली नदी आसपास नेपाल र भारतबीच सीमा विवादसहितका पेचिला समस्याहरू सम्बोधन हुन बाँकी नै छन्। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आजदेखि सरकारी कार्यालयको समय ९-५, सातामा दुई दिन बिदा

काठमाडौं । आजदेखि सरकारी कार्यालय तथा सार्वजनिक निकायको कार्यालय समय परिवर्तन गरिएको छ। अबदेखि यी कार्यालयहरू बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चाल...

प्रतिनिधि सभा बैठकअघि संसद् सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौं । दलहरूबिच सहमति जुटाउन संसद् सचिवालयले बोलाएको सर्वदलीय बैठक आज बिहान ११ बजे बस्दैछ। संसद् सञ्चालनमा दलहरूबिच सहमति जुटाउन र आगामी कार्यस...

ठूला मार्टमाथि सरकारको अनुमगन तीव्र, भाटभटेनीसहित चार मार्ट कारबाहीको दायरामा

काठमाडौं । बजारलाई स्वच्छ बनाउन नियमित अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चार ठूला मार्टलाई कारबाहीको दायराम...

देउवा पक्षलाई अर्को धक्का, समानान्तर बैठकमा शेखर समूह पनि नजाने

काठमाडौं । कांग्रेस नेता शेखर कोइराला र उनी पक्षधर नेताहरू पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाउने समानान्तर बैठक र छलफलमा सहभागी नहुने निर्...

दैनिक ५० हजार लाइसन्स छापिँदै, साउनबाट चिट बोक्नु नपर्ने

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसन्स) छपाइ जति सुस्त छ छाप्नुपर्ने सङ्ख्या दिनहुँ बढ्दो छ। यातायात व्यवस्था विभागका अनुसार त्यो सङ्ख्या करिब ३० ...

भक्तपुर प्रहरीको स्वीप अपरेसन- ९० जना पक्राउ

काठमाडौँ । भक्तपुर प्रहरीले स्वीप अपरेसन चलाएर ९० जनाभन्दा बढीलाई पक्राउ गरेको छ।   शनिबार ६० जना र आइतबार ३० जना गरी ९० जनालाई विभिन्न स्थानबाट पक...

थोपा सिँचाइलाई माथ दिने नेपाली प्राध्यापकको ‘काचाल्का’ प्रविधि

चितवन । नेपालमा कृषि अनुसन्धानका ठेलीहरू पुस्तकालयमा थन्किरहेका बेला एकजना अवकाशप्राप्त प्राध्यापक भने आफ्नै आविष्कार बोकेर खेतबारीमा उत्रिएका छन्। ...

सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै, यी हुन् सम्भावित कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज दिनको १ बजे बस्नेछ । सो बैठकमा तीन वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्र...

आज लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी तथा हिमाली भूभागमा साधारणत...

नबोली चल्ने रेस्टुरेन्ट : अमृत र हेमराजको सफलताको कथा

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ सिंगाको पौडेल चोकमा श्रवण क्षमता नभएका अमृत र हेमराज शर्मा ‘रेस्टुरेन्ट’ व्यवसाय सञ्चालन गरेर आत्मनिर्भर बनेका ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending